प्रिय धनकी देवी लक्ष्मी।
पहिलो पटक तिमीलाई पत्र लेख्दैछु आशा छ मेरो आग्रह स्वीकार गर्नेछौं।
तिमी सधैं धनीको घरमा मात्र प्रवेश गर्छौं।सधैं दलाल ,ठगको घरमा आसिन हुन्छौं।धनी लाई झन् झन् धनी बनाउँछौं।युरोप अमेरिका लगायत पी आर अनी त्यही पासपोर्ट पाएर बसेकालाई बढी प्राथमिकतामा राख्छौं।आजभोलि स्वदेशमा भन्दा परदेशिएका हरुको घरमा तिम्रो बढी आकर्षण छ।गरिब र दिन दुःखका घरमा भन्दा धनी र शोषक वर्ग,सामन्ती र नैतिक हरामको प्रिय छौं।यी सबै देख्दा लाग्छ तिमीलाई कसैले आफ्नै हिसाबले बनायो। अनी उसकै इसारामा तिमी चल्दैछौं। पैसाको अभावमा कती नेपालीहरु नेपालमै देह त्याग गर्दैछन्।अस्ति प्रख्यात कवि नवराज पराजुली को रचना ले नी त्यही भन्दै थियो।सायद तिमीलाई पत्रिका पल्टाउने ,र नेपाल देश घुम्ने फुर्सद छैन होला।
सबैले मानेकी धनकी देवी तिमीलाई सबैले श्रद्धा पूर्वक पूजा गरिरहेको समयमा मेरो यही पत्र मार्फत केही आग्रह छ।
– नेपालका गरिबका झुपडीमा बसिदेऊ उनीहरूलाई सम्पन्न सील बनाइदेउ।
– कर्णालीका जनता पैसाको अभावमा उपचार गर्न सकिरहेका छैन उनीहरूको आर्थिक स्थित उकास्न सहयोग गरिदेऊ
– दलाल ,तस्कर,ठग जस्ताको धन स्वात्तै निम्न वर्गका प्रजामा बाँडि देऊ।
– तिम्रो कृपा हुन्छ भने धनी र गरिब बीचको पर्खाल तोडी देऊ जसले गर्दा सबै सामान रहनु। सबैले तिम्रो पूजा समान तरिकाले सम्मान पुर्वक गरून्।
आशा छ यो परदेशीको पत्र र मर्मलाई तिमीले बुझिदिने छौं।
उही तिम्रो पुजारी
सन्तोष/बेल्जियम