नेपाली जनसम्पर्क समिती बेल्जियमले गर्यो जलपान तथा शुभकामना कार्यक्रम भब्यरुपमा सम्पन्न

received_566107537183469

विभिन्न उद्देश्य राखेर प्रदेश बेल्जियममा आसिन नेपालीलाइ बिबिध चाडपर्वको झल्को मेटाउने र कम्तिमा पनि आफ्नै सस्कृती प्रदत्त पर्बको जगेर्नाका खातिर नेपाली जनसम्पर्क समिती बेल्जियमले महान चाड बिजया दशमी,दिपावली,छड तथा नेपाल सम्बतको पुनित अबसरमा जलपान तथा शुभकामना आदानप्रदान कार्यक्रम भब्यरुपमा सम्पन्न गरेको छ।गैर आबासिय नेपाली संघ बेल्जियमका अध्यक्ष लोक प्रसाद दाहालको प्रमुख आथित्यमा सम्पन्न उक्त कार्यक्रम उपस्थित सबैले नेपाली मौलिकता सङ्ग जोडिएका पर्बलाई यथोचितरुपमा सम्बर्द्धन एबम प्रबर्द्धनमा जोड दिनु पर्ने बताए।

उक्त अबसरमा  नेपाली जनसम्पर्क समन्वय समिती युरोपका महामन्त्री गंगा धर गौतम, गैर आबासिय नेपाली संघ केन्द्रिय सचिब जानकी गुरुङ, नेपाल कम्युनिस्ट पार्टी माओवादी का पुर्ब केन्द्रिय सदस्य तथा युरोप सम्योजक सुरेन्द्र भुसाल,जनप्रगतिशिल मोर्चाका युरोप सम्योजक बिष्णु भुजेल, मगरात मुक्ती मोर्चा केन्द्रिय सदस्य तथा प्रगतिशील मन्च बेल्जियम प्रतिनिधि बिरमान घर्ती मगर, संघीय समाज फोरम बेल्जियमका अध्यक्ष नेत्र मगर,रा.प्र.पा.नेपाल प्रबासी संघ का अध्यक्ष दिपेन्द्र के. सी.,प्रगतिशील मोर्चा बेल्जियमका अध्यक्ष मेख बहादुर गुरुङले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए।
आदिवासी जनजाति महासंघ बेल्जियमका कार्यबाहक अध्यक्ष तथा जनसम्पर्क समिती बेल्जियमका सल्लाहकार बाबुराजा लामाले हालसालै बर्खास्ती मा परेका सभापति बाट भएका अराजनैतिक र बिधान बिपरित गरेका क्रियाकलाप हरुको बारेमा प्रकाश पार्दै स्वागत मन्तव्य ब्यक्त गरेको सो कार्यक्रममा अन्य बक्ताहरुले समेत आफ्नो धारणा सहित शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
गैर आबासीय नेपाली संघ बेल्जियमको तर्फबाट आई सि सि सदस्य पद गुरुङ, युरो कलाकार संघ का अध्यक्ष पार्बती अधिकारी, क्षेत्री समाज बेल्जियम का महासचिव तथा गीतकार यसोधा थापा, गुल्मी समाज बेल्जियमका अध्यक्ष कुल बहादुर कार्की, चितवन सहायता समाजका महासचिव इश्वरी कंडेल,पत्रकार महासंघ युरोप का अध्यक्ष केजिन राई, जनसम्पर्क समिती बेल्जियमका सस्थापक सदस्य तथा पत्रकार महासंघ युरोपका पुर्ब बरिस्ठ उपाध्यक्ष ओम शर्माले शुभकामना मन्तव्य जाहेर गरेका थिए ।
नेपालमा नेपाली कांग्रेसले आयोजना गरेको जलपान समारोह लाई जुन महत्त्व यस पल्ट सबै तर्फबाट देखियो सोही झलक बेल्जियम मा पनि स्पस्ट देखिन्थियो।सो अबसरमा शुभकामना मन्तव्य व्यक्त गर्न जनसम्पर्क समिती बेल्जियमका पुर्ब अध्यक्ष इन्द्र क्षेत्री पकवान, जनसम्पर्क समिति बेल्जियमका चौथो अधिबेशनका अध्यक्ष प्रत्यासी पुर्ब उपाध्यक्ष माधब प्रसाद सापकोटा, एन आर एन बेल्जियम प्रथम उपाध्यक्ष गोबिन्द सिंह अधिकारी, बाग्लुङ समाज बेल्जियमका अध्यक्ष गङा शर्मा, शेर्पा समाज बेल्जियम का अध्यक्ष शोनाम शेर्पा, जनसम्पर्क समिती बेल्जियमका उपाध्यक्ष कमल सिटौला, ब्यबसायी संघ बेल्जियमका अध्यक्ष सि पि भट्ट एभरेस्ट नेपाली समाज बुगेका मानकाजी गुरुङ,संयुक्त किरात समाज बेल्जियमका प्रतिनिधि कर्ण सुब्बा (सागर) ले धारणा ब्यक्त गरे ।

पुर्ब एमाले समर्थक बेल्जियम  गत अधिबेशन का अध्यक्ष प्रत्यासी सालिक राम थपलिया,बेल्जियमका लागि नेपाली पर्यटन दुत ने.क.पा.का नेता बिनोद न्यौपाने जनसम्पर्क समिति बेल्जियमका सह महामन्त्री सुबर्ण अधिकारी,तमुवान मुक्ति मोर्चा का केन्द्रिय सदस्य गम बहादुर गुरुङ, सल्लाहकार रामप्रसाद ढुङाना सल्लाहकार पि डि शेर्पा, लगायत सयौं ब्यक्तिहरुको उपस्थितिमा सम्पन्न कार्यक्रम जनसम्पर्क समिति बेल्जियम का सभापति सुभाष गुरुङ को सभापतित्वमा महामन्त्री अनुजा प्रदान ले संचालन गर्नु भएको थियो।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.