नोभेम्बर ५ मा पोल्यान्ड नेपालले बार्षिक उत्सब मनाउने
नेपाल बाहिर प्रबासमा पोल्यान्डबाट सन्चालित पोल्यान्ड -नेपालले बिगत १बर्ष देखि निस्टा र सामाजिक मूल्य-मान्यतालाइ शिरोधार्य गरि धारा-प्रबाहरुपमा सत्य-तथ्य खबरलाइ सम्प्रेषण गर्दै आइरहेको जगजाहेर नै छ।सुरुवातमा पानी अभियानकर्ता एबम पोल्यान्ड नेपालका संरक्षक मित्रलाल पार्देको अगुवाइमा खबर डबली सुरु गरेको पोल्यान्ड नेपालमा पछिल्लो समय नेपालमा लामो समय पत्रकारिता गरेका कलश खरेल लगायतका व्यक्तिहरुको आवद्धताले सस्थालाइ थप उर्जाशिल बनाउन निकै टेबा पुगेको देखिन्छ। खासगरी संरक्षक पार्दे नै पोल्यान्ड नेपालका सुत्रधार हुन जसले हरेक कठिन र आलब्य परिस्थितिका द्दारहरुलाई छिचोल्दै आम नेपालीको आशाको केन्द्रबिन्दुको रुपमा सस्थालाइ मुखारित गरेर आलोचकलाइ दिब्यध्यानमा केन्दृत गर्न सन्देश प्रवाह गरेका छन् । हरेक चुनौती र समस्यालाइ ग्रहण गर्दै बृकृती -बिसङ्गतिको विरुद्ध आबाज बुलन्द गर्दै आइरहेको सस्थाले सदासर्बदा सामाजिक पहरेदारीको भुमिका निर्बाह गरेको सर्वबिदितै छ ।सकारात्मक बिकास प्रबाहमा बियोको रुपमा स्थापित हुँदै आएको अनलाइन खबरले आगामी दिनमा पनि चुटिलरुपमा कार्यसम्पादन गर्ने छ जसमा कुनै पनि पक्षबाट गुन्जायस रहने छैन भन्ने सन्दर्भमा विश्वाश राख्दछ ।
पोल्यान्ड बस्ने हरेक व्यक्तिहरुको आफ्नो आवाज तार्किक ढंगले प्रस्तुत गर्ने एक माध्यम बनेको छ पोल्यान्ड नेपाल डट कम । न्याय,समानता,शिस्टतालाइ यथोचित रुपमा अगाल्दै आइरहेको यस मिडियाले सत्य-तथ्य र निस्पक्ष खबर प्रबाहका बिरुद्ध आउने धम्किलाइ पर्दाफास गर्न कुनै कसर बाकी नराख्ने प्रतिबद्धता पुन:जाहेर गर्दछ । समय समयमा आउने धम्कीको बिरुद्द सिङो पोल्यान्ड नेपाल परिवार एकाकार भएर मुकाविला गर्नेछ । बिभिन्न आरोह-अबरोह पार गर्दै सहर्ष १ बर्ष पुगेको वा जन्मेको १२ महिना पूरा गरेको पुनित अबसरमा आउने नोभेम्बर ५ तारिख हिमालय यति होटल पोल्ना-१३ वारसवामा बार्षिक उत्सब एबम अन्तर्कृया कार्यक्रम तय गरिएको छ। यसै सुचना एबम समाचारलाई आधार मानी विभिन्न सघ-सस्थाका प्रमुख तथा प्रतिनिधिलाई यदि खबर नपुगेमा एबम सम्बन्धित सबैलाइ उपस्थिको लागि हार्दिक अपिल गरिन्छ ।
कलश खरेल सम्पादक
एवम
पोल्यान्ड नेपाल परिवार