बिगत ४ बर्ष देखि पोल्यान्डको वार्सवामा एभरेस्ट लन्ज रेस्टुरेन्ट चलाइरहेका ईश्वर श्रेष्ठ (इशु ) बिगत ४ दिनदेखि एकाएक हराएका थिए।खासगरी कृसमस्को अबसरमा पोल्यान्डमा हरेक सरकारी निकाय र निजि संघ सस्था पनि बन्द अबस्थामा थिए।स्थानीय नागरिक लगायत बिदेशी नागरिक पनि बिदा मनाउने तरखरमा रहिरहदा नेपाली समुदायका मानिसको पनि उल्लेख्य सहभागिता हुनु स्वभाबिक प्रकिया रहेको तथ्यमा पुष्टि हुन्छ।उनी सङ्गै रहेका साथिहरु कोठाबाट एकै समय बाहिर निस्क्ने सल्लाह गरेका थिए यद्दपी श्रेष्ठले कोठाको चापी लगाएर पछि आउने बताएपछी साथिहरु निस्केका थिए तर त्यसपश्चात उनी सम्पर्कमा आएनन् ।४ दिन पछि पोल्यान्डका अखबारमा एसियन नागरिकको मृत्युु भन्ने अपुस्ट खबर सहित समाचारमा आयो जुन नेपाली नागरिक भन्ने किटान गरिएको थिएन।हिजो मात्रै एन आर एन ए पोल्यान्ड अध्यक्ष गोपाल राई , सस्थापक अध्यक्ष डा बोधराज सुवेदी प्रवासी नेपाली एकता मंच पोल्यान्डका टंक कटुवाल , आनन्द घिमिरे लगायतको टोलि पोल्यान्ड स्थित प्रहरी प्रशासनमा पुग्दा मृत्यु हुने नेपाली नागरिक श्रेष्ठ नै हुन् भन्ने पुष्टि भएको छ। नेपाली राजदुतावास जर्मनमा पनि औपचारिकरुपमै जानकारी दिएको र सम्बन्धित निकायमा पनि खबर सम्प्रेषण गरिएको एन आर एन पोल्यान्ड सस्थापक अध्यक्ष सुबेदिले जानकारी दिए।यस्तो रहस्यमय मृत्युको घटना हुनु निकै निन्दनीय र भर्त्सनायोग्य बिषय भएको परिपेक्षमा सत्यतथ्य पत्ता लगाउन सम्पुर्ण नेपाली एकजुट हुनु पर्ने डा सुबेदिले बताएका छन् ।
कलश खरेल वारसवा पोल्यान्डबाट
Ma pani bigat 1 yrs dekhi polandko poznanma 6u Ma rupandehi jilla tillotamma 03 jogikuti butwal ho malai ni yo poland ka n r n a kunai pani memberko phone pauna sakin6 kina bhane ma basne company city dekhi dherai tada raheko6 ra n.r.n.a ko member bannako lagi ichhuk raheko huda ke kasto parkiya garnu par6 plz jankari pau na mero companyma ma lagayet 10 jana aru sathiharu ni hunuhun6
LikeLike