होनाहार गायक रमेशराज

received_1874568479246688

सायद आम मानिसको उत्कृष्ट रङ्गमन्चको छाहारीनै सङ्गीतको काल्पिय धुन हो जहाँ सुख- दुखका परिणती समागम हुन्छन।हरेक तह-तप्काका मानिस सामिप्य हुने सङ्गीत आफैमा अनुपम सागर हो भन्दा अतियुक्ती नहोला।खुशी,हर्ष र रोमान्चितताको एक आलब्य सुन्दरता सङ्गसङ्गै दुख,पिडा ,बेदना बिसाउने देउराली गीत-सङ्गीतको माधुर्यता।बिशब सङ्गीत बजारको गहिराइमा अन्तरध्यान जागृत गर्दा सुप्रसिद्ध गायक जस्टिन बिबर देखि भारतमा कुमार सानु,नेपालमा मुर्धन्य गायक नारायण गोपाल अबतार रामकृष्ण ढकाल ,लोक गायिका हरिदेबी कोइराला लगायत कलाकाराको अथक योगदानले सङ्गीतमा छलाङ्ग मारेको एतिहासिक पृष्ठभुमि बिधमान छ।पछिल्लो समय नेपाली सङ्गीत बजारमा नयाँ पुस्ताका प्रखर,क्षमताबान गायक-गायिकाको उदय भएको छ ।तिनै कलात्मक श्रस्टा मध्यका एक बहुआयामिक खम्बा हुन रमेशराज भट्टराई।

सायद गीत-सङ्गीतको कुनै मापन वा दायरा हुदैन भन्ने ज्वलन्त उदारण हुन भट्टराई किनकी उनका श्रीजना केबल दोहोरिमा मात्र सिमित छैनन।के बुढाबुढी ,के युबायुबती र के बालबालिका हरेकको मन -मनमा,तन-तनमा गहिरो कलात्मक छाप छोडन सफल उनका जादुमय श्रीजनाको सायद शब्दमा तारिफ गर्दा साघुरिन सक्दछ।तनहुको बन्दिपुरमा २०३८ साल बैशाख ४ गते बुवा  शिव प्रसाद र आमा मधुमाया भट्टराईको कोखबाट जन्म लिएका भट्टराई बाल्यदेखीनै शालिन,भद्र,अनुशासित तर चलाख बालकको रुपमा मुखारित भएका थिए।उनी तनहुमा जन्मिएपनी बसाइसराइ नवलपरासीको कोइलापानीमा भएमुताबिक उनको बाल्यकाल तदठाउमा बितेको थियो ।साथिभाइ सङ्ग अत्यन्त सामिप्य हुने भट्टराई खेलठट्टामै गीत गुन-गुनाएर मन्त्र मुग्ध बनाउथे।उनको ओजस्पी कला बिमोचित हुदा छर-छिमेक,साथीभाइ सम्बन्धित सबैले भबिस्यमा चर्चित गायकको पदबी सन्चार हुन्छ भन्ने आकलन गरिसकेका थिए।त्यो बाल्यको अनुमान बर्तमानमा सत्य कडिको रुपमा साबित भएको छ।

एस.एल.सि जनता मा.बि बिस्नु नगर,आइ ए कुमारवर्ती कलेज नवलपरासीबाट उत्तीर्ण गरेका भट्टराई बिधालय एबम स्थानीय क्षेत्रमा आयोजित हरेक कार्यक्रममा अब्बल कला प्रदशन गरेर दर्जनौ पुरस्कारबाट सम्मानित भएका प्रशस्त उदारहण छन।बि.ए पृथ्वीनारायण क्याम्पस पोखराबाट गर्दा त्यहाको सङ्गीत माहोलले उनको मन गायकिमा व्यग्रताका साथ उद्धत भएको थियो।लोक-दोहोरी कलाकारको सङ्गमस्थलको रुपमा चिरपरिचित पोखरामा हरिदेबी कोइराला,पुरुस्वत्तम न्यौपाने जस्ता दिग्गज कलाकारको जमघट थियो जुन दृश्यले उनलाइ पनि मन्त्रमुग्ध बनायो।गाउँ -स्थानीय भेगमा लोक-लयका भाका गुनगुनाएका भट्टराई गुमनाम भएर बस्ने कुनै गुन्ज्यायसनै थिएन फलस्वरूप २०५८ सालreceived_535851363553335मा औपचारिक रुपमा नेपाली सङ्गीतफाटमा अनुबन्ध भए। आफ्नै शब्द -सङ्गीतमा करिब ५० वटा गीत बजारमा पस्किसकेका भट्टराईलाई गायकको रुपमा आम-दर्शक श्रोतामाझ चिनाउने कोशेली बबाल भो बबाल र फिदा भाको छु गीति सङ्ग्रह नै हुन।झन्डै २०० गीतमा शब्द –सङ्गीत लिपिबद्ध गरेका भट्टराईले पछिल्लो समय सुपर हिट गीत बेहुला बनाउछु भन्थी बहुला बनाएर गइ भन्ने गीति सङ्ग्रह बजारमा प्रस्तुत गर्दा आम लोक पारखी रङ्गमन्चको उत्कर्समा पुगेका थिए।मन-तन गीतको बहाबमा चौरङ्गी हुने गीतका सुत्रधार गायक भट्टराई जापान,बेलायत,हङकङ लगायत एक दर्जन बिदेशमा स्टेज कार्यक्रममा सरिक भएका छन भने नेपालमा अनगिन्ती स्टेज कार्यक्रममा दिब्य प्रस्तुती दिएर लाखौ दर्शक श्रोताको मन जितिसकेका छन।गीत सङ्गीतमा दर्शक श्रोताको अपेक्षाअनुसार श्रीजना र प्रस्तुति प्रवाह गर्न सके भौतारिन नपर्ने गायक भट्टराईको कथन छ। भट्टराई थप्छन “सङ्गीत बजार मेहनत र परिश्रम गर्नेको लागि हिरा हो भने लहैलहैमा प्रवेश गर्नेको लागि गुमनाम हो”

प्रस्तुति : कलश खरेल

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.