महामहिम रास्ट्रपति भन्डारीको पोल्यान्डमा नेपाली संघ संस्था प्रतिनिधिबिच आइतबार भेटघाट हुने

rasatapati-bhandari-01122018092921-1000x0.jpg             फोटो श्रोत रासस

संयुक्त रास्ट्र्सङ्घको आयोजनामा शुरु हुन  गैररहेको जलवायु परिवर्तन सम्बन्धि कोप सम्मेलनमा महामहिम रास्ट्रपति  बिद्यादेवि भन्डारीले आइतबार  पोल्यान्डमा बिभिन्न संघ संस्थाका नेपालीहरु सित भेटघाट गर्ने कार्यक्रम  रहेको खबर प्राप्त भएको छ । साथै नेपालको परराष्ट्र बिभागको सूचनामा रास्ट्रपति भन्डारीले पोल्यान्ड नेपाली संघ संस्था प्रतिनिधि एवं समुदाय बिच भेटघाट गर्ने सूचना प्रसारित गरिइएको छ ।

पोल्यान्डमा हुन गैरहेको बिभिन्न संघ संस्था  प्रतिनिधीहरुसितको भेटघाटको सहजीकरण नेपाली दूतावास जर्मनी एवं  एन आर एन ए पोल्यान्डका संस्थापक अध्यक्ष  डा बोध राज सुबेदीले गरेका छन्  ।  उक्त कार्यक्रममा बिभिन्न संघ संस्थाका प्रतिनिधिहरुले वारसवा शेराटन होटेलमा दिनको ठिक १२ बजे  महामहिम राष्ट्रपतिसित भेटघाट एवं  स्वागत गर्नेछन् ।

भेटघाट पश्चात राष्ट्रपति भन्डारी जल वायु परिवर्तन सम्बन्धि सम्मेलन (कोपमा) क्यातोविच  शहरमा  प्रस्थान गर्नुहुनेछ ।

वारसवामा केहि समय रास्ट्रपति नेपालीहरु माझ रहनुहुने र पोल्यान्डका नेपालीहरुको तर्फबाट बिभिन्न संघ संस्थाका प्रतिनिधिहरु समावेश भएर दुई देश पोल्यान्ड र नेपाल बिचको कुटनितिक सम्बन्ध र पोल्यान्डमा बस्ने नेपालीहरुको बारेमा पनि रास्ट्रपतिले जानकारी लिने खबर प्राप्त  भएको छ ।

रास्ट्रपतिको साथमा नेपाली दुतावास जर्मनी मन्त्रीहरू रक्षा विभाग सेना बिभाग डाक्टर लगायत  केहि व्यक्तिहरू जलवायु परिवर्तन सम्मेलनमा उपस्थित हुनेछन्  ।  विश्वभरका ३० हजार प्रतिनिधी जम्मा भएर डिसेम्बर ३ देखी १४ सम्मको जलवायु परिवर्तन सम्बन्धी हुन लागेको सम्मेलनमा रास्ट्रपति भन्डारीले सम्बोधन गर्नुहुनेछ ।

महामहिम राष्ट्रपति भन्डारी पोल्यान्डमा ५ दिन रहनुहुनेछ  र उक्त समयमा समकक्षी पोल्यान्डका रास्ट्रपति दुदा सित दुई देशबिचको भेटवार्ता हुने कार्यक्रम रहेको छ ।

नेपालकै उच्च स्तरको राष्ट्रप्रमुख   व्यक्तित्वको भ्रमण प्रति पोल्यान्ड नेपाल हार्दिक स्वागत गर्दछ र दुई देश बिचको कुटनैतिक सम्बन्ध प्रगाढ हुनेछ भन्ने कुरामा पोल्यान्ड नेपाल आशावादी रहेको छ  ।

 

 

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.