प्रवासी नेपाली एकता मन्च पोल्यान्डको दशै तथा शुभदीपावली कार्यक्रम सम्पन्न

prawasi

प्रवासी नेपाली एकता मञ्च पोल्याण्डले आयोजना गरेको “बिजय दशमी तथा शुभ दीपावली शुभकामना आदान प्रदान कार्यक्रम” पोल्याण्डको राजधानी वार्सावामा भव्यताका साथ सम्पन्न भएको छ। कार्यक्रमले पोल्यान्डबासी  नेपालीलाइ एकजुट हुन र आफ्नो सस्कृति जोगाउने काममा सदैब सक्रिय हुनु पर्छ भन्ने संदेश दिएको छ ।प्रवासी नेपाली एकता मञ्च पोल्याण्डले बिगतका वर्षहरुबाट नै तिहारको अवसर पारेर कार्यक्रम आयोजना गर्दै आएको छ। कार्यक्रममा भाग लिनको लागि वार्सावा मात्र नभएर पोल्याण्डको अन्य शहरबाट पनि नेपालीहरु कार्यक्रम स्थल आएका थिए ।कार्यक्रममा सहभागी एक नेपाली मित्रले भने: यो नेपालीहरुको जमघटको लागि निकै नै राम्रो र रमाइलो तरिका हो यस्ता कार्यक्रम निरन्तर भइरहनु पर्दछ ।

prawasi 2

कार्यक्रममा विभिन्न संस्थाका प्रतिनिधिहरुको उपस्थिति थियो। कार्यक्रमको सभापति को भूमिका प्रवासी नेपाली एकता मञ्च पोल्याण्डको संयोजक टंक कटवाल ले गर्नु भएको थियो भने प्रमुख अतिथि को रुपमा गैर आवाशीय नेपाली संघका वर्तमान अध्यक्ष गोपाल राई रहनु भएको थियो । त्यसैगरी  जन सम्पर्क समिति पोल्याण्डकी सभापति  डा. एलिनी सुबेदीले कार्यक्रम एउटा राम्रो परम्पराको निरन्तरता भन्दै प्रवासी नेपाली एकता मञ्च पोल्याण्डलाइ बधाई तथा  शुभकामना दिनुभएको थियो ।

prabasi 6

। गैर आवासीय नेपाली संघ पोल्यान्डका  संस्थापक अध्यक्ष  डा. बोधराज सुबेदीले बिगतको बर्षहरुको तुलनामा नेपालीहरुको संख्या बढ्दै गएको र यस्ता कार्यक्रमले नेपालीहरुमा अझै एउटा हौसला प्रदान गर्ने र एक आपसमा नेपाली मनहरु जोड्न ठुलो भूमिका खेल्ने कुरा औल्याउनु भएको थियो ।

गैर आवाशीय नेपाली संघका अध्यक्ष गोपाल राईले गैर आवाशीय नेपाली संघ नेपालीको हक हित मा सधै काम गर्ने प्रतिबद्दता दोहोराउनु भएको थियो ! गुल्मी समाज  पोल्यान्डका अध्यक्ष प्रकाश तिवारीले कायक्रम एउटा राम्रो उदाहरण हो र यस्ता कार्यक्रमले नेपालीहरुमा एकता कायम राख्न सहयोग पुर्याउने बताउनु भएको थियो र साथै गुल्मी समाज पोल्यान्डले माघे सन्क्रान्तीको अवसरमा एक सास्कृतिक कार्यक्रम डिसेम्बरमा  गर्न लागेको जानकारी दिनु भएको थियो । कार्यक्रममा  पानी  अभियानकर्ता मित्रलाल पार्देले नेपालीहरुको समस्या पोल्याण्ड तथा नेपाल सरकारको कान सम्म पुर्याउन एक जुट हुन आग्रह गर्दै शुभकामना टक्राउनु भएको थियो ! त्यसैगरी ,अन्तरराष्ट्रिय नेपाली कलाकार समाज पोल्यान्डका अध्यक्ष श्री कृष्ण न्यौपानेले कार्यक्रम आफैमा एउटा नौलो र राम्रो उदाहरण भएको बताउनु भयो! इनास भाषा साहित्य कलाको सँगम भएकोले आफु र संस्थाको तर्फबाट यस किसिमका कार्यक्रमहरुमा बिशेष साथ र सहयोग हुने प्रतिबद्दता जाहेर गर्नु भएको थियो । कार्यक्रममा नेपाली ब्रदरहुड फुटबल टिमको तर्फबाट गणेश बुढाथोकिले टिमको बारेमा जानकारी  दिदै आफु पोल्यान्डमा नेपाली खेललाई बिस्तार गर्न सकृया भएको बिचार प्रस्तुत गर्नु भएको थियो ।

prawasi 4

कार्यक्रम सन्चालन प्रवासी नेपाली एकता मञ्च पोल्याण्डका सचिब बिनोद आचार्यले गर्नु  भएको थियो भने कार्यक्रम संयोजक को भूमिका मा अक्षय रिजाल हुनुहुन्थ्यो ! कार्यक्रममा निसुल्क प्रवेश तथा खानाको  ब्यबस्था गरिएको थियो ! कार्यक्रममा बिभिन्न सान्स्कृतिक  नृत्य तथा गीतहरु आकर्षक रुपमा प्रस्तुत गरिएको थियो !अपि न्यौपाने ,निसिता सुबेदी ,आथिति भट्टराई को नृत्य तथा गायक सन्तोष अधिकारीको गीतले कार्यक्रमलाई अझै सुन्दर बनाएको थियो । उक्त कार्यक्रम सफल पार्न आन्द घिमिरे नवराज ढकाल , सागर श्रेष्ठ , मोहन घिसिङ लगायत बिभिन्न व्यक्तिहरुले विशेष भूमिका नेपथ्यबाट निर्वाह गर्नु भएको थियो ।
prabasi 7
साथै उक्त कार्यक्रममा एन आर एन ए पोल्यान्डका संस्थापक अध्यक्ष डा बोध राज सुबेदी एवम जन संपर्क समिती पोल्यान्डकी सभापति डा अलिनी पोखरेल सुबेदीकी छोरा निश्छल सुबेदीको जन्मोत्सब पनि मनाएका थिए ।
prawasi 5

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.