हामी सामान्यतया आकलन गर्न सक्छौ अधिकांश नेपाली बिदेशमा सिमित समय अथाह संघर्षद्दारा आर्थिक उपार्जनमा केन्द्रित भएको पृष्ठभुमिमा सुचिकृत भएका छन् तर जिबनको अन्तसम्म बिदेशी भुमिमा स्थानीय नागरिक सरह दशकौ समय पार गर्नु सायदै सामान्य विषय पक्कै हैन। फरक परिवेश र पृथक सस्कृतिमा जडित नितान्त भिन्न समाजका बाबजुत शालिनतापुर्बक बिदेशी रास्ट्र पोल्यान्डमा समायोजन भएका एक कुशल नेपाली नागरिक दुर्गा मास्के सँग पोल्यान्ड नेपालका सम्पादक कलश खरेलले बिशेष भालाकुसारी गरेका थिए।झन्डै छ दशक पोल्यान्डमा बसोबास गर्दै आएका मास्केले पोल्यान्डकै नागरिक सँग करिब ५० बर्ष अगाडि लगन गाठो कसेका थिए।उमेरले जीवनको उत्तरार्दमा पुगेका मास्केको सकृयता र उर्जा देख्दा लाथ्यो कि जिबन सुन्दर बनाउन उमेरले कुनै अबरोध गर्दैन ताकी केबल द्रिढताको खाचो छ।अन्तरबार्ता क्रममा मास्केले भनेका थिए “सुरुवातमा म पोल्यान्डमा अवतरण हुदा एयरपोर्ट नै एउटा आर्मिको सामान्य क्याम्प जस्तो थियो जहाँ बाटो -घाटो औलामा गन्ने मात्र थिए।मैले अध्यन गर्ने क्रममा बिद्यार्थीलाई बाहिर कम्पनी वा होटलमा काम गर्न बन्देज थियो यदि गरी हाले पनि गैरकानुनी मानिन्थ्यो तर आजभोलि काम गर्नलाई यदि कुनै कम्पनिले चाहने हो भने कुनै कानुनले छेकबार गर्दैन।सारमा विश्लेषण गर्दा पोल्यान्ड तत्कालीन परिस्थितिभन्दा बिकासमा उल्लेख्य फड्को मारेको छ यो बिदेशी नागरिकका लागि पनि उत्साहप्रद क्षण हो। थप विषय भिडियोबाट……
Poland nepal बिशेष सम्वादमा झन्डै साठी बर्ष पोल्यान्डमा बसिसक्नु भएका श्री दुर्गा मास्के
(Part 1)
Poland nepal बिशेष सम्वादमा झन्डै साठी बर्ष पोल्यान्डमा बसिसक्नु भएका श्री दुर्गा मास्के
(Part 2 )
Poland nepal बिशेष सम्वादमा झन्डै साठी बर्ष पोल्यान्डमा बसिसक्नु भएका श्री दुर्गा मास्के
(Part 3 )
(पोल्यान्ड नेपालको बिशेष सम्वादमा अर्को अंक हामी उहाकी धर्मपत्नी पोलिश नागरिकको अनतर्वार्ता प्रस्तुत गर्नेछौ । उहा सितको नेपाल सम्बन्धी बिशेष अनुभब सुन्न सक्नुहुनेछ प्रतिक्षा गर्नुहोस् ।)
बिशेष सम्वाद प्रस्तुती: कलश खरेल