एन आर एन ए पोल्यान्डको आयोजनामा वारसवामा दशै कार्यक्रम भब्य रुपमा सप्पन्न

कलश खरेल वारसवा पोल्यान्ड

बाध्यता-बिबशता र उद्देश्य प्राप्तिका निम्ति नेपालीहरु बिदेशी विभिन्न ठाउमा पुगेको पृष्ठभुमिमाबाट पुष्टि हुन्छ।आफ्नो,गाउँ-ठाउँ,घर-परिबारको ती कल्पिएका सम्झनाहरुले घुट्घुटी चीत्कार गरेको हुन्छ।अलब्य स्मरणहरु पुनर्ताजगी गर्न ,चाड्पर्बको समयमा एक्लोपनाको महशुसलाई अन्त्य गर्न ऐतिहासिक सस्कृती-परम्परामा समाहित बिजयादशमी लाई जिबन्त राख्न बिगतका बर्षजस्तै यस बर्ष पनि गैर-आबासिय नेपाली सघ (एन आर एन ए )पोल्यान्डले पोल्यान्डको वारसवामा दशै शुभकामना आदानप्रदान एबम टीका ग्रहण कार्यक्रम भब्य र सभ्य रुपमा सम्पन्न गरेको छ।
FB_IMG_1540121411826

उक्त भब्य र सभ्य कार्यक्रममा एन आर एन ए पोल्यान्डका सस्थापक डा.बोधराज सुबेदीले शुभकामना दिदै हरेक क्षेत्र र ठाउका नेपालीहरु एउटै स्थानमा एकीकृत भएर एक-आपसका अन्तरङ्ग भावना साट्दै दशै उत्सब मनाउन अबसर पाउनु सबैका लागि गर्बको बिषय भएको बताएका थिए।आफ्नो बुवा-आमा र आफन्तजनबाट दुर रहेरपनि प्रदेशमा मान्यजनबाट टीका ग्रहण गर्ने अबसर मिल्नु उत्साहपर्द क्षण भएको सुबेदिले उल्लेख गरे । FB_IMG_1540121471308
उक्त अबसरमा पानी अभियान कर्ता तथा अन्तरास्ट्रिय नेपाली कलाकार समाज (इनास ग्लोबल)का उपाध्यक्ष मित्रलाल पार्देले निकै भाबुक मुद्रामा भनेका थिए”जसरी बिदेशी भुमिमा रहेर पानीबाट बन्चित ती प्यासी नागरिकको आशाको दियोलाइ हरेक घरमा धारा जडान गरेर सपनाका बहाबलाइ यथार्थमा बदल्न अहोरात्र खटिएका थियौ त्यो सफलताको उचाइमा पुग्दा बिदेशिएका नेपालीको देशप्रतिको महानता पुष्टि भएको छ”।नेपाल छोडे पनि आफ्नो धर्म -सस्कृती,परम्परा जिबन्त राख्न नेपालीहरु तल्लिन हुन्छन भन्ने गर्बिलो उदारहण एन आर एन ए पोल्यान्डले दशै कार्यक्रम आयोजना गरेर होस्टोमा हैसे गरेको पार्देले बताए।
FB_IMG_1540121505011
उदघोषक सुजन परियारको उत्कृष्ट सम्योजनमा सन्चालित कार्यक्रममा प्रबासी नेपाली एकता मन्चका सम्योजक टक कटुवाल,जनसम्पर्क समिती पोल्यान्डकि सभापती डाक्टर एलिनी पोखरेल सुवेदी , गुल्मी समाजकी रिता न्यौपाने, इनास पोल्यान्ड प्रतिनिधि अमित कुमार यादव लगायतले शुभकामना मन्तब्य व्यक्त गरेका थिए।उक्त अबसरमा गुल्मी समाज पोल्यान्डका अध्यक्ष प्रकाश तिवारी,बैज्ञानिक टि.पि अधिकारी,पत्रकार एबम पोल्यान्ड नेपालका सम्पादक कलश खरेल लगायत बिभिन्न संघ -सस्थाका प्रतिनिधिको समेत उपस्थितिमा हरेक बर्ष जस्तै यस बर्ष पनि पोल्यान्डमा यो वर्ष भरी जन्मेका नेपाली बालबालिकालाइ डा सुबेदी दम्पतिले उपहार बितरण गरेका थिए।FB_IMG_1540121531445
कार्यक्रममा कलाकारहरु गुन्जन न्यौपाने,करिसमा खड्का ,सुस्मिता तुलाधर,मञ्जिना नापितको  मनोमहक नृत्य र गायक नवीन पुलामिको जादुमय आबाजमा लोकगीत सन्चार गर्दा अधिकाम्स दर्शकहरु झुमेका थिए भने बिबश तिमिल्सिनाको उत्कृष्ट गजल प्रस्तुतिले कार्यक्रममा थप रोनकता छाएको थियो।
FB_IMG_1540121255685
उक्त कार्यक्रमलाइ प्रमुख प्रायोजक सोलानो जस्टे,प्रायोजक लक्स होस्टेल २४,स्नेहा टच अफ इन्डिया,हिमालय यति होटल तथा सह-प्रायोजक लिटल इन्डियाले गरेर आर्थिक रुपमा सहजीकरणको भुमिका निर्बाह गर्दा आयोजकलाइ पक्कै पनि सहजता भएको अनुमान लगाउन सकिन्छ।रोचक बिषत त हास्य कलाकार फुर्मा साङ्गे लामाको व्यंग्यात्मक प्रस्तुतिले दर्शक -दिर्घामा हासोको तरङ्गनै पैदा भएको थियो भने डी जे भाइरलको सम्योजनमा विभिन्न गीतहरुमा दर्शक नाचेर आनन्द लिएका थिए।पुजापाठ रामचन्द्र न्यौपानेको अगुवाइमा पुर्ण भएपश्चात टीका ग्रहण सुरु भएको थियो ।एन आर एन ए पोल्यान्डका अध्यक्ष गोपाल राइको सभापतित्वमा सन्चालित उक्त कार्यक्रममा कलाकारहरूलाई सम्मान समेत गरिएको थियो।
उक्त कार्यक्रमका केही झलकहरु :

FB_IMG_1540121264796
FB_IMG_1540121403266

FB_IMG_1540121271760

FB_IMG_1540123128506

 

 

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.