पोल्यान्ड बसेर लेखिएको एक राष्ट्रिय स्वदेश गीत नेपालको नाट्यश्वरी म्युजिक अवार्डमा उत्कृष्ट पाँच राष्ट्रिय स्वदेश गीतहरुमा पर्न सफल भएको छ ।
लामो समयदेखि पोल्यान्डमा बस्दै आएका मित्रलाल पार्देद्दारा लेखिएको गीतको संयोजन युवा सङीतकार सन्तोष श्रेष्ठले गरेका हुन् भने गीतका गायककार कृष्ण भक्त राइ हुन् ।
उत्कृष्ट गीतहरुको भोटिङमा पनि राखिएको आयोजकले काठमाडौको एक कार्यक्रममा जनाएको छ ।
नेपालमा बस्नेले उक्त देशभक्ती गीतको लागी भोट गर्नु परेमा NMA 004 टाइप गरेर 38687 मा मेसेज पठाएर भोट गर्न सकिनेछ ।
पोल्यान्ड नेपाल परिवार उक्त गीत उत्कृष्ट भएर सर्वाधिक भोट लिन सफल होस् , भनी शुभकामना व्यक्त गर्दछ ।