पोल्याण्डको वार्सावामा राष्ट्रपति भण्डारीलाई भव्य स्वागत सहित अन्तरक्रिया सम्पन्न

३ डिसेम्बर, वार्सावा । पोल्याण्डको शहर क्याथोविचमा हुन गैरहेको जलवायु परिवर्तन सम्बन्धि सम्मेलनमा भाग लिन नेपालको नेतृत्व गर्दै पोल्याण्ड आइपुगेकी राष्ट्रपति दिद्यादेवी भण्डारीलाई वार्सावामा नेपाली समुदायले भब्य स्वागत गरेको छ । हिजो वार्सावाको शेराटन होटलमा पोल्याण्डमा रहेका नेपाली समुदाय, राजनीतिक तथा कुटनीतिक व्यक्तित्वहरुबीच अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ । सो अन्तरक्रियात्मक कार्यक्रममा नेपाल र पोल्याण्डबीच आपसी दौत्य समबन्ध स्थापित भएको ६० वर्ष पुग्न लागेको पुर्व सन्ध्यामा नेपालको उच्च स्तरिय राष्ट्रपतिको भ्रमणलाई निकै अर्थपूर्ण रुपमा हेरिएको छ।

47391803_189125932040759_5219239361836482560_n

कार्यक्रममा गैर नेपाली आवासीय संघ पोल्याण्डका अध्यक्ष गोपाल राईले स्वागत मन्तव्य दिंदै राष्ट्रपति जस्तो उच्च पदस्त व्यक्तित्वको भ्रमणले नेपाल र पोल्याण्ड को सम्बन्ध अझै प्रगाढ हुनेमा आफु विश्वस्त रहेको बताए । त्यस्तै एन आर एन का पूर्व अध्यक्ष डा बोधराज सुबेदीले नेपाल र पोल्याण्डबीचको सम्बन्ध एकदम सुमधुर रहेको र एक अर्कालाई आईपरेको खण्डमा सहयोग गर्दै आएको बताए । उनले अझ अगाडी थप्दै पोलिशहरुले पनि नेपाललाई घुम्ने स्थलको रुपमा र धेरै नेपालीहरुले पोल्याण्डलाई आफ्नो कर्मथलो बनाएको बताए । त्यस्तै हालैका वर्षहरुमा उल्लेख्य रुपमा नेपाली बिद्यार्थीहरु उच्च शिक्षा हासिल गर्न आउने गरेको पनि उल्लेख गरेकोले पोल्याण्ड शैक्षिक गन्तब्य पनि बन्दै गएको बताए । साथै सुबेदीले नेपाल र पोल्याण्डबीचको ऐतिहासिक सम्बन्धको बारेमा पनि प्रकाश पारे ।

47470933_588822894905637_3051808464079683584_n

गैर नेपाली आवासीय संघ पोल्याण्ड तथा नेपाली राजदुतावास जर्मनीको बिशेष आयोजनामा सरिक राष्ट्रपतिले पोल्याण्डमा रहेरपनि आफ्नो देश र राष्ट्र प्रति नेपाली समुदायको अगाध माया र बिकासप्रतिको चिन्ता देखेर आफू निकै उत्साही भएको बताइन्। स्वदेशमा भन्दापनि प्रदेशमा बस्ने नेपालीहरुले राष्ट्रको विकासप्रती बिशेष चासो राख्नु निकै गौरवपुर्ण रहेको आैंल्याईन् । त्यस्तै भ्रमण दल सदश्य बन मन्त्री शक्ति बस्नेतले नेपाल अब नयाँ यूगमा प्रवेश गरि सकेकोले सबैले आ-आफ्नो ठाउँबाट राष्ट्रको लागि सकेको योगदान गर्न आग्रह गरे । साथै राष्ट्रलाई सम्वृद्द बनाउन प्रबासी नेपालीहरुले महत्वपुर्ण भूमिका निर्वाह गर्ने गरेकोमा सबैलाई धन्यबाद ज्ञापन गरे । कार्यक्रममा जर्मनीका लागि  नेपाली राजदूत रमेश प्रसाद खनालले आफ्नो कार्यकालमा देशकै सर्वोच्च व्यक्तिलाई स्वागत गर्न पाएकोमा हर्ष प्रकट गरेका थिए । नेपाली दूतावास जर्मनीका  बिशाल भट्टराईले कार्यक्रम सन्चालन गरेका थिए । सो अवसरमा गैर नेपाली आवासीय संघ पोल्याण्डको तर्फबाट राष्ट्रपतिलाई अभिनन्दनका साथै मायाको चिनो प्रदान गरिएको थियो ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.