पोल्याण्डनेपालको अन्तरक्रियात्मक वार्षिक उत्सवमा खरेल सहित महतो र न्यौपाने सम्मानित

मुकुन्द भट्टराई

०६ नोभेम्बर, वार्सवा । पोल्याण्डनेपाल डट कमले आफ्नो पहिलो बार्षिकी हिजो हिमालयन यति रेस्टुरेण्टमा मनाएको छ । सो बार्षिक उत्सवको अवसर पारेर पोल्याण्डमा मिडियाको औचित्य र भूमिका बिषयक अन्तरक्रिया कार्यक्रम अत्यन्तै सौहार्दपूण वातावरणमा सम्पन्न भएको छ । उक्त कार्यक्रममा पोल्याण्डनेपाल डट कमका संरक्षक तथा प्रधानसम्पादक मित्रलाल पार्देको  सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमाका प्रमुख अतिथि अथिति बेल्जियम स्तिथ रास्ट्रिय पार्टी एनभीएका क्षेत्रिय नेता कृष्णप्रसाद रेग्मी हुनूहून्थ्यो । उहाँले विशेष गरी नेपालीले पहिला नेपाललाई हृदयमा राखी नेपाली बनेर चिनिनु पर्ने अनि बल्ल भौगोलिक सांस्कृतिक राजनीतिक अनि साम्प्रदायिक रूपमा आफुलाई चिनाउने पर्नेमा जोड दिनुभयो । सोहि बार्षिक उत्सवको अवसरमा कार्य सम्पादन एवं सम्प्रेषणमा उल्लेख्य  योगदान गरे बापत सम्पादक कलश खरेल, कार्यकारी सम्पादक शिवधर महतो (एसडि अर्पण), तथा संवाददाता नुमनाथ न्यौपानेलाई कदर पत्र सहित सम्मान गरिएको छ ।

45555485_568617283590063_8987426956182028288_n

त्यसैगरी उक्त कार्यक्रममा विशेष अतिथि को रूपमा एनआरएन पोल्याण्डका संस्थापक अध्यक्ष एवं पोल्याण्ड नेपाल का प्रमुख सल्लाहाकार डा.बोधराज सुबेदी हुनुहुन्थ्यो । सो अवसरमा बोल्दै सुबेदीले पोल्याण्ड नेपाल डट कम आउदो दिनमा पोल्याण्डको खबरको एक आधिकारिक समाचारको सम्बाहक बनोस् साथै नेपालको गोरखापत्र जस्तै लोकप्रिय र सफल बनोस् सबै खालका सकारात्मक तथा नकारात्मक पक्षको सत्य तथ्य उजागर गरी विशलेष्णात्मक समाचार सम्प्रेषण गर्दै सधैँ अगाडी बढोस् भन्दै शुभकामना व्यक्त गर्नु भयो । कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै पोल्याण्डनेपालको सम्पादन र भवी कार्ययोजनाको बारेमा प्रकाश पार्नु भएको थियो ।

45461929_255995618339048_736081923369074688_n

अर्का अथिति अन्तर्रास्ट्रिय नेपाली  कलाकार समाज   (इनास) पोल्याण्डका अध्यक्ष श्री कृष्ण न्यौपाने यस मिडियाले पोल्याण्ड रहेका नेपालीलाई एक आपसमा एकाताबद्द गर्ने काममा सहयोग गरेको र सूचना प्रवाहमा अग्रणी भूमिका खेलेको बताउनु भएको थियो  । त्यसै गरि जनसम्पर्क समिति पोल्याण्डकी सभापति डा.अलिनी पोखरेल सुबेदीले पोल्याण्डमा रहेका विभिन्न संस्थाका कार्यक्रमलाई आम जनमानसमा पूर्याउन महत्वपूर्ण भूमिका खेलेको प्रति हार्दिकता प्रदान गर्नु भएको थियो । त्यसै गरी गुल्मि समाज पोल्याण्डका अध्यक्ष प्रकाश तिवारीले अतिथिको आसन ग्रहण गर्दै पोल्याण्डमा रहेका नेपालीको प्रतिनिधित्व गर्न पोल्याण्डनेपाल डटकमले महत्वपुर्ण भूमिका खेलेको र आगामी दिनमा पनि यसैगरी आफ्नो लक्ष्यमा कटिबद्द रहोस् भनि शुभकामना दिनु भएको थियो । कार्यक्रममा इनास पोल्याण्ड तथा गुल्मि समाज पोल्याण्डकी उपाध्यक्ष रीता न्यौपानेले उक्त पोल्याण्डनेपालको कार्यलाई मुक्तकण्ठले प्रसंसा गर्दै जनताको सु-सोचित हुने अधिकारलाई यस संस्थाले सार्थक बनाएको भन्दै शुभकमाना दिनु भयो ।

45461304_115675816012959_4368578491378040832_n

कार्यक्रमै बोल्दै एनआरएन पोल्याण्डका उपाध्यक्ष जीवन के सी ले आफ्नो सारगर्भित  मन्तब्य  राख्दै पोल्याण्डनेपाल अझ शसक्त रूपमा अगाडी  जानेमा आफ़ू विश्वस्त रहेको बताउनु भएको थियो । त्यस्तै प्रवासी मंच पोल्याण्डका सचिव बिनोद आचार्यले संस्थाले पोल्याण्डमा पनि मिडिया छ है भन्ने एउटा उदाहरणिय कार्यको सुरूवात पोल्याण्डनेपालले स्थापित गरेको प्रति हार्दिकता प्रकट गर्नु भएको थियो । अर्का अतिथि अमित यादवले आफ्नो भनाइ राख्ने क्रममा पोल्याण्डनेपालले तटस्थ  रूपमा समाचार सम्प्रेषण गर्दै आएको र यसलाई निरन्तर जारी राखोस्, पोल्याण्ड हरेक क्षेत्र तथा नेपालीहरुसँग सम्बंधित मात्र नभएर यहाँको सांस्कृतिक,राजनीतिक तथा क़ानूनी पाटाहरूको समेत जानकारीमूलक संदेश सप्रेषण गरोस् भन्दै आगामी दिनको लागि शुभकामना दिनु भयो । उक्त कार्यक्रममा पोल्याण्डनेपालका वरिस्ठ संवाददाता बिदुर शर्मा, तथा संवाददाताहरु उज्ज्वल खरेल र मुकुन्द भट्टराईले कार्यक्रम सहजीकरण गर्नु भएको थियो भने कार्यक्रमको उदघोषण  शुसन परियार बिसर्जनले गर्नु भएको थियो ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.