कलश खरेल
२ नोभेम्बर, वार्सावा । खासगरी पछिल्लो समयको तथ्यांक सतहिमा विश्लेषण गर्यौ भने अधिकांस नेपालीहरुको मानसपटलनै शहरको गगनचुम्बि सपनामा मुखारित भएको देख्न सकिन्छ।बिलासीधारको दृष्टिकोण बिमोचित हुदाँ गाउँ,पाखा ,स्थानीय क्षेत्रको विकासको सार नै धरमराएको पुष्टि हुन्छ।केही दिन अगाडि गुल्मिको मुसिकोट नगरपालिकामा आयोजित बौद्धिक सम्मेलनमा उर्जावान एंव राष्ट्रप्रेमी युवा गङ्गा राज सापकोटाले निकै भावुक मुन्द्रामा भनेका थिए” विद्यार्थीको दुरगामी सोच नै विदेश यात्रामा सामिप्य भएको छ,चलनचल्तीमा रहेको फेरिस्त नै एस एल सि वा आइ ए उतिर्ण पश्चात अमेरिका,अष्ट्रेलिया,बेलायत लगायत सम्पन्नशाली देशमा लामबद्द भएको, पर्दामै घाम जस्तै छर्लङ्ग छ।
अर्कोतर्फ युवायुवतीहरु रोजगारीका लागि अरब राष्ट्र कतार,मलेसिया तथा साउदी देखि जापान,कोरिया लगायत देशमा पलायन हुने क्रम बड्दो छ भने श्रीमान वा छोरा बिदेश गैसकेपछी तराई अलबा आधुनिक शहरमा बालबालिका बोडिङ्गमा पढाउने प्रथा दिनानुदिन वृद्धि हुनु नै स्थानिय सामुदायिक विद्यालयलाई अबमुल्यन गर्नु सरह भएको सापकोटाले बताए।देशलाइ विकासको मुलप्रवाहमा समाहित गर्न सुरुवात स्थानीय क्षेत्रबाट गर्नु पर्छ त्यो पनि आफ्ना छोराछोरीलाई निजी बोडिङ्गमा पढाउने प्रतिस्पर्धा अन्त्य गरि सामुदायिक तथा सरकारी विद्यालयमा अध्यापन गराउने शिलशिला सुरुवात गर्न जरुरी छ ताकि सामुदायिक विद्यालयलाई सबल र सक्षम बनाउन सकियोस् सापकोटाको भनाइ थियो।बिदेशको सपना त्यागेर स्वदेश्मानै स्वाबलम्बन र स्वरोजगार बन्ने अभियान सुत्रपात गरौ जहाँ राष्ट्र समृद्ध बन्ने छ अन्ततः हामी सबल बन्ने छौ सारगौरबिक भनाइ सापकोटाको थियो।सापकोटा हाल पश्चिम नेपालको चर्चित बैँक नेपाल कम्युनिटी डेभलेपमेन्ट बैकका प्रवन्धक तथा विभिन्न सघ-सस्थामा आबद्ध भएर सामाजिक बिकासको पहरेदारी गरिरहेका छन् ।