इनास पोल्यान्डको मिति २०१८ डिसेम्बर ७ गते बसेको इनास पोल्यान्ड बैठकले इनास पोल्यान्ड अध्यक्ष श्री कृष्ण न्यौपाने लामो समय पोल्यान्डमा बसाइ नहुने भएकोले अर्को अधिवेशन नहुदा सम्मको लागि इनास पोल्यान्डका पर्यटन प्रवर्द्धन समिती संयोजक अमित कुमार यादवलाई इनास पोल्यान्डको कार्यवाहक अध्यक्षमा तोकिएको जानकारी प्राप्त भएको छ ।
स्मरण रहोस् युरोपस्तरिय इनास नृत्य तथा गायन प्रतियोगिता २०१९ मार्चमा बेल्जियम हुदैछ भने २०२० को इनास युरोप स्तरीय नृत्य तथा गायन प्रतियोगिता पोल्यान्डमा हुनेछ ।