पोल्यान्डमा बसेर नेपाली भाषामा लेख्न प्रयास गर्ने केहि व्यक्तित्वहरु

 

१ : कलश खरेल 

kalash 1
पोल्यान्ड आएको छोटो समयमै चर्चा बटुल्न सफल कलश खरेलले लेखनी यात्रालाई राम्रो गरेका छन् । अझ शाहअक्त रुपले कलम अगाडि चल्यो भने अवश्य पनि उनको कलमले धेरै कुराहरु लेख्न सक्छ । उनी पोल्यान्ड नेपालका सम्पादक पनि हुन् ।
२: नुम नाथ न्यौपाने : समय समयमा आलोचनात्मक लेख हरु लेख्ने नुम नाथ न्यौपानेको पनि कलमहरु चलाऊने हो भने अवश्य उनको लेखनीमा पनि भर पुर शब्दको भकारी रहेको बुझ्न सकिन्छ ।

FB_IMG_1545513575625
३: श्री कृष्ण न्यौपाने : शुरुवातमा खुबै गजल लेख्ने समय समयमा बिभिन्न लेख लेख्ने श्री कृष्ण न्यौपानेले  कलम चलाऊन नछोड्ने हो भने उनको कलममा पनि शब्दको भकारी रहेको बुझ्न सकिन्छ ।उनी समय समयमा गजल गीत कबिता लेखहरु लेख्ने गर्दछन् ।  उनी हाल नेपाल गएका छन् ।

dil shree
४ : शिव धर महतो : पोल्यान्ड बसेर समय समयमा आफ्नो बिचार दिने शिव धर महतो पनि आफ्नो समुदायको लागि केही लेख्न सक्छन् तर कलमको मसी सुक्नु हुँदैन र समय समयमा मिलेन भनेर आत्तिनु पर्दैन ।

sd shiva
५ ; लुइ प्रितम : सामाजिक सन्जालमा आफ्नो आलोचनात्मक लेख लेख्ने लुइ प्रितमको पनि नेपालीमा टाइप गरेर लेख्न प्रयास गर्नु पर्ने देख्दछु । उनीमा पनि लेखनी क्षमता भएको मैले उनको सामाजिक सन्जाल मार्फत अध्ययन गर्न पाएको छु । अत उनले पनि आफ्नो लेख्नै यात्रालाई समय समयमा बिभिन्न अनलाइन मिडिया वा छापा मिडिया मार्फत प्रकाशित गरेमा अवश्य केही बिचार अरुले थाहा पाउथे ।

lui pritam.jpg
६ : विदुर शर्मा : लेखनमा क्षमता भएका समय समयमा सामाजिक सन्जालमा मिठासपूर्ण रुपले लेख्ने बिदुर शर्मामा नेपाली लेखनी क्षमता  देख्छु तथापी अलिकती समय दिएर बिभिन्न अनलाइन मार्फत आफ्नो बिचार प्रस्तुत गरेमा सुनमा सुगन्ध हुन्थ्यो ।

bidur
७: केशब सिंह : राम्रो लेखन गर्ने साहित्यकार केशब सिंह पनि पोल्यान्डमा बसेर राम्रो लेखनी गरेका व्यक्ती हुन् । उनको लेखनीमा साकारआत्मक सन्देशको प्रवाह पाईन्छ ।

keshab
८ : एस बि बिसर्जन :
उनी पनि मिठो गजल लेख्छन , समय समयमा मिठो प्रस्तुती दिन्छन् । लेख्न यात्राको कलममा मसी थप्ने हो भने पोल्यान्ड बस्ने नेपाली समुदायले उनिबाट पनि केही लाभ लिन  सक्छ । उनको प्रस्तुती र लेखन समय समयमा मर्नु हुँदैन ।

s b bisarjan
९ : बिनोद आचार्य : फुर्सद समय पारेर यसो कविता कोर्छन् बिनोद आचार्य तर त्यति प्रचार प्रसार गर्दैनन् । उनी पनि कलममा मसी थप्ने हो भने अवश्य राम्रो लेख्न सक्छन् भन्ने मैले विश्वाश लिएको छु ।

binod
१० :बिकास तामाङ :  अत्यन्त उत्कृष्ट लेखहरु र खोज मुलक लेखहरु हुन्छन बिकासका । बिकास तामाङ पोल्यान्ड बसेर समय समय समय सामाजिक सन्जाल एवम बिभिन्न अनलाइन मार्फत आफ्नो बिचारहरु प्रस्तुत गरिरहेका हुन्छन् । उनको लेखनीमा समय मिल्ने हो भने प्रशस्त खोज मुलक लेखहरु पाउन सकिन्छ ।

bikash yuba

 

तर आज सम्म पोल्यान्डमा बसेर नेपाली महिलाहरु कुनै पनि लेख हरु नलेख्ने गरेको देख्दा चित्त दुखेको छ । कहिले काही महिलाहरुले पनि आफ्नो भावनाहरु नेपाली अक्षरमा लेखेको देख्न पाइयोस् । २०१९ मा पोल्यान्ड नेपालमा पहिलो लेख नेपाली महिलाहरुको छाप्न पाइयोस् ।
माथि लेखेका बाहेक अन्य व्यक्तिहरु पनि कृपया जानकारी दिनु होला । यदि कसैको नाम बिर्सेंको खन्डमा माफि माग्दै सबै पोल्यान्ड बस्ने बिभिन्न माध्यमबाट कलम चलाउने हरेक व्यक्तिहरुको कलमको मसी नसुकोस यही छ मेरो शुभकामना ।

 

                                                     प्रस्तुती : मित्र लाल पार्दे
                                                                      पोल्यान्ड 

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.