होशियार ” नचिनेको मान्छेलाई पैसा पठाउने नगरौ ” दु:ख पाइएला

FB_IMG_1541089328468
एक जना व्यक्ती यो पंक्तिकारकहा आए । उनि केहि रकम पठाउन चाहन्थे । उनले दश हजार ज्लोटी नेपाली रुपैयाँ ३ लाख युक्रेन पठाए । यो पंक्तिकारको सम्बन्धन प्राप्त मनिग्रामबाट रकम गयो । उनले पठाए । ट्र्याकिङ नम्बर पनि पाए । तर उता सम्बन्धित व्यक्तिले पैसा पाउन सकेनन् ।

यता मनिग्रामले पनि कृपया तपाइको पैसा सुरक्षित छ तर तपाइले पठाएको व्यक्ती बारे बुझ्नलाई मनिग्राम कस्टमर सेन्टरमा कल गर्न हुन अनुरोध गरिन्छ भनेर उनको ट्र्याकिङ रिसिभरमा जनायो ।

अनि उनि आए मैले त अरुलाई सहयोग गरेको हो आज दिन भर काम छुट्यो तनाब भो उल्टै मैले आफ्नो महत्त्वपूर्ण काम छोड्नुपर्यो अरुलाई सहयोग गर्छु भन्दा पनि यस्तो हुदो रहेछ । मेरो पैसा सम्बन्धित व्यक्तिले पाउन सकेन म के गरु भन्दै छटपटिए । सम्बन्धित कस्टमर बारे बुझ्न नम्बर दिइएको थियो । उक्त नम्बरमा फोन गरि उनैको भाषामा दोभाषे काम गर्ने सित सम्पर्क भो र अन्तत ; पैसा प्राप्त गर्ने व्यक्तिको रेकर्ड र पठाउने व्यक्तीको रेकर्ड मनिग्रामको सिस्टमलाई चित्त नबुझेकोले रिसिभरले प्राप्त गर्न सकेनन् । हामिलाई तपाइले पठाएको पैसा कुनै आधिकारिक व्यक्तिले पाउछ भन्नेमा शंका लाग्यो र तपाइ एउटा देशको नागरिकले बिना आधार अर्को देशको नागरिकलाई त्यती रकम पठाउदा तपाइको जवाफ चित्त न बुझेकोले सम्बन्धित व्यक्तिलाई दिन सक्दैनौ भनेर खबर आयो ।

पछी उनले उक्त रकम फिर्ता लगेर गए । हामिहरु अहिले अनलाइनको युगमा हाम्रा पासपोर्ट नम्बरहरु सुरक्षित छन् । हरेक सिस्टमहरुमा । पैसा पठाउनेले मात्र होइन पैसा के को लागी लिने उसले पनि ध्यान दिनुपर्दछ ।
कसैले तपाइलाई मेरो पैसा बुझेर फलानोलाई दिनु पनि भनेर फसाउन सक्छन् । तपाइले आफ्नो परिवारलाई वा तर्क दिन सक्ने कसलाई के कारणले र पाउनेको सम्बन्धित देशको स्टयाटस पेशा कुन प्रयोजन सबैमा स्पस्ट न भै पैसा जसले भन्यो त्यसैमा २ , ४ सयको लोभमा वा सहयोग गर्ने निहुमा नपठाउदा राम्रो । पठाउनु परे सम्बन्धित व्यक्तीले नै पठाउदा राम्रो ।
करोडौको हुन्डी कारोबार गर्ने व्यक्तिको नाममा पठाउदा पनि सचेत भएर पठाउदा राम्रो । अनलाइन मार्फत जानेका व्यक्तिहरु स्वयं आफै वोर्ल्ड रेमिट , ट्रान्सरवाइज , मनिग्राम , वेस्टर्न युनियन वा बैंक लगायत आफुलाई सहज पर्ने आधिकारिक माध्यमबाट पठाउदा राम्रो ।यदि तपाइको दु:ख गरेको पैसा पठाएमा केहि सहज हुन्छ तर आफुले दुख गरेको पैसा खराब नचिनेको व्यक्तिको नाममा तपाइ इमानदार व्यक्तिले पठाएको खन्डमा पठाएमा पनि झमेलामा पर्न सक्नुहुन्छ ।
हामी उहि भावनात्मक कुराहरुमा अल्मलिदा धेरै दुख पाउछौ । अनि हामिले पठाएको पैसा प्राप्त गर्ने व्यक्ती खराब भएको खन्डमा राम्रो नियतले सहयोग गर्छु भन्ने व्यक्तिले पनि अनावश्यक दु:ख पाउछ । त्यसैले
होशियार ” नचिनेको मान्छेलाई कसैले सहयोग गर्न भन्यो भन्दैमा लाखौ लाख पैसा पठाउने नगरौ “फन्दामा परिएला ।

प्रस्तुति :मित्रलाल पार्दे

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.