यहि नोभेम्बर ५ तारिकमा पोल्यान्डमा मिडियाको आवश्यक्ता र औचित्य बिषयमा र पोल्यान्ड नेपालको वार्षिकोत्सब कार्यक्रममा हौसला प्रदान गर्न बेल्जियमबाट बेल्जियमको ठुलो दल एन भि ए का क्षेत्रिय स्तरका नेता एवं छोरी परियोजनाका अभियन्ता श्री कृष्ण रेग्मी आउने हुनु भएको छ ।
बिगत केहि वर्ष देखी पोल्यान्ड नेपाल निरन्तर अगाडि बढिरहेको र गत वर्ष देखी थप उर्जा लिएर अगाडि बढेको पोल्यान्ड नेपालको उक्त भेटघाट र बहस कार्यक्रममा श्री कृष्ण रेग्मीको उपस्थितिले झन उर्जा थपिने बिश्वास पोल्यान्ड नेपालले लिएको छ ।
हिमालयन यति रेस्टुरेन्टमा साझ ५ बजे देखी शुरु हुने कार्यक्रममा पोल्यान्डका बिभिन्न संघ संस्थाका प्रतिनिधीहरुलाई इमेल मार्फत पत्राचार गरिएको र यदि इमेल नपाएको अवस्थामा यहि सूचनालाई आधार मानी बिभिन्न संस्था समुहका सम्पुर्ण आदरणीय अध्यक्ष एवं संयोजकहरुलाई उपस्थिति हुनको लागी पोल्यान्ड नेपाल सम्पादक कलश खरेलले हार्दिक अपिल गर्नु भएको छ ।
स्मरण रहोस् समय समयमा पोल्यान्ड बारे हरेक सत्य तथ्य जानकारी पोल्यान्ड नेपालले दिदै आइरहेको छ ।
बेल्जियमबाट पाल्न लाग्नु भएका श्री कृष्ण प्रसाद रेग्मी बेल्जियमको क्षेत्रीय स्तरको चुनावी मैदानमा केहि वर्ष अघि उठेर बिदेशी भुमिमा आप्रवासीको राजनैतिक चेतनाको बिगुल पनि फुकिसक्नु भएको छ भने उहाँ ले चेपाङ समुदाय छोरी परियोजना लगायत थुप्रै सामाजिक कार्यहरु नेपालमा गर्दै आइरहनु भएको छ ।