२० अक्टोबर, वार्सवा । आफ्नो शुभ जन्म दिन तथा बडा दशैँको सन्दर्भ पारेर गैर आवासीय नेपाली संघ एन आर एन ए जर्मनीका अध्यक्ष श्री बिजय मोक्तानले पानी अभियानलाई रु ५० हजार पानी अभियानका लागि सहयोग गरेका छन् । मोक्तानले आजै पानी अभियानको बैंक खातामा सहयोग रकम जम्मा गरेको खबर पानी अभियन्ता मित्रलाल पार्देले आफ्नो फेसबुक मार्फत सार्बजनिक गर्नु भएको छ । मोक्तानजीले आफ्नो फेसबूकमा “मित्र लाल पार्दे जि, हरेक घरमा धारो होस् हरेक गाउँमा सिंचाइ होस् तपाईंको यो महान सोचाई बिचार ले निरन्तरता पाओस् कुनै पनि हालतमा तपाइको यो अभियान सफल होस् भन्दै यस तपाईंको महान कार्य पानी अभियान मा मेरो जन्म दिनलाई रक्सी झोल भतेरमा खर्चिनु भन्दा तपाईंको महान कार्यलाई सानो भए पनि मद्घत गर्ने सोचको साथ हामीले मेरो परिवार सँग सल्लाह गरेर ५०,००० पचास हजार रुपैया दिने निर्णय गरियो र बैंक मार्फत आज नै पठाइएको छ ” भन्दै शुभकामना ब्यक्त गर्नु भएको छ । साथै उहाँ सहयोग रकम पठाएर अगाडि लेख्नु भएको छ ;
मिती कार्तिक १ ( अक्टोबर १७ ) र तिथी अनुसार बिजय दशमी टिका को दिन पर्न गएको मेरो जन्म दिन मा शुभ आशिस दिनु हुने सम्पूर्ण आफन्त परिवार जन, इष्ट मित्र ,साथी सङगिनीहरुमा हृदय देखी हार्दिक आभार ब्यक्त गर्दछु।
यस जन्म दिन र बिजयी दशमी को सुअबसरमा अरु धेरै गर्न नसके पनि हरेक घरमा धारो होस् , हरेक गाउँमा सिंचाइ होस् भनेर निरन्तर संघर्ष गरिरहेका पानी अभियन्ता पोल्याण्ड निवासी मित्र लाल पार्दे जि को प्रयासलाई सानो भए पनि राहत मिलोस भन्ने सोचका साथ ५००००,०० नेपाली रुपैया चन्दा प्रदान गर्दै मनाइयो।
पुन सबै आफन्त परिवार जन ,इष्ट मित्र र साथी सङगिनीहरु सम्पूर्णमा हार्दिक धन्यवाद सहित बिजय दशमी को हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु।
बिजय मोक्तान परिवार
हेर्ने एनआरडब्लु जर्मनी
बिगत लामो समय देखि पोल्याण्डबाट नेपालको तिर्खाएको गाउँमा पानी अभियान गर्दै आएका पार्देजी ले मोक्तानजीको यो महान सोचाई प्रति सलाम गर्दै बिजया दशमीको दिन यति राम्रो सहयोग पाएकोमा आफुलाई पानी अभियान सफल बनाउन अझै उर्जा मेलेको लेखेका छन् । पर्देजीले अझै अगाडी मोक्तानजीको सधन्यवाद परिवारको सुखासम्बृद्दीको कामना गर्नु भएको छ ।