हालै मात्र गठन भएको गुल्मी समाजले उर्जाशिल कार्यमा सक्रिय बनाउदै लगेको देखिन्छ।गुल्मी जिल्ला अन्तरगत प्रतिनिधित्व गर्ने विभिन्न क्षेत्र ,भेग र स्थानका पोल्यान्ड बासी गुल्मेली हरुको साझा सस्था गुल्मी समाजले आउदै गरेको क्रिशमस पर्बलाइ मध्यनजर गरी डिसेम्बर २५ तारिकका दिन पोल्यान्डको वारसवामा सास्कृतिक एबम मनोरञ्जनात्मक कार्यक्रम गर्ने भएको छ।उक्त कार्यक्रमलाई सभ्य एबम अनुशाशीत तबरबाट सम्पन्न गर्न ३ वटा बिषयगत समिती गठन गरिएको उक्त सस्थाका अध्यक्ष प्रकाश तिवारीले पोल्यान्ड नेपाललाइ जानकारी दिए।तदअनुसार सास्कृतिक सम्योजन समितिमा उक्त सस्थाका सचिब कलश खरेलको नेतृत्वमा ४ सदस्यीय समिती गठन गरिएको छ जसको सदस्यहरूमा सह-सचिब -तारा पौडेल,ऋषि ढकाल र सागर सापकोटा रहेका छन् ।त्यसैगरी कार्यक्रम ब्यबस्थापन र आर्थिक सङ्कलन सम्बन्वय समतिको संयोजकमा सस्थाकै अध्यक्ष प्रकाश तिवारी नै चयन भएका छन् भने सदस्यहरुमा बिदुर शर्मा बिस्नु भण्डारी ,बिस्नु सुनार,मधु सापकोटा ,हरि अर्याल,उज्ज्वल खरेल,नवीन खराल,लक्ष्मण भण्डारी ,नारायण पाण्डे ,ऋषि तिवारी,सबि खरेल,देबिराम भट्टराई र पुष्कर न्यौपाने रहेका छन् ।त्यसैक्रममा सस्थाको पुर्बनिर्धारित कार्यक्रको स्वरुप सन्दर्भमा आमजनता लगायत विभिन्न पक्षलाइ सुचना प्रवाह गर्ने मिसन सहित नुमनाथ न्यौपानेको नेतृत्वमा ३ सदस्यीय समिति गठन गरिएको छ जसको सदस्यहरूमा प्रबिन खरेल र मुकुन्द भट्टराई रहेका छन।खासगरि पोल्यान्डमा रहेका स्थानीय कलाकारलाई प्राथमिकतामा राखेर कार्यक्रम तय गरिएको उक्त सस्थाले जनाएको छ।पोल्यान्डमा आसिन जुन सुकै नेपाली पनि आफ्नो प्रतिभा र कला उजागर गर्न प्रयन्तशिल छन् भने गुल्मी समाज पोल्यान्डले तद प्रतिभालाइ प्रोत्साहन गर्न कुनै कसर बाकी नराख्ने सचिब खरेलले जानकारी दिए। तदअनुसार इच्छुक प्रतिभाहरुले डिसेम्बर २५ अगावै उक्त सस्थामा सम्पर्क गर्न अध्यक्ष तिवारीले आग्रह गरेका छन् ।कार्यक्रममा प्रबेश शुल्क २० ज्लोटी राखिएको जनाइएको छ।