नेपाली टोपी प्रतिष्ठान पोल्यान्ड शाखा गठन

 

कलश खरेल 

परपुर्बकाल देखि नेपाली टोपिलाइ देशको गौरब र बिरताको साइनो सङ्ग जोडिदै आइरहेको परिपेक्षमा पोल्यान्डमा पनि देशको चिनारीलाई सन्चार गर्ने पुनित उद्देश्यका साथ नेपाली टोपी प्रतिष्ठान पोल्यान्ड शाखा गठन गरिएको छ।चर्चित डाक्टर एबम एन आर एन ए पोल्यान्डका सस्थापक अध्यक्ष बोधराज सुबेदीको नेतृत्वमा सात सदस्यीय कार्यसमिति गठन गरिएको छ।सद्स्यहरुमा पानीअभियानकर्ता एबम अन्तर्राष्ट्रिय नेपाली कलाकार समाजका उपाध्यक्ष मित्रलाल पार्दे,एन आर एन ए अध्यक्ष गोपाल राई,प्रबासी नेपाली एकता मन्चका सचिब बिनोद आचार्य,गुल्मी समाज पोल्यान्डका कार्यसमिति सदस्य मुकुन्द भट्टराई र इनास पोल्यान्डका महासचिब सोम सैजु रहेका छन।यसरी सबै क्षेत्रबाट प्रतिनिधि समाबेस गरि समाबेशी कार्यसमिति गठन गरिएको जानकारी गराइएको छ।

 

संस्थापकद्वय  डा. लेखनाथ काफ्ले, शंकर बन्जाडे र टोपी परम्पराको थालनी गर्नु हुने डा. गोविन्दसिंह  रावत टोपी अभियानका अग्रज हुनुहुन्छ।  क्यानडाबाट २०१० नोभेम्बरदेखि टोपी इभेन्टको नामबाट कार्यक्रममा अनिवार्य टोपी लगाएर उपस्थित हुने परम्पराबाट शुरू भएता पनि सो क्रमलाई निरन्तरता दिन सकिएको थिएन।जसलाई संस्थापक द्वय काफ्ले र बन्जाडेले सामाजिक संजाल मार्फत २०१३ जनवरी १ बाट अन्तर्राष्ट्रिय नेपाली टोपी दिवसको नामले अभियानको शुरुवात गर्नु भएको थियो।

IMG-8c3119fb10ed95dc97cc399b4c9f1cd7-V

नेपाली टोपी प्रतिष्ठानले,  नेपालभित्र र बाहिर बसोबास गर्ने सम्पूर्ण नेपालीहरुले आ-आफ्नो धर्म जाति र संस्कृति अनुसार पहिरिने टोपीलाई नेपाली टोपी मानेको छ। यस अवसरमा बिश्वभर छरिएर बसेका सम्पूर्ण नेपाली तथा नेपलीमूलका सबै नागरिकहरूलाई यहि पौष १७ गते (जनवरी १ तारिख, २०१९ ) का दिन आआफ्नो अवस्था अनुकुल नेपाली टोपी पहिरेर नेपालीहरुको अन्तर्राष्ट्रिय पहिचानको रुपमा नेपाली टोपी दिबसलाई व्यापकरुपमा सम्पन्न गर्न  गराउन विशेष अपिल गरिएको छ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.