म पोल्यान्ड झन्डै सात महिना अघि आए । पोल्यान्ड सोचेको जस्तो त छैन तर म नेपालमा धेरै दुख गरेको अनि दुबईमा पनि धेरै दुख गरेकोले काम गार्हो भए पनि दोष म कसैलाई दिएन । आफ्नो काम खुरुखुरु गरेको छु । काम धेरै गार्हो छ त्यसो त मलाई आफ्नै देशमा कृषिमा काम गर्दा पनि के सजिलो थियो र ? हलो जोत्दा समयमा मल नपाएकै हो । हिलो मैलो धुलो काम गरेकै हो । यहाँको सिस्टमले लगातार काम गरेको गरेइ गर्नुपर्छ । पोल्यान्ड भिजा लागे पछि पोल्यान्ड आएर काम गर्न थाले । पोल्यान्डमा कमाई ५० , ६० हजार कमाइ हुन्छ भन्ने सोचेको थिए तर १४ घन्टा दिनको काम गर्दा लाख जति पनि बचाए ।
अहिले पनि काम गर्छु । दिनभर जोतिन्छु । म सित आएका साथिहरु झन्डै ३० जना अरु देश भागे । बरु अरु देशमा उनिहरु अहिले पनि काम खोजिरहेका होलान् तर यहा दुख भए पनि काम त थियो नि । कोहि पोर्चुगल कोहि जर्मनी कोहि कता कोहि कता भागे खै किन गए थाहा भएन तर अरु देश जानेको लश्कर पो लाग्यो ।
झन्डै ३० जना भागे अहिले थोरै छौ धेरै त छैनौ कम्पनीबाट धेरै खै अरु देशमा कार्ड के के बन्छ भनेर भागे मलाई पोल्यान्ड काम गर्न आएको हो ।काम गर्दागर्दै कार्ड बनेछ भने ठिक छ बनेनछ भने नेपाल फर्किनेछु । मलाई बिचमा एक्लै बैराग लागेको थियो । मेरो घर दाङ देउखुरी हो ।दुख भन्ने थाहा छ ।किसानी भन्ने थाहा छ र अहिले पनि काममा ४५ मिनेट हिडेर जान्छु अनि ४५ मिनेट हिडेर आउछु शहर भन्दा धेरै टाढा छु । मेरो लागी यहि काम ठिकै छ तर अरु ३० जनाको लागी यो काम गार्हो भए होला । मैले यहा आउनु भन्दा अघि १२ घन्टा किसानी गरेको अनुभव छ । यहा भाषा केहि चल्दो रहेनछ ।अङ्ग्रेजी जिरो रहेछ तर पनि दुख लागेको छैन ।आखिर हामी नेपाली कुर्सिमा बसेर गर्ने काम कुन देशमा पो पाइन्छ र ?
अरु देश सोच विचार नगरेर हिड्नेहरु कसैको सपनामा अरु देशमा जादा बित्तिकै कार्ड पाइन्छ भन्ने सोचे होलान् । म एक्लै भए दिक्क पनि लाग्यो अनकण्टार ठाउ निरस लाग्दो त छ नै अझ भाषाको दिक्कत १० जनालाई सोध्यो १० वटा कुरा कसैले जर्मनी गए जिन्दगी बन्छ रे , कसैले नर्बे , कसैले पोर्चुगल के हो के म आफै अलमलमा परे । मेरो भाइ अशोक यादवसित नेपाल फोन गरेर दाङको कोहि छ भनेर सोधे । मलाई थाहा थिएन मेरो भाइले दाङको एक जना साथी हुनुहुन्छ उहासित सोध्नु सल्लाह लिनु त्यही अनुसार काम गर्नु भनेका थिए । उहाले देउखुरी बाट नै बिहे गर्नु भएको रहेछ ।
फोनमा कुरो भो देखेको र भेटेको त छैन अहिलेसम्म उहाले खरो जवाफ जे हो त्यही भन्नु भो जुन कम्पनीमा आएको हो त्यही कम्पनीमा काम गर्नु दाया बाया अनावश्यक कुराहरुमा नभुल्नु ।बिदेश आफ्नो घर होइन सोचेको त कहा हुन्छ र ? अरु देशमा पनि सुन फल्ने होइन ।
फेरी म बस्ने कम्पनी छोडेर काम गर्न गाउबाट वारसवा जान सकिन्छ कि नाइ भने फेरी जवाफ पाए वारसवा आए एक छाक खान देउला एक रात एउटै ठाउको हिसाबले जेनतेन बस्न देउला १०, १२ बर्ष बसेको मान्छे भन्दैमा तपाइले भनेजस्तो ह्वार्ह्वार्ती काम बर्सिने होइन । यो देशको नियम एउटा छ तपाइको सोचाइ अर्को हुन्छ त्यसैले जुन कम्पनी हो त्यही गर्नुस भन्ने खबर पाए तर कामको सवालमा शुरुमै नियम मिचेर अरु ठाउमा अरु कम्पनीमा त्यत्तिकै नहिड्नु नभाग्नु अरु कम्पनीमा सजिलैसित राख्छ भन्ने के ग्यारेन्टी त्यही भएर दुख सुख जस्तो छ जुन कम्पनीमा आएको हो त्यही काम गर्नु र हिड्नै परे बडो सतर्क भएर हिड्नु भन्ने सल्लाह पाए । अहिले पोल्यान्डको राजधानी भन्दा धेरै टाढा त्यही फोनको सल्लाह अनुसार काम गरेको छु ।दुख त अति छ वारसवा गए भने मेरो भाइले नाम दिएको व्यक्तिलाई एकपटक भेट्ने इच्छा छ ।
म नियम अनुसार काम गर्छु ।जति दुख भएपनि गर्छु । हामी नेपाली भन्ने दुख गर्न डराएपछि गोराहरुको देशमा हामिलाई बसेर खान दिने कुरो भएन ।
मेरो ज्यानले भ्याए सम्म उहाकै सल्लाह अनुसार पोल्यान्डमा बस्नेछु । कानुन अनुसार बस्न प्रयास गर्नेछु यदि कानुन अनुसार काम गर्न सकेन भने नेपाल फर्किनेछु तर नियम मिचेर अरु देश भाग्ने हिम्मत गर्ने छैन ।
(दाङ देउखुरीका हाल पोल्यान्ड बस्ने गणेश कुमार यादवले पोल्यान्ड नेपाल सित फोनमा गरेको कुराकानीमा आधारित रिपोर्ट )