विभिन्न कार्यक्रममा आफ्नो प्रस्तुति दिने गायककार सन्तोष अधिकारीले पोल्यान्डमा विभिन्न स्टेजहरुमा आफ्नो प्रस्तुति दिएर पोल्यान्डमा एक गायककारको रूपमा परिचित भैसकेका छन् ।
उनले पोल्यान्डमा एन आर एन ए पोल्यान्ड , प्रवासी नेपाली मंच पोल्यान्ड गुल्मी समाज पोल्यान्ड लगायत विभिन्न सास्कृतिक कार्यक्रममा आफ्नो सुन्दर प्रस्तुति दिने गर्छन् र उनले गाउने गीतहरु मुख्यतया आधुनिक गीतहरु हुने गर्दछ्न । अहिले नेपाल गएको बेला अर्को एल्बम निकालेको र जुन एल्बमको गीतहरु चाडै नै बजारमा आउन लागेको छ ।
त्यसो त उनले नेपाल छदा केही वर्ष अघि बजारमा आएको मज्जा छुट्टै जस्ता गीतहरुले पनि श्रोताहरुको मन जितेको थियो । उनले लिन लागेको नया एलबमको सफलताको कामना पोल्यान्ड नेपाल परिवार गर्दछ ।
केही वर्ष अघि बजारमा आइसकेका अधिकारीका यी गीतहरु यहाँ सुन्न सक्नुहुनेछ ।
मजा छुट्टै : गायककार : सन्तोष अधिकारी
आखाले आखालाई गायककार : सन्तोष अधिकारी