नुमनाथ न्यौपाने वारसवा पोल्यान्ड
मलाई माफ गर तिमिलाई ह्याप्पी कृशमस भन्न सकिन
यतिबेला गाउँ तथा सहर जहातही कृशमस को चहलपहल सुरु भैइरको छ,,हाम्रो नेपाल जस्तो हिन्दु तथा बुद्धिस्ट बाहुल्यता भएको ठाउमा पनि कृशमस को चर्चा हुनुले हाम्रो धर्म कति उदार रैछ भन्ने कुरा प्रस्ट हुन्छ।म एक सनातन हिन्दु धर्मावलम्बी हु र हाम्रो देश नेपाल मा ॐकार धर्मावलम्बीहरु हिन्दु बौद्द लगायत का ब्यक्ती हरु परापुर्बकाल देखि नै एकआपसमा मिलेर सबैको चाडपर्व मनाउदै आईरहेको कुरो छर्लङ्ग छ।केहि समय पहिले सम्म हाम्रो देश नेपाल हिन्दु रास्ट्रको रुपमा बिश्वमै छुट्टै पहिचान बानाएको थियो तर कथित १० बर्षे जनयुद्ध पश्चात् हाम्रो देश केही नेताहरुको ब्यक्तिगत निर्णय बाट नै धर्मनिरपेक्ष रास्ट्र घोषणा गरियो,हिन्दु रास्ट्र हुदा पनि नेपालमा हरेक धर्म मान्ने ब्यक्ती बस्दथे ,सबैले आआफ्नो धर्म मान्ने छुट थियो नै कसैको पनि आस्थामाथि प्रहार भएको थिएन।जब देश एउटा धर्म निरपेक्ष मुलुक घोषणा भयो त्यसपछी हाम्रो देशलाई क्रिश्चियनाकरण गर्नकै निम्ति हाम्रो सनातन हिन्दु धर्म तथा बुद्धिस्ट किरात लगायतका धर्मलाई नस्ट पार्ने षडयन्त्र हुन थाल्यो।हामिहरुको उदारता लाई उनिहरुले आफ्नो मौका सम्झिन थाले यसैअनुरुप उनिहरु हाम्रो सस्कार माथि धावा बोल्दै हिड्न थाले।
यशुराज नामपरिबर्तित साथी मेरो एकदम मिल्ने साथी हुन,उनी पहिले एक सनातन धर्मावलम्बी थिए ,उनमा हिन्दु धर्म प्र धा र्मिक आस्था धेरै नै थियो,उनी हरदिन बिहान उठेर पुजापाठ गर्ने उनको बानी थियो।हामी सधै सङ्गै दशै तिहार रमाईलो गरि मनाउथ्यौ तर केही समय अघि उनको घरमा केही धर्मपरिबर्तनकारी ब्यक्ती पुगेछन अनि उनिहरुको परिवार लाई आर्थिक प्रलोभन देखाएर होस या अन्य कुरा हरु देखाएर उसको परिवार लाई सनातन धर्म त्याग्नु नै राम्रो भन्ने लागेछ र त्यसपछि उनिहरु इसाई धर्म प्रति आस्था राख्न थालेछन।तिमी स्वैच्छिक रुपमा धर्म परिबर्तन गरेउ अथवा आर्थिक प्रलोभन मा धर्म परिबर्तन गरेउ यसमा मेरो कुनै आपत्ती छैन र कहिल्यै हुनेछैन पनि तर जब तिमी इसाई बनेउ त्यसपछि तिम्रै पुर्खाले मान्दै आएको र केहि समय पहिले सम्म मान्दै आएको धर्म (हिन्दु धर्म) प्रती धावा बोल्दै हिड्छौ रे!मैले सधै जस्तै गर्दै यसपालिको दशै तिहार मा पनि तिमिलाई सुभकामना शन्देश पठाएको थिए तर तिमिले कुनै प्रतिक्रिया दिएनौ।हामी सनातन धर्मावलम्बी ले अरु धर्मलाई सधै सम्मान गर्दै आएका छौ,त्यसैले त कृसमस अथवा भ्यालेन्टाईन डे जुन हाम्रो सस्कृती भन्दा बाहिर को हुन हामी रमाईलो सङ्ग मनाउदै आएका छौ।तर तिमिहरु हाम्रो चाडपर्व मा भने सुभकामना दिन समेत हिच्किचाउने आखिर किन??धर्म सस्कृती भनेको मान्छेलाई अनुशासन मा बाध्ने माध्यम हो,जसरी एउटा बच्चाले आमाबाट सस्कार सिकेको हुन्छ त्यस्तै धर्म ले पनि ब्यक्तिलाई निस्चित परिधिमा रहन सिकाउदछ।मेरो लागि मेरो सनातन हिन्दु धर्म अनि मेरो आमा समान हुनुहुन्छ किनभने मेरो आमाले पनि हिन्दु सस्कृतिकै परिधी भित्रै रहेर मलाई सस्कार सिकाउनुभाको छ,सुन्दैछु आजकल मेरो देशमा मेरो सनातन धर्मावलम्बी लाई सैतानको संज्ञा दिईन्छ रे अब भन्नुहोस मेरो धर्म मेरो आमा लाई गाली गर्दै हिड्ने तिमी लाई म कसरी ह्याप्पी कृसमस भनु??तिमी त अर्को आमाले केही पैसा दिएमा अनि चक्लेट दिएमा आफ्नै जन्मदिने आमालाई गाली गर्दै हिड्न अनि आलोचना गर्न सक्ने रहेछौ जुन तिमी तिम्रो मुल जरो हिन्दु धर्म भएर पनि तिमी केही पैसाको पछाडी लागेर तिम्रो आमालाई धोका दिदै छौ।हामी जति उदार बन्यौ त्यति नै तिमिहरु हामिमाथी हस्तक्षेप गर्न खोज्छौ भने अब हामि सनातन धर्मावलम्बी चुप बस्न सक्नेछनौ।”बसुदैब कुटुम्बकम” को सोच राख्ने मेरो धर्म लाई सैतान भन्दै हिड्ने तिमिलाई म कसरी कुन कारण ले सुभकामना दिउ तिमी आफै भन त??यसो भन्दै गर्दा म क्रिश्चियन धर्म नराम्रो भन्न खोजेको चाहिँ होईन तर जो कृस्चियन हु भन्दै अन्य धर्मलाई धर्म मान्दैनन् ,अरुको धर्मलाई गलत भन्दै हिड्छन तिनिहरुलाई नै मैले यो कुरा भनेको हु,म अहिले पोल्यान्ड मा छु जुन आफैमा क्रिश्चियन मुलुक हो तर यहाका क्रिश्चियन जसको नसा नसा मा क्रिश्चियन धर्म बगेको छ उनिहरु र तिमी पैसाको पछि भाग्ने झोलेमा तुलना गर्नै मिल्दैन।यहाका क्रिश्चियन हरु हाम्रो चाडपर्व हामी सङ्गै मनाउछन,हामीले लगाईदिएको टीका लगाउन अनि प्रसाद ग्रहण गर्न कुनै सङ्कोच मान्दैनन तर तिमी नेपाली झोलेहरु जो पैसाको लागि आफ्नो सस्कार छोड्यौ तिमिहरु आखिर किन यति धेरै नाटक गरेको ?? तिमी हरु न त हामिले दिएको प्रसाद लिन्छौ न त टीका ग्रहण गर्छौ यो आखिर किन?? अनि फेरि हामि हरु तिमिलाई सुभकामना किन दिनु??म बस्ने ठाउ क्रिश्चियन को देश हो म कहिल्यै उनिहरुको बिरुद्द बोल्दिन तर तिमी हरु हामी सनातन धर्मावलम्बीहरुको उदारता लाई कहिलेसम्म आफ्नो धर्म प्रचार गर्ने मौका सम्झिन्छौ??यदि हामी हिन्दुहरु उदारता त्यागेर तिमिहरु माथी जाईलागे तिमिहरु माथी जाईलागे तिमिहरुको अबस्था के होला कहिल्यै सोचेका छौ??जसले हाम्रो सस्कार माथी धावा बोल्छ उनिहरुको चाडपर्व मा हामी किन सुभकामना दिने??हो म यहाका साथिसङ्ग सङ्गै कृसमस मनाउन सक्छु सुभकामना आदानप्रदान गर्न सक्छु तर म तिमी नेपाली क्रिश्चियन भन्दै जो अरुलाइ स्विकार्दैनौ ,अरुको धर्म सस्कृतिलाई कदर गर्न सक्दैनौ तिमिहरुलाई हामी कहिले सम्म उदारता प्रकट गर्ने???त्यसैले साथी यसुराज मलाई माफ गर म तिमिलाई ह्याप्पी कृसमस भन्नै सकिन।अहिले धर्मनिरपेक्ष देश नेपाल तिमिहरुजस्ता झोले ब्यक्तिहरु कै कारण देशमा हिन्दु रास्ट्रको माग बढ्दै छ,हिन्दुहरु एक हुन थालेका छन,,त्यसैले साथी आफू सुरक्षीत हुन अनि आफ्नो अस्तित्व जोगाउनु छ भने बहुसंख्यक जनताको आस्थालाई सम्मान गर्न सिक?अन्त्यमा जो सच्चा क्रिश्चियन हुनुहुन्छ उहाहरुलाई कृसमस को सुभकामना तर माफ गर साथी तिमी जस्ता झोले क्रिश्चियन लाई कृसमसको सुभकामना भन्नै सकिन…