होटल सेफ बिष्णुको अनुभवमा संघर्षमा रमाउनु नै सफलताको शुत्रधार

प्रस्तुति :कलश खरेल

received_1097147987102483

जिबनको रङ्गमन्च स्खलित गरेर पर्दामा उतारिरहदा बास्तवबिक बृतचित्र मुखारित हुदा बखत कुनै वाही-वाहिको पात्र बन्न पुग्छन्  भने कुनै असन्तुष्टिका कम्पनले मर्माहित हुन पुग्छन् ।सन्तुष्टि,सफलता,प्रसंशा ,अभिनन्दन र उत्कृष्ट रङ्गमन्च सायद आम बेक्तिले मन्दतामा तृष्णा गर्ने अन्तरचाहना नै हो भन्दा अतियुक्ती नहोला।सतही पृष्ठभुमि उकेल्दा अधिकाम्स जीवन समृद्ध ,सबल,समुन्न्त बनाउन हरेकपल संघर्षको प्रायमा अनुबन्ध भएको पुष्टि हुन्छ।उत्कृष्ट लय ब्यन्जन गर्न जो कोहि पनि लालायित मुद्रामा प्रेषित हुन्छन् तर कम्जोर प्रस्तुती र अखाप्य समयले इच्छाय बिन्दुमा पुग्न दातमा ढुङ्गा चपाए सरह अनुभुती हुन्छ। आम मानिसको बिचमा सफलताको डोरिमा उत्तीर्ण हुने कमै व्यक्ती बिमोचित हुन्छन् जुन कालान्तरमा अत्यन्त फलदायी दिशामा सुचिकृत हुन्छन।आज हामी बिरलै गणनामा आउने अद्दितीय सफलताका विशेष पात्र बिस्णु सुनारको चर्चा-परिचर्चा गरिरहेका छौ।२०४३ सालमा गुल्मिको सुन्दर नगरपालिका मुसिकोट नगरपालिका -५ आपचौरमा बुवातिर्ख बहादुर सुनार र आमा चुमा सुनारको कान्छो सुपुत्रको रुपमा धर्तिमा बिमोचित भएका सुनार बाल्यकालदेखिनै शालिन,कुटिल,लगनशिल एबम बिबेकशिल पात्रको रुपमा उदाए।गाउले परिवेशमा अनुबन्धित सुनार कुनै पनि समय शालिनताको बाध फुटाउन उद्दत भएनन् तथापि सबैको पृय तृष्णाको रुपमा दर्ज भए।सायद नेपालको कमै भेग होलान् जहाँ घाँस -दाउरा ,मेला-पात नगरी परिबारको गर्जो टारेको बृतान्त।तत्कालीन परिवेशमा उनी पनि परम्परागत कामबाट पक्कै पनि दुर हुने अबस्था थिएन तदअनुरुप गाउबेसि गरेर केही समय स्थानीय बिधालयमा अध्यनमा आसिन भए।परिवेश र चलनचल्तीनै सपानाको लाहुरे बन्ने आख्यानले उनको जन्म क्षेत्र पनि गाजिएको थियो।

चल्तीय पद्धतिबाट उनी एक हदसम्म आकर्षित हुन पुगे फलस्वरूप अध्यापनलाई बिचमै स्थगन गरेर सपनाको गन्तव्य भारतको केन्द्रिय राजधानी दिल्ली सबार भए।मनमा सुन्दर र समधुर कल्पीय सपना तरङ्गित गरेर बिदेशी भुमिमा यात्रा गरिरहदा हर्षको चौरङ्गिमा तृप्त भएका थिए तर हर्षको उत्कर्ष दिल्ली प्रवेश भए पश्चात खुशीका बिम्बहरु एकाएक बिस्मातमा रुपान्तरण भए।उद्देश्यमा सन्कल्पित बन्धनमा बाधिएका सुनुवार सुरुवाती चरणमा होटलको भाडा माझ्ने कार्यमा अनुबन्ध भएर कलिलो रसलिला तेजबोध गरे।उपल्लो दर्जामा आसिन कुकको दबादबा सहनु पर्दा कुनै क्षण पुनः गाउको स्नेही बातावरणमा फर्किने योजना नबनाएका भने होइनन् यद्दपी लाउरे बन्ने सपना जिबितै थियो।दर्जनौपटक बिरामी भएर शरिर शिथिल र थकित हुदा पनि बिबसताले भुमरिमा बाधेको जनाबररुप धारण गरि कार्यमा सम्लग्न हुदाको बखत आशुमा छटछट्पटिएका थिए।घर फर्कौ सुन्दर उद्देश्यमा धक्का पुग्ने त्रास ,नफर्कौ जिबितै जिबनको माल्यापर्ण ।यस्तै-यस्तै कल्पनाका शिलहरु मनमा जागृत गरि कामको लहरिमा तल्लिन रहे।निकै निस्ठापुर्बक कार्य सम्पादन गर्ने क्रममा होटल सन्चालकको नजरमा इमान्दार कर्मचारी ठहरिए फल्स्वरुप सहयोगी पदमा पदोन्नति भए।जतिखेर उपल्लो दर्जामा स्थानान्तरण भए उनको खुशिको बाहाबमा डुङ्गा नै पार गर्यो।केही बर्षको सहयोगी भुमिका निर्बाह पश्चात् पुन प्रमुख पद कुकमा बढुवा भए।निरन्तर असिम मेहनत ,लगाब,लगनशीलता र कामप्रतिको दृण संकल्पले उनी थप उर्जाशिल एबम कर्मठ कर्मचारीतरह उदय भए।

२०६५ सालतिर उनी दिल्ली स्थित होटलमै पदीय जिम्मेवारी निर्बाहमा अबिछिन्न खटिरहेका थिए त्यतिबेला उनलाइ युरोपियन सदस्य रास्ट्र पोल्यान्डबाट निकट आफन्तले कुकमा खाली रहेको जनाउ दिए। तदअनुरुप उनले दिल्लीस्थित पोल्यान्ड दूतावासमा भिषाकालागि आबेदन दिए।भद्र व्यक्तित्व ,कुकमा विशेष दख्खल राखेको परिपेक्षमा भिसा सहजरुपमा पाउन सफल भए।२०६५ सालको मध्यमतिर उनी पोल्यान्डको राजधानी वार्सवामा आइपुगे। सुरुका दिनमा भाषा ,सस्कृती र परिवेश निकै पृथक रहेको अबस्थामा समायोजित हुन केही समय लाग्यो।वारसवामा केही बर्ष बसेर उनी जर्मनिको केन्द्रिय मुटु बर्लिनमा स्थानन्तरण भए।होटेलमा काम गरिरहदा कुनै पल तरबारको धारमा पौठेजौरी खेलेको अभास हुन्थ्यो।केही समयको जर्मनी बसाइ पछि उनी पुनः पोल्यान्डनै फर्किए।होटलमा लामो समय कुकको जिम्मेवारी सम्हालेका सुनार तुलनात्मक रुपमा निकै अब्बल,माहिर,काबिल कुकको पहिचान बनाउन सफल भए।जस्तोसुकै सुकै कठिन परिस्थिलाइ सरलतामा बदल्ने,अस्थिर होटललाइ चलायमान बनाउने कुटिल सुनार पछिल्लो समय पोल्यान्डको वार्सवा स्थित स्पाइसी गार्डेनको प्रमुख सेफको रुपमा जिम्मेवारी सम्हाल्दै आएका छन् ।रोचक र आकर्षक तलबमा पदीय जिम्मेवारी सम्हाल्ने सुनार सदैब आफू आबद्ध होटलको श्रीबृद्धिमै केन्दृत रहेको बताउछन् ।जिबनमा संघर्षसङ्ग कत्ती पनि बिचलित नभई कार्यमा तल्लिन रहेमा सफलता चुम्न दुर नरहेको सुनारको गरबिलो भनाइ छ ।
received_555627421553100

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.