पोल्यान्ड व्यक्ती परिचयमा आजका व्यक्तित्व हुनुहुन्छ । प्रकाश तिवारी , उहाँको जीवनी र संघर्षका कथाहरु :
जिबनको फेहरिस्त मन्दताको व्यग्रतामा बिम्बका तिलम्बाहरु सयर गर्ने डुङ्गा हो।मानिसको जीवन सायद डुङ्गाको चलायमान चल्ती-फिर्तिको आयाम सङ्ग निकटताको बाहाब चौरङ्गी भएको कटु यथार्थ पनि हो।सायद इतिहासका गौरबमय पाना केलाउने भने पनि वीर बलभद्रलाई यत्तिकै रहर -करले बिरताको साइनो गासिएको हैन।अंग्रेज़ सङ्ग युद्धको बेगमा समुन्द्रको छालको उपस्थितिमा झरनामार्फत बिरता प्रदर्शन गर्नु अदितिय क्षमता र साहसको उपमा हो।सायद अधिकाम्सलाइ बलभद्र हुने रहर किन नहुदो हो तर सबैलाई त्यो तक्माले बिभुषित गर्न सकिदैन।बिरता हुनुका पछाडि साहास,लगाब ,दृढता,इमान्दारिता र अनुशासनको अनुबन्धन हो जसको अन्तिप रुप नै सफलताको कडि हो।आज हामी यस्तै पात्र जिबनका अन्तरङ्गमा सफल कहलिएका प्रकाश तिवारीको सन्दर्भमा चर्चा -परिचर्चा गरिरहेका छौ।
२०३७ सालमा गुल्मिको सुन्दर नगरी मुसिकोट नगरपालिका -५,आपचौरमा बुवा चेतनारायण तिवारी र आमा बिजया तिवारिको पहिलो सन्तानको रुपमा धर्तिमा पाइला टेकेका तिवारी बाल्यकालदेखि नै बहुमुखी स्वभाबका थिए।हुने बिरुवाको चिल्लो पात भनेझै लगनशील ,इमान्दारिता र अन्तरमुखी उनका प्राय बनेर उदाए।अनौठो स्वभाबका तिवारी हरेक दिन दिब्य भगवानको आरधना गरेर नै विद्यालय अध्यनमा सामेल हुन पुग्थे।गाउले परिवेशमा हुर्किएका तिवारी जिबनको कुनै पनि क्षण तडकभडकको शैलिमा प्रेषित भएनन् ।आमा-बुवा,साथिभाइको सदाबहार पृय बनेका तिवारी अध्यनको शिलशिलालाइ शालिन स्वरुपमा ग्रहण गर्दै एस.एल.सि दुर्गा भवन माबी आपचौरबाट पूरा गरे।त्यो परिपेक्षमा अध्यनको शिलशिलालाइ कायम राख्नु भन्दा भारत जानुनै बेस हुन्छ भन्ने हडहडाहड चलेको थियो जुन दृश्यबाट तिवारी पनि दुर हुन सकेनन फलस्वरूप बुवा-आमाको अधिक प्रयाशका बाबजुत २०५४ मा उनले भारतको राजधानी दिल्लिको यात्रा सुरु गरे।यात्रा गर्ने क्रममा सपनाको भकारी सहजरुपमा शिलान्यास गरेर दिल्ली त आइपुगे तर जतिबेला होटलको काममा अनुबन्धन हुन पुगे जहाँ उनका लागि अभिसापको बाढी आए सरह नै भयो।
सुरुवातमा भाडा माझ्ने काममा लगनगाठो कसेका तिवारीका लागि ती दिन मृत्यु शैयामा छटपटाएको बिरामीको भन्दा कुनै कम थिएन।भर्खर -भर्खर बाल्य उमेरमा कामको आधिबेहरीमा सुचिकृत भएका तिवारी पटकौ -पटक रुदै जागिर छोडेर आफ्नै गाउको माधुर्य परिबारमा फर्कने सोच जागृत गरेका थिए यद्दपी सोचाइको तरङ्ग पैदा भएपनि ती कलिला हातको स्वरुप नै बिकुन भएपनि निरन्तरताको डोरि कसिरहे। भाडा माझ्ने क्रममै उनले सहयोगीको भुमिका निर्वाह गर्न सक्ने ल्याकत होटल सन्चालकले नजरअन्दाज गरेर पदोन्नति गरे।जतिखेर उनी सहयोगीमा पदोन्नति भए त्यतीखेर उनी औधी हर्षित भएका थिए।इमान्दारिता र कामप्रति उनले उच्च लगाब थप मजबुत गर्दै लगे परिणामस्वरुप प्रमुख किचन सेफमा अनुबन्धित हुन पुगे। दिल्लिस्थित होटलमा बिहान जागिरमा जाने राती बासस्थानमा आउने शिलशिला जारी नै थियो।अधिक कामको चपेटामा समाहित भएका कारण त्यो उच्च गर्मी र जाडोको छिड्छिडाउदो मौसममा जबर्जस्त निदाउनुको बिकल्प थिएन।दिल्ली यात्रा जारी रहेकै बखत काम गर्ने दौरानमा पोल्यान्ड आइपुगेका उनका जुवाइ रामचन्द्र न्यौपानेको बिशेष सहयोगमा तिवारी २०६३ सालमा पोल्यान्डको वारसवामा पाइला टेके।होटेल मन्डलाको प्रायोजनमा कुकमा भिषा प्राप्त भएअनुरुप उनी सुरुवातदेखिनै उक्त पदमै आसिन हुन पुगे।सुरुवाती चरणमा यहाँको भाषा-परिवेश निकै भिन्नता रहेका कारण कठिनाईका जडहरु उत्पन्न नभएका पनि हैनन् तर ती अबरोधका छालहरुलाइ चिर्दै उद्देश्यमा मुर्तीस्वरुप तल्लिन रहे।सानो झुपडिमा सन्चालनमा रहेको मन्डला होटललाइ उनको अथक मेहनत,लगाब र निरन्तरको दृढताले महलरुपी प्रारुपमा बदलिन पुग्यो।उनी सन्चालकका लागि बिगत देखि बर्तमानसम्म दरबिलो खम्बा भएर उदाइरहेका छन।तीन वोटा शाखाका ६० जना कामदारको नेतृत्व समालिरहेका तिवारी व्यवस्थापकीय पाटोमा पनि अब्बल ठहरियका छन् ।नामाक्नमा सन्चालक पोल्यान्डको स्थानिय व्यक्ति भए पनि होटलका हरेक जिम्मेवारी कुशलतापुर्बक निर्बाह गर्ने उनी मुख्य पाइलट हुन् ।उनले बिना आर्थिक भार गरिब ,बिपन्न लगायत अधिक नेपालीलाई पोल्यान्ड ल्याएर आर्थिक उपार्जनको दर्बिलो गन्तव्य तयार पार्ने एक सामाजिक अभियन्ता पनि हुन् ।पछिल्लो समय उनी गुल्मी समाज पोल्यान्डको अध्यक्ष पनि चयन भएका छन् ।बिगत एक दशक भन्दा बढि पोल्यान्डमा बस्दै आएका तिवारी यहाको भाषा,कानुन र परिवेशको मामिला पनि विशेष दख्खल राख्छन् ।उनको नेतृत्वमा सुरुवातमै गुल्मि समाज पोल्यान्डले दरबिलो प्रस्तुती दिइसकेको छ जसका कारण सस्था स्थाही रुपमै बलियो हुने सन्केत देखिन्छ।सापेक्षरुपमा बिस्लेष्ण गर्दा तिवारी सफलताप्रेमिका एक कुशल सम्बाहक हुन।
प्रस्तुति :कलश खरेल