बिगतका वर्ष देखि दिपावलीको सन्दर्भ पारेर कार्यक्रम गर्दै आइरहेको प्रवासी नेपाली एकता मंच पोल्यान्डले यो वर्ष नोभेम्बर १२ तारिक वारसवा पोल्यान्डमा एक बिशेष तथा सास्कृतिक कार्यक्रम गर्ने भएको छ ।
पोल्यान्डमा भएका बिभिन्न प्रतिभाहरुलाई उजागर गर्ने र एक आपसमा नेपाली चाडपर्व रमाइलोसित मनाउने सोच अनुरुप प्रवासी नेपाली एकता मंच पोल्यान्डले पोल्यान्ड भर भएका साङितिक फाटका बिभिन्न व्यक्तिहरुलाई सम्पर्क गर्न पनि हार्दिक अनुरोध गरेको छ ।
नोभेम्बर १२ तारिक हुन गैरहेको तिहार बिशेष सास्कृतिक कार्यक्रममा आफ्नो नृत्य तथा गायनको ल लागी मंचका संयोजक टंक कटुवाल फोन नम्बर : 511 963 387 तिहार कार्यक्रम संयोजक अक्षय रिजाल 539933403 एवम सचिब बिनोद आचार्य फोन 729671286 मा सम्पर्क गरेर आफ्नो नाम टिपाउन सकिने जानकारे कार्यक्रम संयोजक अक्षय रिजालले पोल्यान्ड नेपाललाई जानकारी दिएका छन् ।
वारसवाको मुख्य भागमा हुन लागेको उक्त कार्यक्रममा प्रवेश शुल्क निशुल्क राखिएको जानकारी आयोजकले दिएको छ । गत वर्ष झै यो वर्ष पनि साङितिक माहोलले भरपुर मनोरंजन हुनेमा आशावादी भएको जानकारी आयोजकले दिएको छ । साङितिक कार्यक्रममा भाग लिनेहरुलाई विशेष प्रोत्साहन गरिने जानकारी दिएको छ ।
प्रवासी नेपाली एकता मंच पोल्यान्डले जनाए अनुसार निम्न स्थान क्लब रिभेरा रिमोन्तमा साझ ८ बजे देखि उक्त कार्यक्रम हुने भएको छ ।
Date : 12/11/2018
Time :8:00 pm onwards
Place : Klub Riviera Remont
Waryńskiego 12a, 00-636 Warszawa