हिजो बिहान ९ बजे वारसवा लेगिनोभमा एक अन्दाजी ३७ बर्षको एसियन पुरुषको लाश गाडी भित्र भेटिएको खबर पोल्यान्डको मिडिया गजेतापोवियतोवा डट पि एल मा प्रकाशित भएको छ । उक्त समाचारमा जनाइए अनुसार मृतक गाडी भित्र रहेको र मृत्यु हुनुको कारण अझै थाहा न भएको र प्रहरीको अनुसन्धान र डाक्टरको रिपोर्ट आए पछि मात्र पुष्टि हुने जानकारी दिएको छ ।
उक्त मिडिया अनुसार मृतकको नाम न?खुलाएर सिधै ३७ वर्षीय एशियन नागरिक भनेर बताइएको छ ।
Source: