सलाम छ अपि , तिम्रो यात्रा नरोकियोस्

FB_IMG_1543785968912

एउटी सानी नानी हरेक कार्यक्रममा इनास बोकेर  हिडेकी छन्  , हरेक कार्यक्रमहरुमा इनासको प्रतिनिधित्व गर्दै आफ्नो सुन्दर नाच  प्रस्तुत गरिरहेकी छन्  । चाहे प्रवासी मंच होस्  , चाहे एन आर एन होस्  , चाहे इनास होस हरेक संघ संस्थाको कार्यक्रममा इनासको प्रतिनिधित्व गर्दै पोल्यान्डमा नाच प्रस्तुत गरिरहेकोमा हार्दिक बधाइ र धन्यावाद पनि । उनि अन्य साना नेपाली  बच्चालाई आफ्नो नाच बिभिन्न कार्यक्रममा देखाएर भए  पनि नेपाली कला संस्कृति सम्बन्धी नाच्न प्रेरित गरिरहेकी छन्  । एउटा  बच्चाले यति प्रयास गर्नु पनि महत्वपूर्ण छ र पोल्यान्ड जन्मेका अरु बच्चालाई पनि अपि जस्तै नाच्न प्रेरित भैरहेको छ ।

आफ्नो बच्चालाई इनास छातीमा बोकेर नाच्न प्रेरित गर्ने उनका आमा कल्पना न्यौपाने र बाबु श्री कृष्ण न्यौपाने प्रती पनि हार्दिक आभार प्रकट गर्दछु ।

अपि जस्तै नाच्न खोज्ने हरेक बच्चाहरुलाई  खाचो छ प्रेरणाको , खाचो छ हौसलाको खाचो छ सहज वातावरणको   । अपि तिम्रो यात्रा नरोकियोस्  निरन्तर आफ्नो गन्तव्यमा  लागिरहनु समग्र इनासको तर्फबाट  हार्दिक शुभेच्छा  ।

पोल्यान्डमा रहेर  देश चिनाउन हरेक कार्यक्रममा आफ्नो नृत्य प्रस्तुत गरेकी छिन्  । पोल्यान्डमा इन्डियन दूतावास  एक कार्यक्रम देखि  नेपालका महामहिम राष्ट्रपति समावेश कार्यक्रममा निर्धक्क साथ आफ्नो नृत्य  प्रस्तुत गर्ने अपि न्यौपाने प्रति   नमन गर्दछु । इनास नेपाली भाषा साहित्य  संस्कृतिको लागि   अहोरात्र खटिएको संस्था हो । आज विश्वव्यापी रुपमा ७२ देशमा फैलिएको छ ।   नेपालकै विशिष्ट  व्यक्तित्व रास्ट्र्प्रमुखको अघि इनास पोल्यान्डको तर्फबाट आफ्नो नृत्य  प्रस्तुत गरिन्  यस प्रति समग्र विश्वव्यापी  इनासले गर्व गर्नुपर्दछ ।  मैले बुझे अनुसार   सम्भवत इनासको इतिहासमा नेपालको उच्च स्तरकै  व्यक्तित्वको अगाडि आफ्नो नाच प्रदर्शन गर्ने अपि न्यौपाने नै सम्भवत  पहिलो बच्चा हुनुपर्दछ  ।

यस महत्वपूर्ण कार्यक्रमको व्यवस्थापन गर्ने गैर आवासीय नेपाली संघ पोल्यान्ड नेपाली दूतावास जर्मनी र उक्त कार्यक्रममा सहजीकरणको लागी विशेष भुमिका निर्वाह गर्ने डा बोध राज सुवेदी प्रति आभार प्रकट गर्दछु ।

हरेक बच्चाहरुको कला प्रदर्शनले त्यो देशको जीवन्त इतिहास र कला बोकेको हुन्छ । अपि न्यौपाने  वास्तवमा पोल्यान्डमा हुर्कदै गरेकी एक होनाहार प्रतिभा भएकी बच्चा हुन्  । उनि प्रति इनास केन्द्रीय उपाध्यक्षको हैसियतबाट हार्दिक आभार प्रकट  गर्दछु ।

उनको प्रतिभाले डेनमार्क पनि तताएको थियो । युरोप नृत्य प्रतियोगितामा पोल्यान्डको तर्फबाट भाग लिएर उत्कृष्ट प्रदर्शन गरेकी थिइन् ।अपि  तिम्रो कला रोकिनुहुदैन , तिम्रो यात्रा निरन्तर अगाडि बढिरहनुपर्दछ  । एक दिन समग्र इनासको खम्बा बनेर अगाडि बढ्नु मेरो शुभकामना  ।

गएको वर्ष पोल्यान्ड प्रतिनिधित्व गर्दै लन्डन पनि स्वीकृत भैसकेको थियो । भिजा ढिलो आएकोले लन्डन जान सकिनन्  तर पनि आफ्नो प्रतिभा हरेक स्टेजहरुमा निर्धक्क  प्रदर्शन गरेर समग्र इनासको लागि  गर्व बढाएकोमा अपि न्यौपाने प्रति  पुनः  सलाम गर्दछु इनास एक्लो बृहस्पती अध्यक्ष  श्री पुष्प बरुवाललाई  सलाम गर्दै  अपि तिम्रो  यात्रा निरन्तर अगाडि बढोस्  यहि छ समग्र इनासको तर्फबाट शुभकामना  ।

#जयइनास

मित्र लाल पार्दे

इनास संस्थापक

एवं

वर्तमान केन्द्रिय उपाध्यक्ष

हाल पोल्यान्ड

received_1975355512758536

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.