विदेशिएका नेपालीको दर्दनाक कथा

कलश खरेल
२२ अक्टोबर, वार्सावा ।हरेक मानिसको मानसपटलमा एक तिरङ्गना धुनले हुटहुटी संचार गरेको हुन्छ जहाँ माधुर्य सपना मुखारित हुन्छ “जीवन कसरी सम्बृद्ध र सबल बनाउने”। नेपालको परिप्रेक्षमा अन्तरध्यान सामर्य गर्यौ भने अधिकांस नेपालीहरुको परिवारबाट कम्तिमा एक सदस्य मुग्लानि जीवनको तरबारमा समाहित भएको दृस्टान्तमा पुष्टि हुन्छ।सायद हाम्रो देश नेपाल प्राकृति रुपमा विश्वमै चुमचुमाउने अथाह धनी देशमा पर्दछ तर बिडम्बना त्यहाँका नागरिक सापेक्ष रुपमा अहोरात्र एक छाक गर्जो टार्न अबिछिन्न विदेशमा पसिना बगाउन बिबश छन्।आफ्नै मातृभुमिमा केहि उद्देश्य राखेर ब्यबसाय गरौ त्यो लगानीको प्रतिफल आउँछ कि आउदैन भन्ने गहिरो चिन्ताले छटपटाउन बाध्य बनाउछ, जहाँ चरम राजनीतिक खिचातानिले विश्वासको जगनै धरमराएको छ । दिनरात दिलब्य मेहनतका साथ उच्च शिक्षा हासिल गरि जागिरको लागि निवेदन दिने श्रोत भेटाउन दातमा ढुङ्गा चपाए सरह हुन्छ । मुस्किलले कुनै ठाँउमा आवेदन खुले पनि हजारौको तछाड मछाड गर्नेहरुको भिड हुन्छ अनि जागिर पाउने एकदमै झिनो आशा हुने ।

migrant-worker-scam-malaysia-favors-nepali

उल्लेखित पृष्ठभुमिले आजका दिनमा अधिकांस नेपाली युवा-युवतिको उत्कृष्ट विकल्प बन्न जान्छ वैदेशिक रोजगारी।दुरदराजका बहुसंख्यक नेपालीहरुको सपना सुरु हुन्छ विदेशको सुन्दर यात्रा।विभिन्न श्रोत र माध्यम अपनाएर विदेशको भुमिमा जब पाइला टेकिन्छ तब मनमा स्खलित भएका सपनाका बहुरङ्गहरु डगमगाउन चिरन्य हुन्छन।लाखौ खर्च गरेर विदेशको दर्दभुमी स्थानमा दर्ज हुदा आफ्नो बुवा-आमा,दाजुभाइ ,दिदिबहिनी एबम श्रीमती र छोराछोरीको पलपलमा सम्झनका पहेलनिले घुट्घुटाउछ तथापी घन्टौ बोजिलो काममा तल्लिन हुन्छ केबल घर-परिबारको सुख-शान्ति र समृद्धिको लागी।सदाचारी र ब्रम्हज्ञानी स्वरुप धारण गरेर दिनरात आफ्नो ज्यानको कुनै प्रवाह नगरी कठिन काममा पनि धैर्यतालाई सिरोधार्य गर्दै निरन्तर समागम हुन्छ तर थकान र प्यासले हरपल सताउँछ।विदेशमा धेरै घटनाहरु सार्वजनिक भएका छन् जहाँ नेपालीको अनाहकमा ज्यान गएर जोडिएका सपनाहरू टुटेका छन्।ति हजारौं नेपालीको प्रतिनिधि पात्र मध्य एक हुन डोल्पाका नरबहादुर बुडा ।

 

भौगोलिक हिसाबले नेपालको पिछडिएको र दुर्गम जिल्लाको रुपमा परिचित जिल्ला हो डोल्पा।घरमा जेठो छोराको रुपमा जन्मेका बुडा सानै देखि लगनशिल र अनुशाशीत थिए।बुवा गाउँको विधालयमा पियन जागिर गर्दथे भने आमा घरमा ग्रीहिणी काम गयर्थिन।उनी दुई भाइ र एक बहिनी मध्ये अत्यन्त सभ्य र तेजस्वी छोराको रुपमा गाउँमा कहलिएका थिए।गाउँकै विद्यालयमा बुवा पियन भएको सन्दर्भमा उनलाई पढ्न कतैबाट रोकावट हुने अबस्था थिएन।उनी ८ कक्षामा भाइ-बहिनी क्रमश ६ र ४ कक्षामा अध्यनरत थिए।उनको परिवार जसोतसो औसत खुसी नै थियो तर उनको परिवारमा एकदम्भ अविस्वस्निय दु:खको आधिबेरी बज्रपात भयो जतिखेर उनका बुवाको हृदयाघातबाट असामयिक निधन भयो।बाल्य उमेर १३ बर्षमै उनले आफ्नो स्नेही बुवा अल्पायुमै बिताउन परेको पीडाले परिवारको आर्थिक स्थिति कम्जोर हुन थाल्यो फलस्वरूप विद्यालयमा बुवाको पदमा आँफै पियन भै काम गर्दै अध्यनलाई निरन्तरता दिए।बुवाको निधन भएको २ बर्ष पछि एस एल सि उत्तिण गरे।घरमा भाइ-बहिनीको बाल्य अबस्था र आमा पनि बुवाको निधन पशात नाजुक घडिमा पुगेकी थिईन् । जसकाकारण बुडालाई विवाहको दबाब आयो।सुरुवातमा आग्रहलाई अस्वीकार गरे पनि अबस्था र दबाबलाई मध्यनजर गर्दा विवाह गर्न राजी भए।तद्अनुरुप दुनैकी सीता ओलिलाई विवाह गरे।श्रीमती १४ बर्षकि थिईन् भने उनी १६ बर्ष पुगेका थिए।विवाह पश्चात २ बर्ससम्म गाउँको स्कुलमै पियन जागिर जारी राखे।उनी १८ बर्ष र श्रीमती १६ बर्ष हुदाबखतनै किशोरअबस्थामा छोराको जन्म भयो।परिवारमा सदस्य संख्या बढेपछि खर्च धान्न निकै हम्मे -हम्मे भयो जसका कारण दुई छाक टार्न पनि आकाशको फल आँखा तरि मर भन्ने उखान सामिप्य भयो।

 

अत्यन्त मुस्किल अवस्थामा गुज्रिएको घरपरिवारलाई एक जना गाउँकै भद्रभलाद्मी व्यक्तिका रुपमा गनिने श्याम ओलिले नर बहादुरलाई विदेश पठाइदिने आश्वासन दियो।आर्थिकरुपमा निरीह जस्तै भैसकेको परिवारमा विदेशको गगनचुम्मी अस्त्रले आकर्षित गर्ने नै भयो । घरमा सबै सद्स्यबिच सर-सल्लाह भएमुताबिक विदेश जाने निणय गरेर बुडाले उक्त बेक्ती सङ्गै राजधानी काठमाडौ स्थित एक म्यानपावरबाट मलेसियाको लागि भिसा आबेदन दिए।उनी आबेदन दिएर घरमा फर्किए ।परिबार र बच्चा सङ्ग रमाउदै मेलापात गरेर खर्च धानिरहेका थिए।अचानक एक दिन काठमाडौबाट फोन आयो “एक लाख पैसा सहित तुरुन्त आएर उडानका लागि तयार रहन खबर गरियो”।बुडा भिषा लाग्यो भन्दा औधी खुसी त भए तर त्यति धेरै पैसा कसरी जुटाउने भन्नेमा तनाबले बर्जित भए।त्यसैक्रममा गाउकै एक जना जमिन्दार सङ्ग २० प्रतिशत ब्याजदरमा रिण गरेर आमा,भाइबहिनी,श्रीमति र कलिलो छोरालाइ बिरहको बेगमा मुर्छित भइ घरबाट बिदावारि भए।घरबाट बिदाइहुने क्रममा उनले भनेका थिए”म उहाँ पुगेर निरन्तर महिनाबारी तलब पठाउने छु जसअनुरुप यथासिघ्र रीण भुक्तान हुनेछ।केही पनि चिन्ता गर्नु पर्दैन आमा हजुर र सिता -छोराको सधै ख्याल गर्नु ,माया गर्नु”परिवारमा सदस्य संख्या बढेपछी खर्च धान्न निकै हम्मे -हम्मे भयो जसका कारण दुई छाक टार्न पनि आकाशको फल आँखा तरि मर भन्ने उखान सामिप्य भयो।अत्यन्त मुस्किल अबस्थामा गुज्रिएको घरपरिवारलाई एक जना गाउकै भद्रभलादमी बेक्तिमा गनिने श्याम ओलिले नर बहादुरलाइ विदेश पठाइदिने आशवासन दियो।आर्थिकरुपमा निरीह जस्तै भैसकेको परिबारमा विदेशको गगनचुम्मी अस्त्रले आकर्षित गर्यो।घरमा सबै सदस्यहरुबीच सर-सल्लाह भएमुताबिक विदेश जाने निर्णय गरेर बुडाले उक्त व्यक्ति संगै राजधानी काठमाडौ स्थित एक म्यानपावरबाट मलेसियाको लागि भिसा आवेदन दिए।

 

उनले आवेदन दिएर घरमा फर्किए भिसा आउने पर्खाइमा बसिरहे । परिवार र बच्चासंग रमाउदै मेलापात गरेर खर्च धानिरहेका थिए।अचानक एक दिन काठमाडौबाट फोन आयो एक लाख पैसा सहित तुरुन्त आएर उडानका लागि तयार रहन खबर गरियो । बुडा भिषा लाग्यो भन्दा औधी खुसी त भए तर त्यति धेरै पैसा कसरी जुटाउने भन्नेमा तनाबले बर्जित भए।त्यसैक्रममा गाउकै एक जना जमिन्दार सङ्ग २० प्रतिशत ब्याजदरमा रिण गरेर आमा,भाइबहिनी,श्रीमति र कलिलो छोरालाइ बिरहको बेगमा मुर्छित भइ घरबाट बिदावारि भए।घरबाट बिदाइहुने क्रममा उनले भनेका थिए”म उहाँ पुगेर निरन्तर महिनाबारी तलब पठाउने छु जसअनुरुप यथासिघ्र भुक्तान हुनेछ।केही पनि चिन्ता गर्नु पर्दैन आमा हजुर र सिता -छोराको सधै ख्याल गर्नु, माया गर्नु एवं सुरुको तलब पठाइदिसकेपछि आमा र आफुलाई नयाँ साडी किन्नु,भाइबहिनी र छोरालाई पनि नयाँ कपडा किनेर खुशी बनाउनु”।काठमाडौबाट २०६७ असार ४गतेको उडानबाट उनी ५ गते मलेसियामाको क्वालालम्पुरमा अबतरित भए।यात्रा क्रममा आमा,श्रीमती र छोराको सम्झनाले उनी दर्जनौ पटक बिरक्तिए पनि तर बाध्यता र विवशताले बाँधिएका थिए उनी।एयरपोर्टमा कम्पनी सन्चालक आएर उनलाइ कम्पनीतर्फ प्रस्थान गरायो ।

 

२ दिन सम्मको प्रशिक्षण दिलाएर उनलाई द मिराकल क्वालालम्पुर फर्निचर कम्पनीमा सहयोगिको रुपमा जिम्मेवारीमा खटाइयो। नेपालमा प्रति महिना पचास हजार हुन्छ भनेर आशवासन दिएको थियो तर समझदारी मुताबिक भएन।१४ घन्टा प्रतिदिन काम गरेपछी मात्र महिनाको २८ हजार मात्र हुने भो।ब्याजमा साउको रिण उनले पल-पल सम्झिएका थिए जसकाकारण विबशताको डोरिमा फसिएका थिए।दिनको अत्याधिक कामले गर्दा उनी समय -समयमा छटपटाउथे।मलेसिया आएपछी घरमा पुगे भनेर १ पटक मात्र फोन भएको थियो त्यसपशात खबर आदानप्रदान पनि भएको थिएन।करिब १५ दिनपछी गाउँकै पल्लारे दाईलाई फोन गरेर नेपालको बिहानी समयमा घरका आमा र श्रीमतिलाइ बोलाइदिन आग्रह गरे।उनका घरमा खबर पुगेपछी उनिहरु पल्लारे दाईको घरमा आइपुगे।निश्चित समयमै मलेसियाबाट बुडाले फोन गरेर आमालाई धैर्यधारण गर्न निरास नहुन सुझाए।त्यहिबखत श्रीमतिलाई भनेका थिए”तिम्रो र छोराको सम्झनाले मन-तन तड्पिएको छ फोटो हेरेर मन बुजाउन सुरु गरेको छु।अब आउने १५ दिनपछी तलब बुजेर घरमा पठाइदिन्छु सुरुवातमै दुनै सदरमुकाम गयेर आमा र तिमिलाइ नया साडी किन्नु,भाइबहिनी र छोरालाई पनि कपडा किनेर खुसी पार्नु बचेको साहुलाई दिनु”।

 

यस्तै अन्तरङ्ग कुराकानीपछि आमा-श्रीमती हुँदै हर्षित हुँदै घर फर्किए।बुडा पनि खुसी हुँदै काममा फर्किए।मनमा अनेकौ सपनाका बिम्बहरु बुन्दै कार्यमा ब्यस्त थिए।कतिखेर तलब कम्पनीले देला र घरमा पठाउला भन्ने विषय उनको मनमा तरङ्गित भैरहेको थियो।काम गर्ने दौरानमा अचानक काठको मुडा सङ्ग मेसिनमा उनको हात बेरिन पुग्यो।छट्पटीएका बुडाले त्यहाबाट मुक्त हुने अधिक यत्न गरे तर बिडम्ना पुरै शरीर नै मेसिनको बेगमा पेलिन पुग्यो।अथक प्रयासका बाबजुद उनको निधन भयो।कम्पनी सन्चालकले त्यसै दिन बेलुका बुडाको घरमा फोन गरेर मृत्युको खबर पुर्याउँदा घरमा सन्नाटा छायो।बिहानमात्रै फोनमा अब १५ दिन पछि तलब पठाउछु भनेको छोराको मृत्युको खबरले आमाको मन धजा-धजा भयो।उता श्रीमती पनि बिक्षिप्तताको उत्कर्षमा पुगेकी थियिन।घरमा आर्थिक आय-आर्जन गर्ने एउटा छोराको आशमा रहेकी आमाले भन्दै थियिन “म बुडिको त उमेर ढलिसक्यो अबउपरान्त बुहारी र छोराको साहारा पनि दैबले चुडेर लग्यो”।यो त काल्पनिक पात्रको रुपमा प्रेषित गरिएको छ यधपी कसैसंग मेल खेमा संयोगमात्र हुनेछ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.