प्रदेशमा विभिन्न उद्देश्य सहित जाने नेपालिहरु आफ्नै मातृभुमी नेपालप्रतिको बिकास र समृद्धिमै अन्तरध्यान केन्द्रित गरेको पाइन्छ।त्यो सेरोफेरोमा गडना गर्दा गुल्मी आपचौर सेबा समाज जापान पनि अग्रस्थानमा आउँछ।गठन सङ्गै विभिन्न रचनात्मक कार्य गर्दै आइरहेको समाजले आउदो जनवरी ६ तारिख एनआरएन जापानको आपतकालीन राहातकोष र नेपाल स्थित अनाथ बालबालिकाको सहयोगगार्थ बृहत् सास्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ।गुल्मी आपचौर सेवा समिती र सेभ द चिल्ड्रेनको संयुक्त अगुवाइमा टोकियो स्थित नाकानो जेरो हलमा हुने भब्य एबम शब्य कार्यक्रममा नेपालका प्रतिष्ठित कलाकारहरु महानायक राजेश हमाल,चर्चित लोकदोहोरी गायक -गायिका:सुर्य खडका,प्रीती आले,आधुनिक गीतका लोकपृय गायक हेमन्त शर्मा एबम जापान स्थित स्थानिय कलाकार हेमन्त राना रहेका छन।बिगतदेखी बर्तमान समय सम्म आइपुग्दा तुलनात्मकरुपमा सामाजिक सेवाका खातिर कार्यक्रम बिरलै हुने सन्दर्भमा पृथक बिशेष सास्कृतिक कार्यक्रममा आम नेपालीले निकै चासोपुर्बक हेरिरहेको सस्थाका अध्यक्ष महेन्द्र अधिकारिले बताए।यस्तो किसिमको रचनात्मक कार्यक्रम समाज र रास्ट्रका निम्ति पनि फलदायी हुने अधिकारिको तर्क छ।रोमान्चित कार्यक्रमको ब्यबस्थापन डेस्टिनी कृयसन जापानले गरेको छ ।
कलश खरेल