युरोपियन राष्ट्र पोल्यान्डमा कामको शिलशिलामा आएका केहि उत्साही युवाहरू मिलेर नेपाली फूटबल खेललाई अगाडि बढाइरहेका छन् । टिम नेपाल ब्रोदरहुड नाम दिएर अगाडी बढाइएको उक्त टिमको नेतृत्व हाल गणेश बुढाथोकीले गरेका छन् ।
गणेश बुढाथोकीको नेतृत्वमा नेपाली फूटबल टिमले पोल्यान्डमा बिभिन्न देशका क्लबहरु खेल खेलेर आफ्नो दर्हो प्रस्तुति दिइरहेको छ । व्यस्तताका वावजुद फुर्सदको समय निकालेर खेलाडीहरु आफ्नो खेल प्रदर्शन गरिरहेका छन् ।
एक आपसमा नै केहि रकम संकलन गरेर खेललाई अगाडि बढाइएको संयोजक बुढाथोकीले पोल्यान्ड नेपाललाई बताए । अक्टोबर १४ देखी शुरु भएको पोलिश इन्टरनेसनल फूटबल लिगमा उक्त टिम समावेश भएको छ ।
पहिलो खेल साइप्रससित २ -१ ले हारेको नेपाल टिमले दोस्रो पटक साइप्रसलाई ५-३ ले जितेको थियो । पोल्यान्डमा बिभिन्न देशहरुसित भिडन्त गर्दै आएको नेपाल टिमको भाइस क्याप्टेन सुजन बगाले हुन् । आज पोल्यान्डको वारसवा उर्सिनोभमा तेस्रो खेल नाइजेरिया १.३० मा नेपाली टिम भिड्दैछ ।
गणेश बुढाथोकीको नेतृत्वमा नेपाली फुटबल टिम पोल्यान्डमा सन्जिब पौडेल , मुकुल बोहरा दामोदर रेग्मी , बिशाल स्याङतान ,प्रवीण मगर , पुष्कर दुलाल ,दिनेश गुरुङ , दिनेश निरौला ,आशिष राना , दिपक थापा ,सुवाश लामिछाने , पदम थापा मगर उक्त नेपाल ब्रदरहुड फूटबल टिममा समावेश भएर आफ्नो सक्रिय प्रस्तुति दिइरहेका छन् । अझै दुई जना पोल्यान्ड भएका खेलाडीको आवश्यक्ता रहेको र इच्छुक खेलाडी उक्त फुटबल टिममा सहभागी हुन सक्ने जानकारी प्राप्त भएको छ ।
उक्त फूटबल खेल टिमको लागी बिभिन्न व्यक्तिहरुले स्वस्फूर्त रूपमा आर्थिक सहयोग गरेको खबर पोल्यान्ड नेपाललाई प्राप्त भएको छ ।यसरी सहयोग गर्नेहरुमा भक्त बिके ५० ज्लोटी , चम्पा भट्टराई १०० ज्लोटी , गङा पौडेल १०० ज्लोटी , भरत श्रेष्ठ ५० ज्लोटी ,पेम्बा छिरिङ ५० ज्लोटी , लमु शेर्पा दम्पति १०० ज्लोटी , भुमिका परिवार १०० ज्लोटी , गणेश बोगटी ६० ज्लोटी रहेका छन् र उक्त खेलमा नेपाली झन्डाको व्यवस्थापन लाल बहादुर तामाङले गरेका हुन् ।सहयोगी हातहरुलाई टिम ब्रदरहुडले आभार प्रकट गरेको छ ।
स्मरण रहोस् उक्त टिमलाई नेपालबाट पनि केहि व्यक्तिहरुको सहयोगी हातहरु अगाडि बढेका छन् । यसरी सहयोग गर्नेहरुमा १४ वटा जर्सी स्पोन्सर श्यामहरि सेढाइ , १४ वटा विप्स पन्जा शरद धिताल र साथै उहाले लागत नलिएर खेलाडीहरुको लागी ट्र्याक सुट निर्माण गर्न लागिएको खबर प्राप्त भएको छ ।
पोल्यान्ड नेपालसित संक्षिप्त कुरा गर्दै बुढाथोकीले भने ” नेपाली खेललाई पोल्यान्ड जस्तो देश एवं अन्तर्राष्ट्रिय स्तरमा सहभागिता बढ्दै जावस् र नेपाल र नेपाली खेलप्रेमीमा उत्साह भर्दै रचनात्मक कामको लागी ब्रोदरहुड नेपाल गठन गरिएको हो ।”
उक्त टिमले लक्ष्मी चौलागाइलाई खेल रिपोर्टर समिक्षाको लागी जिम्मेवारी दिएको छ । भर्खरै पोल्यान्डमा बामे सर्दै गैरहेको खेलाडीहरुको समुह ब्रदरहुडको प्रगतिको कामना गर्दै पोल्यान्डमा उक्त टिमले नेपाली खेलबिकासमा महत्त्वपूर्ण भुमिका खेलोस् पोल्यान्ड नेपालको तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्दछ ।