मिति 18 oct 2018 मा polandnepal.com मा प्रकाशित अन्तर्वार्तामा श्री अमीत कुमार यादवज्यूले यस संस्थासित जोडेर दिनु भएको केही अभिव्यक्ती प्रति NRNA पोल्यान्डको गम्भीर ध्यानाकर्षण भएको छ ।
NRNA Poland पोल्यान्डको कानुन अनुसार दर्ता भै विश्वभरि रहेका नेपालीहरुको साझा संस्था एन आर एन ए को मातहतमा रहेको एक आधिकारिक संस्था हो । यस संस्था कुनै एक व्यक्तिको अधिनमा नरही यस संस्थाको विधि र विधान बमोजिम संचालन हुने गर्दछ । यस संस्थाले कुनैपनि व्यक्तिलाई जात धर्म लिङग समुदाय अथवा रङको आधारमा नत विभेद गरेको छ नत गर्नेछ । करिब १३ वर्ष पोल्यान्डमा बसोबास गरिसकेपछि पनि म माथि विभेद भो भन्नू आफैमा लज्जास्पद कुरा हो । जुन कुरा पोल्यान्डको प्रचलित कानुन गैरकानुनी छ र NRNA को विधान बिपरित छ ।
श्री अमीत कुमार यादव सन २०१३ मा NRNA मातहतको टास्क फोर्समा मनोनित हुनुभएको थियो तर तत्कालीन अवस्थामा NRNA पोल्यान्डको उहाँ साधारण सदस्य पनि नभएकोले NRNA पोल्यान्डले केन्द्रमा साधारण सदस्य पनि न भएको व्यक्तिलाई तपाइहरुले कुन आधारमा मनोनित गर्नु भो ? भनेर पत्राचार गरि जिज्ञासा राखेका थियौ । NRNA पोल्यान्डको साधारण सदस्य पनि नभएको व्यक्ती त्यसरी मनोनित हुनु NRNA को विधान विपरित थियो ।
श्री अमीत कुमार यादब NRNA पोल्यान्डको २०१७/२०१९ कार्यकालको कार्य समिती सदस्यका लागि संस्थाको विधि बिधान अनुसार आफ्नो मनोनयन दर्ता गरि निर्वाचनमा पराजित हुनु भएको थियो ।NRNA पोल्यान्ड प्रजातान्त्रिक विधि बिधान र प्रकृयामा पूर्ण विश्वास गर्दछ । अत:यी यस्ता अभिव्यक्तिहरुबाट कसैलाई पनि भ्रममा नपर्न हार्दिक अनुरोध गर्दछौ ।
NRNA पोल्यान्ड सदैव नेपाल र नेपालीको हितमा कृयाशील रहनेछ ।
धन्यावाद
गोपाल राई
अध्यक्ष NRNA पोल्यान्ड