नेपालीहरुको महान चाड तिहारको अवसर पारेर नोभेम्बर १० गते वारसवाको लेगिनोभमा देउसी भैलो कार्यक्रम एभरेस्ट लन्ज रेस्टुरेन्टले आयोजना गर्ने भएको खबर पोल्यान्ड नेपाललाई प्राप्त भएको छ । साथै उक्त कार्यक्रमको मुख्य आकर्षक नेपाली तथा पोलिश साङितिक कर्मीहरु पनि हुनेछन् । कार्यक्रमलाई लाइभ प्रस्तुति पनि दिइने भएको छ ।
उक्त कार्यक्रमबाट संकलित रकम बाल सहयोगार्थ नेपालमा पठाइने जानकारी आयोजकले दिएको छ ।
समय समयमा पोलिश डि जे लिएर र नेपाली कलाकारलाई प्रोत्साहन गर्दै बिभिन्न कार्यक्रम गर्दै आएको एभरेस्ट लन्ज रेस्टुरेन्टले यो पटक तिहारमा पनि पोलिश नागरिकहरुको साथमा दिपावली एवं अतिसबाज पटाकाले नेपाली एवं बिदेशीलाई भरपूर मनोरंजन दिने भएको छ ।
उक्त कार्यक्रममा इन्ट्री शुल्क २५ ज्लोटी राखिएको आयोजकले जनाएको छ । उक्त कार्यक्रम साझ १० बजेबाट शुरु भएर बिहान सम्म चल्ने जानकारी आयोजकले पोल्यान्ड नेपाललाई दिएको छ । प्रत्यक्ष नेपाली संस्कृति र बिदेशी साङितिककर्मिको कार्यक्रममा प्रत्यक्ष सहभागी भएर पनि भरपुर मनोरञ्जन लिन सकिने र नौलो प्रस्तुति उक्त कार्यक्रममा देखाइने पनि आयोजक एभरेस्ट लन्ज रेस्टुरेन्ट परिवारले पोल्यान्ड नेपाललाई जानकारी दिएको छ ।