हालै मात्र विभिन्न सन्चार माध्यममा कार्यरत पत्रकारहरु सम्मिलित गठन भएको नेपाल पत्रकार समितिले एक समारोहकाबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।खासगरी पोल्यान्डमा घट्ने घटनाक्रमलाई आमजनमानसमा पुरयाउने सहजीकरण भुमिका निर्बाह गर्ने एबम पत्रकारहरुको भुमिकालाइ थप चलायमान गराउने उद्देश्यका खातिर गठित समितिले विभिन्न संघ -सस्थाका प्रमुख,प्रतिनिधि एबम सामाजिक ब्यक्तिहरुलाइ अन्तक्रिर्यामा सहभागी गराएको थियो।समितिका उपाध्यक्ष ऋषिराम ढकालको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली कलाकार समाजका उपाध्यक्ष,पानीअभियान कर्ता,पोल्यान्डमा मिडिया सुत्रपात गर्ने सुत्रधार एबम समितिकै संरक्षक मित्रलाल पार्देले छरिएर रहेका पत्रकार एउटै छाता मुनि सङ्गठित हुनु आगामी दिनका लागि पोल्यान्ड सन्चारक्रमिको बलियो आधार बन्ने तरङ्ग सुरु भएको बताए।पत्रकारले भरपर्दो र बिस्वाशिलो स्रोतलाइ आधार बनाएर समाचार सम्प्रेषण गरेमा जनताको भरोसा स्थिर रहने पार्देको तर्क थियो।उक्त अबसरमा गुल्मी समाज पोल्यान्डका अध्यक्ष प्रकाश तिवारिले भनेका थिए” पत्रकारहरु छरिएर भन्दा एकजुट भएर समाजमा ब्याप्त बिसङ्ग्ती र बिकृतिलाइ उजागर गरेर सबल समाज निर्माणमा लाग्नु अपरिहार्य थियो जहाँ सस्थागत गर्न नेपाल पत्रकार समिती पोल्यान्ड गठन भएको छ यो अत्यन्त सकारात्मक छ”।त्यसैगरी इनास पोल्यान्डका कार्यबाहक अध्यक्ष अमीत यादबले पत्रकारहरुले ब्यक्ती विशेषलाई आग्रह वा पुर्बाग्रह राखेर भन्दा सतही विश्लेषण गरेर समाचार छाप्दा समाजका लागि हित हुने बताए।अन्तर्कृयाकै क्रममा फुटबल टीम ब्रोदरहुड पोल्यान्डका सम्योजक गणेश बुढाथोकिले लुकेर रहेका प्रतिभाबान र क्षमताबान व्यक्तिको योगदानलाइ मिडियाले आमजनमानसमा सन्चार गरेको छ जुन सराहनीय कार्य रहेको धाराणा राखेका थिए भने एन आर एन ए पोल्यान्डका अध्यक्ष गोपाल राइले पछिल्लो समय पोल्यान्डमा पत्रकार र मिडियाको जबर्जस्त आवश्यक्ता थियो जहाँ नेपाल पत्रकार समिती पोल्यान्ड गठन भएको छ यो पोल्यान्ड बासी नेपालीको लागि गौरवपुर्ण क्षण रहेको बताए। कार्यक्रममा प्रवासी नेपाली एकता मन्च पोल्यान्डका सचिब बिनोद आचार्यले पोल्यान्डमा हुने हरेक घटनाहरुलाई उजागर गर्नु पर्ने र समय समयमा जनचेतना कार्यक्रम गर्नुपर्ने आवश्यकता रहेको टिप्पणी गरेका थिए ।
उक्त कार्यक्रममा कुनैपनी गतिविधि बिधिवत रुपमा हुनेलाई प्रोत्साहन गर्नुपर्ने र गैर ढङ्गबाट गरिने कामलाई निरुत्साहित गर्नु पर्ने कुरामा सबैको एकमत राय थियो ।कार्यक्रमका प्रमुख अतिथी एबम एन आर एन ए पोल्यान्डका सस्थापक अध्यक्ष डा बोधराज सुबेदीले पत्रकार समिती निर्माण हुदा बिस्तारै पोल्यान्ड पत्रकारिताको हबको रुपमा बिकसित हुन लागेको आवास भएको बताएका थिए।पत्रकारले कम्तिमा पनि निस्पक्ष ,सत्य एबम तथ्य खबरलाइ आफ्नो मुल मन्त्र बनाउनु पर्नेमा उनले जोड दिएका थिए।कार्यक्रम समितिकै सचिब सुसन परियारको सन्चालन एबम कलश खरेलको सभापतित्वमा सम्पन भएको थियो।