डिसेम्बर १६ ,२०१८
पछिल्लो समय फुटबल खेलमा आफ्नो पृथक पहिचान र चर्चा बटुल्न सफल नेपालि फुटबल टिम ब्रदर हुड ले आज पोल्यान्ड स्थित विभिन्न संघसंगठनका प्रमुख तथा प्रतिनिधि सङ्ग भेटघाट तथा अन्तरक्रिया कार्यक्रम गर्नुका साथै पछिल्लो क्रममा सहयोग गर्ने सहयोगि हरुको नाम सार्बजनिक र खेलाडी तथा टिम प्रशिक्षक लाई जर्सि बितरण गरेको छ।.
करिब २ घन्टा संचालन भएको उक्त कार्यक्रम मा करिब २० जनाको सहभागिता रहेको थियो केही पृथक शैलीमा संचालित भएको उक्त कार्यक्रम मा खेलाडी सुजन बगाले, सन्जिब पौडेल, आशिष राना र सुनिल राई ले खेल र ब्रदर हुड का बिसयमा खुलेर बोलेका थिय उनिहरुले हामी जस्ता युवा हरुलाइ सङ्गठित गरि खेल र सकारात्मक कार्यमा लाग्न प्रेरित गर्ने प्रशिक्षक लाई हार्दिक धन्यवाद दिदै केही भावुक पनि भएका थिय। प्रवासी नेपाली एकता मन्च का अध्यक्ष टङ्क कटुवाल र गुल्मी समाज पोल्यान्ड का अध्यक्ष प्रकाश तिवारि ले ब्रदर हुड टिम ले अझ सफल्ता प्राप्त गरोस र आगामी दिनमा पनि निरन्तर खेल कुद मा प्रगती गर्न सुझाब दिनु भएको थियो। पत्रकार समिती पोल्यान्ड का संरक्षक तथा पानी अभियान कर्ता मित्र लाल पार्दे ले ब्रदरहुड टिम ले पछिल्लो समयमा नेपालि र नेपाल को गौरब बढाउन सफल भएको र आगामी दिनमा पनि यो खेल समुहले अझ आफ्नो खेल अभ्यास लाई पोख्त गराइ नेपाली र नेपाल को नाम राख्न सफल होस भन्ने सफल्ताको शुभकामना दिदै खेलाडी हरुको मनोबल उच्च बनाउनु भएको थियो।
पछिल्लो समयमा मान्छे हरुमा बन्धुत्व र सहयोगी भावना बिलिन भएको र मान्छेले बस्तुको प्रयोग गर्ने ठाउमा मान्छेकै प्रयोग गर्ने गरेको छ भन्दै जब सम्म समाजमा त्याग को भावना जागृत हुदैन तब सम्म एउटा समृद्ध र मानवीय समाज कल्पना गर्न सकिन्न भन्दै आफै पनि आर्थिक रुपमा कम्जोर हुदा हुँदै पनि त्यागको भावना सवैमा हुनुपर्छ र सफल काम गर्ने लाई प्रोत्साहन गर्नु पर्छ भन्ने सामाजिक सन्देस दिदै भर्खरै स्थापित नेपाल पत्रकार समिती पोल्यान्ड को भिडियो क्यामेरा किन्ने अभियान मा रु २५१/- ज्लोती ब्रदरहुड का संयोजक मार्फत सहयोग पनि गरेको छ भने आफ्ना शुभचिन्तकहरु रश्मि काउचा,पदम मगर, टेरेसा जुरास्जेक (पोल्यान्ड नागरिक) लाइ ट्र्याकशुट बितरण गरेको छ। लामो समय देखि बेरोजगार रहेका समुहका एक खेलाडी
दिपक थापा लाइ समेत रु 300-सहयोग गरेको छ।
उक्त कार्यक्रम मा बोल्दै खेलाडी र सम्पुर्ण टिमलाई उत्साह एबम हौसला प्रदान गर्ने सबालमा मिडियाको तर्फबाट कुनै कसर बाकी नराख्ने र आफै आफ्नो परिचय स्थापित गराउन भर्खर स्थापित सस्था ले हामिलाइ सहयोग गरि सहयोगी र बन्धुत्व को भावना को गतिलो सन्देस दिएकोमा हार्दिक धन्यवाद दिदै यो कार्य हामी सबैले गर्न सके सामज लाई बिकास को बाटोमा डोर्याउन सकिने नेपाल पत्रकार समितिका अध्यक्ष कलश खरेलले बोलेका थिय भने। गैर आवासीय नेपाली संघ पोल्यान्ड का सस्थापक अध्यक्ष डाक्टर बोधराज सुवेदीले मानबिय जीवन मा तीन खाल का नाता हुन्छ्न जसमा प्रेम, संगीत र खेल हुन जसमध्ये खेल ले भाइचारा, स्वस्थ जीवन र सामुहिक सदभाव कायम राख्न प्रेरित गर्दछ भन्दै भर्खरै जुर्मुराएको एस सस्थाले केही बाधा अडचन सामना गर्नु परे पनि आगामी दिनमा यस सस्थाले अझ ससक्त र उत्कृष्ट खेलाडि जन्माउन का साथै नेपाली र नेपाललाइ विश्व भरी चिनाउदै विश्व बन्धुत्व मा होमिन शुभकामना दिनु भएको थियो।
दिएर बाच्नु पर्छ भन्ने मुल कुरा को उदघोस गर्दै ब्रदरहुड का सम्योजक ले पछिल्लो समयमा सहयोग गर्ने केही सहयोगी हरुको नाम पनि सार्वजनिक गरेको छ जुन यसप्रकार रहेको छ।
१) रश्मि काउचा 500 जोल्ति (कारचेप पोल्याड)
२) अनिल सोमाई 50-
३ ) नारायण काफ्ले 50-
४) सिता राई परिवार 150-
५) टासी नुर्बु सेर्पा परिवार 150-
६) शरे बहादुर मगर 60-
७) सलिना मगर 55-
८) लक्ष्मी न्यौपाने 50-
९) सरिता के.सी 50
१०) बिजय भुजेल 100 (वारसवा)-
११) अभिषेक गिरि 150
यसरि भर्खरै स्थापित उक्त सस्थाले आफ्नो पृथक पहिचान र छवि निर्माण गर्न सफल हुनुका साथै हरेक समय युवाहरुलाइ केहि नया र देस का लागि केही गर्न हौसाउने उदेश्य सदैब राख्न का साथै सम्पुर्ण संघ सस्था र बिश्व भरी रहेका नेपाली हरुलाइ तन मन ले सहयोग गर्न अपिल गर्दै निक्कै पृथक र प्रभाबकारी ढंगले सन्चालन भएको उक्त कार्यक्रम मा कुनै अध्यक्ष र प्रमुख अतिथि राखिएको थियन। सबैलाई एकै परिवार भित्र बाध्न नेपालिले विश्व बन्धुत्व को भावना लाइ सर्वोपरि ठान्नु पर्छ भन्दै निरन्तर ब्रदरहुड टिमको बिकास र प्रवर्द्धन मा लागि पर्ने प्रतिबद्धता सहित समापन भएको उक्त कार्यक्रम को संचालक पनि ब्रदरहुड टिम का सम्योजक एबम म्यानेजर गणेश बुढाथोकी नै रहनु भएको थियो।
सुसन परियार बिसर्जन
सचिब
नेपाल पत्रकार समिती पोल्यान्ड