फुर्बान रायमाझी
**********************
१)तपाई युरोप आउनुभो भने तपाईको टोल,छिमेक,आफन्त, साथीभाईहरुले कसरी गईस भन्दै हैरान पार्छन।
२)तपाईं आएको माध्यम एजेन्ट,मेनपावर वा कन्सल्टेन्सी कुन हो,को हो,कहाँ छ,फोन नम्बर कति हो,हामी पनि त्यहिँबाट आउँछौं भनेर साथीभाईले सोधिरहन्छन।
३)तपाईलाई पठाएको ब्यक्तीले पनि अरु कोहि युरोप जान ईच्छुक छन भने भन्नुस है भन्दै कमिसन दिने प्रलोभन देखाउँछ।
४)कसरी को मार्फत पुगिस,हामी पनि त्यसरी नै आउँछौ भन्ने साथीहरु एकातिर छन अर्कोतिर आफुलाई बिदेश पठाएको ब्यक्तिले अरु मान्छेहरु छन भने पठाईदिन्छु र कमिसन पनि दिन्छु भन्दैछ।अब तपाईं सजिलै कमिसन पनि आउँने,साथीभाईको आग्रह पनि पूरा हुने लोभ र आशामा सम्पर्क गराईदिनुभो भने अलि सोच्नुस् है फसिनुहोला।पोर्चुगलमा यसरी फसिएकाहरु थुप्रै भेटिन्छन।
५)अथवा तपाईलाई कमिसन नआएपनी साथी हो,आफन्त हो,छिमेकी हो एजेन्ट चिनाईदिन्छु भन्दै सम्पर्क गराउँदै हुनुहुन्छ भने सोच्नुस्,तपाईं स्वयं फसिन सक्नुहुन्छ।
६)तपाईं पोर्चुगलमा बसोबास गरिरहेको धेरै भो।नेपालमा हुने आफन्त,साथीभाईले हामीलाई पनि भिसा मिलाई भन्दै आग्रह गरिरहन्छन यदि तपाईले हचुवाको भरमा फलानोलाई सम्पर्क गर्नुस भन्दै हुनुहुन्छ भने होशियार हुनुहोस फसिनुहोला।
७)मैले केही हप्तायता यो र यस्तै प्रकृतीका केही ठगी आरोप लगाईएका मित्रहरु र उनीहरुको यथार्थलाई नजिकवाट नियालिरहेछु।आज फेरि अर्को यस्तै प्रसँग जोडियो।तसर्थ यसरी लेख्दैछु।
८)जब तपाईले सम्पर्क गराईदिनुहुन्छ तब उनीहरुको सम्बन्ध एकदम राम्रो हुन्छ।एजेन्ट न हो,विभिन्न बहानामा पैसो झारिहाल्छ।सोझा युवाहरुले युरोप पुग्ने सपना बोकेर एजेन्टलाई पैसा बुझाउँछन।
९)जब पैसो फुत्क्याउँछ एजेन्टले त्यसपछि टिकट सार्छ,फोन रिसिभ गर्दैन,अलपत्र पार्छ र सम्पर्क बाहिर हुन्छ तव बल्ल ती आफन्त र साथीभाईहरु तपाईलाई फोन गरेर बिलौना गर्न शुरु गर्छन।
१०)तेरो मान्छे,वा तैले भनेको मान्छे सम्पर्क बाहिर छ,अब तैले नै उसलाई खोजेर ल्याईदे भन्दै जब तपाईलाई फोन आउन थाल्छ,तब सोच्नुस तनाब कति हुन्छ होला?
११)जतिखेरै तपाईलाई फोन आएर हैरान हुन थाल्नुभो,ब्यस्त हुनुभो,फोन उठाईदिनुभएन,बुझ्नुस अझै ठूलो तनाब शुरु हुदैँछ।उसो त उनीहरुले गुनासो गर्ने र सहयोग माग्ने नै तपाईसँग हो।
१२)आखिर तपाईको थाप्लोमा गम्भीर आरोप लागिसक्यो।पैसो कुम्ल्याएर भाग्ने अर्कै हुन्छ।तपाईं दलाल,ठग र दुई नम्वरी भन्दै चर्चामा आउनुहुन्छ।फेसबुक र ट्वीटरमा तपाईको तस्बीरमा ठगको पगरी गुथेर भाईरल भैसक्छ।
११)पैसा फिर्ता नगरे काट्ने,मार्ने धम्की आउँछ।तपाईकै घरमै पुगी परिवारलाई धम्क्याउने,तर्साउनेसम्म हुन्छ।
१२)यता तपाईं घ्वाँ घ्वाँ रुनुबाहेक अर्को बिकल्प हुन्न।दुनियाँले तुच्छ शब्द प्रयोग गरेर फेसबुकमा गाली गरेर लेख्दा सहेर बस्नु कम्ता पिडादायक हुन्न।
१३)बिगत केही समययता मैले पोर्चुगलमा यस्तै पीडाले टाउको समातेर घ्वाँ घ्वाँ रोएका केही मित्रहरु भेटेको छु।कति फेसबुकमा भाईरल भए,कति आपसमा मिल्दैछन,कति आपसमै मिलेका छन।
१४)साथीभाई र आफन्तलाई मद्दत गरौँ,बिदेश आउन सहयोग गरौँ तर यो पनि सोचौँ कि सहयोग गर्ने उद्देश्यले मित्रता नटुटोस,आफन्तको पैसा नडुबोस् र आफुलाई घ्वाँ घ्वाँ रुन नपरोस्।
१५)तपाईले सिफारिस गरेको एजेन्ट कस्तो ब्यक्ती हो,को हो,भोली पैसो कुम्ल्याएर भाग्यो भने तपाईले समात्न सक्नुहुन्छ या सक्नुहुन्न वा उसको घर,ठेगाना,परिवारको बारेमा तपाईलाई जानकार छ या छैन?
१६)फेसबुकमा चिनेको माध्यमवाट आर्थिक कारोवार गर्न गराउन होशियार हुनुस्।
१७)ईमान्दारिता जोगाउन छ भने एकपटक सोचेर मात्रै जान्नेबुझ्ने बनौँ,नत्र पोर्चुगलले ठग बनाएका ईमान्दार ब्यक्तिहरुमा नाम थपिन सक्छ।
( नोट:- सामान्य जस्तो लाग्ने यो बिषय पैसो कुम्ल्याएर भाग्ने बाहेक बाँकी सबैलाई पीडा छ।बिदेश जान काठमाडौँका गल्ली गल्ली भौतारिदा एजेन्टले पैसो कुम्ल्याएर भागेको पीडा र बर्षौसम्म बिदेश नपठाउँदाको छटपटी नजिकबाट भोगेको छु,देखेको छु,तसर्थ गलत ब्यक्ती,गलत संस्था र समुहको पहिचान गरौँ तर सँगत गर्दै नगरौ।)
–देखेको,भोगेको,सुनेको लेखेको हुँ।बुँदाहरु थपघट हुन सक्नेछन।
#धन्यवाद।
फुर्बान रायमाझी।
प्रस्तुत जानकारी फुर्बान रायमाझिको फेसबुक स्ट्याटसबाट साभार गरिइएको हो ।