१२ नोभेम्बेर, वार्सवा । सन् १९१८ मा पहिलो विश्व युद्दको अन्त्यसगैँ रसिया, जर्मनी तथा हंगेरी साम्राज्यबाट स्वतन्त्र भएको पोल्याण्डले हिजो उत्साहपूर्ण रुपमा आफ्नो सयौं स्वन्त्रता दिवस मनाएको छ । राष्ट्रपति एण्ड्रुए डुडाले नेतृत्व गरेको राजधानी वार्सावाको र्यालीमा करिब दुई लाख भन्दा बढी मानिसहरु सहभागी भएका थिए । र्यालीलाई सम्बोधन गर्दै डुडाले मानिसहरुको उत्साह देखेर आफु निकै खुसि भएको ब्यक्त गरे । यद्दपि चरम दक्षीण पन्थी राजनीतिक पार्टीहरुलाई सो र्यालीमा सहभागी हुने अनुमति दिए पछि राष्ट्रपतिले नेतृत्व गरेकाे र्याली केहि ओझेलमा परेको भान हुन्छ । बिपक्षी नेता तथा कैयौँ भूतपूर्व राष्ट्रपतिहरुले उनी नेतृत्व र्यालीको बिरोध गरेका थिए । पोल्याण्डको राष्ट्रिय झण्डा लिएर सहभागी भएका र्यालीमा धेरैले रातो र सेतो झण्डाकै पट्टिहरु हातमा बाधेँका थिए । तर पोल्याण्ड तथा इटालीका चरम दक्षीण पन्थी राजनैतिक समूहहरुको झण्डा बोकेर पनि कतिपय मानिसहरु सहभागी भएका थिए । यसले राष्ट्रपतिले बिपक्षीहरुलाई र्यालीमा सहभागी हुने अनुमति दिएर जोखिम उठाएको भान हुन्छ, जसको परिणाम आगामी दिनमा नकारात्मक असर पर्न सक्छ ।
त्यस्तै उता फ्रान्सको राजधानी परिसमा पहिलो विश्व युद्द सकिएको सय वर्षको सम्झनामा विश्व नेताहरु जम्मा भएका छन् । जहाँ फ्रान्सेली राष्ट्रपति एमानुएल मक्रोले राष्ट्रवादको कडा बिरोध गरेका छन् । पेरिस स्थित प्रसिद्द स्मारक आरडिट्रीमा उपस्थित अमेरिकी राष्ट्रपति डोनाल्ट ट्रम्प, रुसी राष्ट्रपति भ्ल्यादमिर पुटिन लगायत उपस्थित विश्व नेताहरुलाई सम्बोधन गर्दै माक्रोले राष्ट्रवाद देशप्रेमको बिपरित भएको उल्लेख गरे । उनले अझै अगाडी भनेका छन् कि भावी पुस्ताहरुले चाहेजस्तो विश्व दिन सबै नेताहरुले अझै गम्भीर भएर लाग्नु पर्छ, जसको सुरुवात भैसकेको छ । विश्वमा ब्याप्त जलवायु परिवर्तन, भोकमरी, गरिबी जस्ता समस्याहरु सबै मिलेर पन्छाउन एकबद्द हुनुपर्छ । सन् १९१४ देखि १९१८ सम्म चार वर्ष चलेको विश्व युद्दमा झन्डै दूई करोड मानिसहरुको ज्यान गएको थियो ।
पोल्याण्ड स्वतन्त्रता दिवसका केहि तस्विरहरु
एजेन्सीहरुको सहयॊगमा