गुल्मी समाज पोल्यान्डको बृहत् सास्कृतिक कार्यक्रम भब्यरुपमा सम्पन्न

पोल्यान्डमा गुल्मी जिल्लाबासी सम्मिलित गुल्मी समाज पोल्यान्डले छोटो समयमै निकै रचनात्मक कार्यक्रम गर्दै आइरहेको छ जुन पछिल्लो कडिको रुपमा कृसमस एबम नेपालीहरुको प्रतिष्ठित चाड  माघे सन्क्रान्तिको अबसरमा सयौ दर्शकको भिडमा कार्यक्रम सम्पन्न गरेको छ।अनाथ बालबालिका एबम विभिन्न तबरबाट पिडित क्षेत्र र समुदायलाइ सहयोगार्थ गरिएको कार्यक्रममा उल्लेख दर्शकहरुको सहभागीता थियो।गैर आबासिय नेपाली संघ पोल्यान्डका संस्थापक अध्यक्ष डा बोधराज सुबेदीको प्रमुख आतिथ्यमा सन्चालित उक्त कार्यक्रममा प्रमुख अतिथी सुबेदीले गुल्मी समाजले नेपाली कला र सस्कृती झल्काउने कार्यक्रम गर्नु नेपाल र सम्पुर्ण पोल्यान्डबासी नेपालीको लागि गर्वको  बिषय भएको बताए। त्यसैगरी बिशिस्ट अतिथी पानीअभियानकर्ता एबम अन्तर्राष्ट्रिय नेपाली कलाकार समाजका उपाध्यक्ष मित्रलाल पार्देले बृहत् सास्कृतिक कार्यक्रमले मनोरञ्जनसङ्गै विभिन्न क्षेत्रमबाट प्रतिनिधित्व गर्ने नेपालीहरुबिचमा एकता र बन्धुत्व कायम गर्न गुल्मी समाजले सर्हानीय  काम गरेको उल्लेख गर्दै विभिन्न सस्कृती र जातिले ओतप्रोत नेपाललाई यस्ता कार्यक्रमले देश-बिदेशमा थप कलात्मक रुपमा चिनाउने बताए।

 

 

 

उक्त अबसरमा नेपाली जनसम्पर्क समिती डा एलिनी पोखरेलले नेपाल बहुजाती-बहुभाषि भएको परिपेक्षमा बिबिध धर्मको सङ्गालोमा आम नेपाली सामिप्य भै मौलिकतालाई विशेष प्राथमिकताका साथ गुल्मी समाजले कार्यक्रम गर्नु उत्कृष्ट भएको बताइन् ।त्यसैगरी गैर आवासीय नेपाली संघ पोल्यान्डका उपाध्यक्ष जीवन केसीले यस किसिमको कार्यक्रम हुनु समग्र पोल्यान्ड बासी नेपालीहरुको गौरवको कुरो हो भनेर शुभकामना व्यक्त गरेका थिए साथै  नेपाल ब्रदरउड पोल्यान्ड (फूटबल टीमका)सम्योजक गणेश बुढाथोकीले प्रकृतिले अथाह उपहार दिएको अबस्थामा सदुपयोग गर्दै सभ्य-शालीन  र दुरदर्शि समाज निर्माण गरौ ताकी फगत गुनासो मात्र गरेर जिम्मेवारीबाट दुर हुने कोसिस नगरौ भन्ने सारगर्विक  धारणा राखेका थिए।कार्यक्रममा प्रबासी नेपाली एकता मन्चका सम्योजक टंक कटुवालले नेपाली कला,सस्कृती झल्काउदै विभिन्न क्षेत्रका नेपाली एउटै मन्चमा उपस्थित गराइ मनोरञ्जन प्रदान गर्नुनै गुल्मी समाजको पोल्यान्डको नेपालि लोक लय प्रतिको निष्ठा  पुष्टि भएको बताए भने नेपाल पत्रकार समिती पोल्यान्डका सह-सचिब नुमनाथ न्यौपानेले नेपाली सस्कृतिले वोतप्रोत कार्यक्रम प्रदेशमा गर्नु पक्कै पनि सामान्य बिषय हैन यस्तै शुभनिय कार्यलाइ आम जनतामाझ सन्चार गर्न नेपाल पत्रकार समिती पोल्यान्ड सदैब सहकार्य गर्दै जाने उदघोष गरे।पोल्यान्डबासी नेपालीको आशा-भरोसाको सन्चार माध्यम पोल्यान्ड नेपालका सम्बादाता उज्ज्वल खरेलले दुख-सुखको सारथी  बन्दै आएको पोल्यान्ड नेपालले नेपाली बिरता,नेपालीत्व  झल्काउने जुनसुकै कार्यक्रम सम्प्रेषण गर्ने कुनै कसर बाकी नराख्ने बताए।

IMG_20181225_203601.jpg

कलाकारहरुको प्रस्तुतिले दर्शक -दिर्घामा रोमान्चित तरङ्ग प्रवाह भएको थियो।विशेषगरि गायक -गायिका,नवीन पुलामी,चनु लामा,सन्तोष अधिकारी लगायत दर्शकको आकर्षणको केन्द्रबिन्दु बनेका थिए।नवीन पुलामी र चनु लामाको दोहोरीमा दर्शकहरु एकछत्ररुपमा झुमेका थिए।गुल्मी समाज पोल्यान्डले केबल कार्यक्रम औपचारिकतामात्र सिमित गरेन प्रायोजक,सह-प्रायोजक  ब्यबसाही,कलाकार,खेलखुदक्रमी,समाजसेबि,उदघोषक एबम पत्रकारलाई सम्मान गरेर नौलो आयाम थपेको छ जहाँ पोल्यान्डमा हरेक क्षेत्रका व्यक्ती  उत्साही हुने बातावरण बनेको छ।सम्मानित हुने ब्यबसायीहरुमा लिटल इन्डियाका चन्दु कातरगड्डा,खेमेलारनिया होटलका दम्पती द्वय रामचन्द्र न्यौपाने र रिता न्यौपाने ,बासमती रेस्टुरेन्टका खेमराज खरेल र गोबिन्द खरेल,एके आइडिया मेकरका सन्चालक अमीत यादव ,सगरमाथा नेपालका होमनाथ सापकोटा ,होटल लालिगुरासका प्रेमलाल गैरे एबम परिबार रेस्टुरेन्टका सन्चालक चुरामणी  खरेल थिए।कलाकारहरु-नवीन पुलामी,सन्तोष अधिकारी ,चनु लामा,अपि न्यौपाने मन्जिता नापिट,भागी अधिकारी,सीता सापकोटा ,निता तामाङ गुन्जन न्यौपाने,कृष्ण प्रसाद ढकाल लगायत सम्मानित भएका थिए।  पोल्यान्डमा फूटबल खेलको माध्यमबाट देश चिनाउन योगदान दिएका ब्रदरहुड संयोजक गणेश बुढाथोकीलाई पनि सम्मान गरिइएको थियो ।

received_375564163205629

त्यसैगरि निरन्तर पानी अभियान चलाइरहेका पानीअभियानकर्ता मित्रलाल पार्दे,पत्रकार एबम पोल्यान्ड नेपालका सम्पादक कलश खरेल एबम चर्चित उदघोषक सुसन परियारलाई पनि सम्मान गरिएको थियो।कार्यक्रमको उद्देश्यबाट आकर्षित भै सहयोगका हात सामिप्य गर्ने स्याङ्जाका सुमन श्रेष्ठ,संखुवासभाका बुध गुरुङ्ग र गैर आबासीय नेपाली संघ पोल्यान्डका सस्थापक अध्यक्ष डा  बोधराज सुबेदीलाई   खादा ओढाएर  सम्मान  प्रदान गरिएको थियो।

received_220301855563843

संस्थाका अध्यक्ष प्रकाश तिवारीको अध्यक्ष्यतामा सम्पन्न  कार्यक्रममा उक्त  सस्थाका उपाध्यक्ष बिदुर शर्माले स्वागत मन्तब्य तथा सचिब कलश खरेल,  सागर सापकोटा एबम सुसन परियारले संयुक्तरुपमा कार्यक्रम सन्चालन गरेका थिए ।

received_281718042494903.jpeg

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.