मित्रलाल पार्दे
पोल्यान्ड
सपना बिक्ने भनेको जहाँ आश्वासन दिइन्छ त्यहा सपनाको व्यापार हुन्छ अनि त्यही व्यापार फस्टाउछ । अनि सपनाको पछाडी दौड्नेहरु वास्तविकतालाई च्यात्छ्न वास्तविक जानकारीलाई बाल मतलब गर्दैनन् । बुझ्न खोजे जस्तो गर्छन् तर उहीँ सपना किन्न र बेच्न तछाड मछाड गर्छन् ।
अनि फलानाले ठग्यो , फलानाले बिगार्यो आदि आदि भन्दै तिनै पिडित भनाउदाहरु गोहिको आँसु झार्छन अनि आफै फेरि ठगिको कामलाई नीति र नियम कुनै मापदण्ड बिना ठगी शुरु गर्छन् । सपना बेच्न शुरु गर्छन् । जसका आफ्ना सपनाहरु तुहिएका छन् तिनिहरुले नै सपना बेचेर सपनाको व्यापार गर्छन् ।
जब सपना बिक्री गर्ने समय हुन्छ त्यो बेला धुर्तहरुले अनेक बाटो अपनाउछन ।नियम अनुसार काम गर्नेहरुलाई पनि उहीँ ड्याङको मुला बनाउछ्न ।सहि जानकारी नदिएर अनेक तिकडम निकालछन् ।
सहि सत्य काम गर्नेहरुले सपना बेच्नुपर्दैन यथार्थ जानकारी दिए हुन्छ । सहि काम गर्नेहरुले कमायो भनेर गोहिको आसु झार्नुपर्दैन । आफू नै पिडक बन्ने हो भने मैले पीडा पाए भनेर पिल पिल रुनुपर्दैन । जे देखिएको छ जे भोगिएको छ त्यही जानकारी दिए पुग्छ । जानकारी दिएर काम गरेर खाने हो दालभात खानलाई झुटा सपना बेचेर दलाली गर्नुपर्दैन सहि सत्य तथ्य बोलेर काम गरे हुन्छ नि !”
हो कुनैबेला पोल्यान्डको दलाली बजारमा ओपन टि आर सी अनि क्लोज टि आर सी भन्ने खुब हल्ला चलेको थियो । ? ।
ओपन टि आर सी भनेको विभिन्न देशबाट भिजिट भिजामा आउने अथवा अन्य देशमा युरोपियन देशमा काम गर्दै गरेका अथवा अन्य प्रयोजनमा आएकाहरुलाई पासो थाप्नको लागि ओपन टि आर सी र क्लोज टि आर सी भनिएको रहेछ ।
ओपन टि आर सी भनेपछि त्यस्तो टि आर सी लाई भन्दा रहेछन् । कम्पनीले कामदार चाहियो भनेर कन्ट्र्याक्ट पेपर बेच्ने ट्याक्स सबै पेपर किन्ने व्यक्तिले तिर्ने आन्तरिक सम्झौता अथवा ट्याक्स नतिर्ने सम्झौता अनि त्यही कन्ट्र्याक्ट पेपरको आधारमा बढिमा तीन वर्षको लागि टेम्पोररी रेसिडेन्ट कार्ड बन्ने । सैद्धान्तिक रुपमा कामदार भएपनि व्यवहारिक रुपमा उनिहरु कागजी बेरोजगार कामदार हुन् । अनि अन्यत्र जुनसुकै ठाउँमा भनसुन एवम विभिन्न उपाय गरेर काम गर्दा कम्पनीले कन्ट्र्याक्ट पेपर बेचेकोले कुनै सोधखोज नगर्ने हुदा यो प्रवृतिलाई पोल्यान्डको पेपरको दलाली बजारमा ओपन टि आर सी भनेर पासो थापिएको जानकारी विभिन्न श्रोतहरुबाट अध्ययन गर्दा प्राप्त भयो ।यसरी कार्ड बनाउदा कम्पनीको मिलेमतो बिना सम्भव हुँदैन एक्लै नेपालीले सिधै टि आर सी गराउछु भनेर कुनै कम्पनी विना गर्न सक्दैन र सम्भव छैन कि त अन्य उपाय निकाल्नुपर्छ जस्तो आफ्नो परिवारको हकमा डिपेन्डेन्ट आदि इत्यादी तर फलानो कम्पनिमा कामदार चाहियो भनेर कन्ट्र्याक्ट पेपर बनाएर उक्त कन्ट्र्याक्ट पेपर बेचेर कार्ड बनाउने अनि कार्ड भैसकेपछी जहाँ गएपनि वास्ता नगर्ने अनि जसले कार्ड बनाउन आएको छ त्यसैले नै ट्याक्स तिर्ने प्रक्रियालाई दलाली बजारमा ओपन टि आर सी भन्दा रहेछन् रे ।मैले व्यक्तिगत रुपले आजसम्म बुुुुझेको यहि हो ।अरु कसैले अन्य तरिकाले बुझेको भए त्यो व्यक्तिगत बुझाइ होला ।
अन्य युरोपमा काम गरेर बस्ने अथवा विभिन्न भिजामा युरोप आउने उता कार्ड बन्न गार्हो हुने हरु केही खर्च स्वयं गर्ने अनि पोल्यान्डमा आएर वर्क परमिट कार्ड बनाउछन ।यस्तो कार्डबाट अन्यत्र देशमा काम गर्नु पुर्णतया अवैधानिक छ ।यदि काम गरेको भेटिएमा सोझै डिपोर्ट हुने सम्भावना प्रबल हुन्छ ।यद्यपि केही व्यक्तिहरूको लागि फाइदा भएपनि समग्र रुपले सामाजिक रुपमा यसको असर दीर्घकालीन पर्ने देखिन्छ । जस्तो काम बिनाको कागज ट्याक्स पेपर स्वयं आफैले हरेक महिना तिर्न नसक्दा तीन वर्ष पछि भिजा नविकरण न हुनसक्छ । टि आर सी बन्दैमा सपना फल्ने पनि होइन ।
बरु महङो किन नहोस् सत्य कुरा बोल्न सिक । बरु तड्पिन किन नपरोस सत्य काम गर काम गर्छौ । झुट खेती गरेर किन दुनियाँ लुट्न थाल्छौ । लुटिनेहरु पनि किन यथार्थ जानकारी नबुझेर सस्तोको नाममा हल्लाहरुको पछाडि मात्र दौडेको हुन्छ कुन्नी ? काम गर्ने गराउनेले पनि केही सरकारी संयन्त्र बुझ्ने प्रयास गर्नैपर्छ । सरकारले काम ढीलो गरेकै छ । पहिले पहिले २ महिनामा गर्ने डिसिजन अहिले २ बर्ष लगाइरहेको छ । यी कुराहरु पनि ध्यान दिनै पर्दछ । जुन कम्पनीमा आएको हो त्यही कम्पनिमा काम गरेको खन्डमा झन्झट कम हुन सक्छ तर कम्पनी परिवर्तन गर्नु पर्दा धेरै झन्झट भार पर्न सक्छ । कामदारहरुको कागजी प्रकृयाको जिम्मेवार बहन गर्ने सम्बन्धित कम्पनिले हो । अरुले त सुझाब दिने हो भाषाको कारणले सहजीकरण गर्ने हो । तर यहाँ त आफु घर कन्ट्र्याक्ट पनि इलिगल बस्ने अनि कसैसित नक्कली कन्ट्र्याक्ट किन्ने । हो कसैको नक्कली कन्ट्र्याक्टबाट पनि काम बनेको होला तर त्यसैलाई आधार मानेर भेडा झै दगुर्ने सोच हामीहरुको खराब सोच हो ।
कुनै समय यस्तो थियो कि पोल्यान्डमा ओपन टि आर सी र क्लोज टि आर सि हुन्छ रे भनेर जर्मनी डेनमार्क लगायत बिभिन्न देशहरुबाट लस्करका लस्कर जमातहरु आए तर अहिले पोल्यान्ड सरकारले युरोपियन युनियनमा आएका व्यक्तिहरुलाई भिजा दिन धेरै नै आनाकानी गरेको छ र कडाइ पनि २०१८ देखी युरोपियन मुलुकमा आएका व्यक्तिहरुलाई लगभग टि आर सि दिएको नै छैन भन्दा हुन्छ । अक्कल झुक्कल केहीले पाए पनि ।
मात्र यथार्थ जानकारी बुझ्नुहोस अनि पाइला चाल्दा राम्रो होला । आफ्नो परिवेश आफ्नो सोचाइ सबैको तालमेल हुनुपर्दछ । वास्तविक्ता शुरूवातमा तितो होला तर पछि वास्तविकता धेरै मीठो हुन्छ ।सपना शुरूवातमा धेरै गुलियो हुन्छ , मीठो हुन्छ तर पछि त्यही सपना जिवनभर क्यान्सर हुनसक्छ । औषधि सहि भो भने सहि उपचार पनि हुन्छ । औषधि सहि दिने डाक्टरहरु कसैलाई फकाउन हिड्नुपर्दैन । सहि सुझाव दिएर पनि सरकारी नियम अनुसार श्रमको मुुुुल्य लिएर पनि दाल्भात खान सकिन्छ तर ठग्नुपर्दैन ।
मेरै हकमा लागू भएको अवस्था एक जना भाइ म चिन्दैन उनले पनि मलाई केही महिना अघि देखे सुपरमार्केट अगाडि । कुरो अगाडि बढ्दै गयो पोल्यान्ड आएको ६ महिना भो रे ! अस्थायी अनुमति पत्रको लागि अप्लाई गरेका रहेछन् उनको आफ्नो कार्डको कुनै टुङो छैन तिनैले सारा कार्ड नभएकाहरुको कार्ड बनाइ दिन्छ्न रे । उनले मलाई वारसवा ज्लोटी ट्यारसे तिर भेटे मेरो टोपी देखेर अनि सुपरमार्केटमा चप्पल लगाएको देखेर भर्खरै आएको सम्झेछ्न होला म १० वर्ष युरोपमा रहे ता पनि युरोपको कुनैपनी तत्वले आकर्षित गर्न भने सकेको छैन भने दलालहरुको सपनामा आकर्षित हुने कुरै भएन । अनि एकोहोरो दाइ पोल्यान्डको कार्ड बनाउने हो म बनाउछु भन्दै थिए । म सुनिरहे आफ्नो कुरो बढाउनु पर्यो भन्नेबेला त्यसैबेला पोलिश घरबेटिको फोन आएर जब म पोलिशमा कुरा गर्नुपर्यो तब उनी त कसरी भागे कसरी म अचम्म परे ।
हो टि आर सी कार्ड बारे ईन्टरनेटमा पनि प्रशस्त बुझ्न् सकिन्छ । नियमहरु प्रशस्त बुझ्न सकिन्छ । अनावश्यक सयौ ठाउमा दुनियाँलाई नचिनेको ठाउँमा यो कस्तो हो यो के हो भनेर पठाउनु आवश्यक छैन ।हरेक दिन सयौ जनाको जवाफ दिन पनि सकिदैन । जवाफ दिने जागिर पनि होइन । शंका लागेको खन्डमा सम्बन्धित निकायमा बुझ्ने प्रयास गर्नु । बिदेश हिड्छु भनेर 24 औ घन्टा फेसबूकमा च्याट गर्नेहरु इन्टरनेट गूगलको सहारा लिए मात्र धेरै जानकारी पाउन सकिन्छ ।
ओपन सोपन टिआर सी भन्ने मैले पनि कतै जानकारी पाएको छैन।यी त सबै सपनाको व्यापार गरेका रहेछन् ।बरु कामदारको आधारमा , बिध्यार्थीको आधारमा , डिपेन्डेन्टको आधारमा टि आर सी Temporary resident card बन्ने हो। यो कुनै पि आर , सि आर पनि होइन । सरकारले सम्बन्धित काम पूरा गर्नको लागि दिएको अस्थायी अनुमती पत्र हो । लगातार ५ वर्ष वर्क परमिटमा पोल्यान्ड नियम अनुसार बसेर ट्याक्स तिरेमा बल्ल पि आर हुने हो तर तीन महिनामै पि आर सि आर हुन्छ रे भनेर हल्ला गर्नु सपना बेच्नु हो ।
पोल्यान्ड सरकारको नजरमा जुन कम्पनीबाट वर्क परमिट लिएको छ त्यही कम्पनीमा काम गर्ने कामदार भन्ने बुझिन्छ ।पोल्यान्ड सरकारको नियम अनुसार त काम छोडेपछि काम छोड्नुको कारण श्रम विभाग एवम इम्मिग्रेसनको सम्बन्धित निकायमा जानकारी गराउनुपर्ने हुन्छ ।
क्लोज टि आर सी ; दलाली बजारमा क्लोज टि आर सी पनि भनिन्छ रे काम पनि दिने , ट्याक्स पनि तिर्ने अनि आफुले पठाए अनुसार कम्पनीमा गएर काम गर्ने अनि त्यही कम्पनीको आधारमा टि आर सी लिने प्रक्रियालाई क्लोज टि आर सी भन्दा रहेछन् ।
दलाली बजारमा जे सुकै भनिए तापनि सरकारी परिभाषा अनुसार न त ओपन टि आर सी छ नत क्लोज टि आर सी । मात्र कम्पनीको कन्ट्र्याक्टको आधारमा वर्क पर्मिट त्यही सम्बन्धित कम्पनीमा काम गर्न दिएको अनुमति पत्र हो ।
अहिले पनि पोल्यान्ड बाहिर बसेर केही धुर्तहरुले पोल्यान्डमा ओपन टि आर सी र क्लोज टि आर सी बन्छ रे भनेर खुबै हल्ला गर्दा रहेछन् रे । नेपालका गाउँ गाउँमा पोल्यान्डमा लाखौं जनालाई रोजगार खुलेको छ रे भनेर हल्ला गर्दा रहेछन् । पोर्चुगल गएर जिन्दगी चम्किन्छ रे भन्दा रहेछन् । यो मामलामा बिदेश पढ्दा पढ्दै दलालवाद घोकेर नेपालमा सपना पढाउदा रहेछन् । उता उनिहरुले सपना पढाउने अनि पढ्नेहरुले टपक्कै टिप्ने सपना । १००% नै अंक प्राप्त गरिहाल्छन दलालवादको पढाईमा । कुनै पोल्यान्डको कार्ड लाग्दैमा वा पोल्यान्डको कुनै कम्पनी बनाएर जादैमा त्यो वास्तवइक हुँदैन । कति बोलौ प्रभु । हरेक दिन ५० जनालाई सामाजिक सन्जालमा जवाफ दिन सकिदैन प्रभु । हामीलाई पनि भात खानुछ । बच्चा पाल्नुछ प्रभु तपाईंहरुको एकातिर गर्ने व्यवहारको जवाफ हामी दिन सक्दैनौ प्रभु । सम्बन्धित निकायमा र अधिकारिक निकायमार्फत बिदेश हिंड्ने प्रयास गर्नुहोस् प्रभु । अधिकारिक निकाय मार्फत काम गर्दा पनि तपाईंका कामहरु कुनै ग्यारेन्टि हुँदैन सम्बन्धित देशको सरकारको नियम दुतावासको नियम सबै बुझ्ने प्रयास गर्नुहोस् प्रभु । कसैले कसैलाई लाखौं घुस दिएर तपाईंको काम हुँदैमा सबै हुँदैन प्रभु । घुस तन्त्रलाई तपाईं नै आँफै बढावा दिदै हुनुहुन्छ प्रभु । आफन्ती मार्फत गर्दा पनि सबै बुझेर गराउनुहोस् बिदेशमा तपाईंको आफन्तीले पनि तपाईंको काम गर्न त्यती सहज हुँदैन प्रभु जति सहज नेपालमा हुन्छ । कुन बिभागको के काम हो त्यो पनि बुझ्नु होस् प्रभु । मेरो सिप के हो म कुन सिपमा ठीक हुला त्यो पनि बुझ्नुहोस् प्रभु । १० लाख तिरे भन्दैमा कुर्सिमा बस्ने काम र २ लाख तिर्नेले भाडा मिस्ने काम हुने होइन प्रभु ।