आफ्नी स्वर्गीय आमा मोहन कुमारी सापकोटाको पुण्य तिथिको अवसरमा घोराही ४ सुनपुर दाङमा चलिरहेको पानी अभियानको लागि नवलपरासी दुम्किवासका हाल पोल्यान्डबाट श्री गणेश सापकोटाले रु १० हजार पाच सय सहयोग गरेका छन् ।
कुनै पनि व्यक्ती पानी पिउनबाट बन्चित हुन नपरोस् भनेर शुरुवात भएको पानी अभियानमा आफ्नै पूजनीय आमाको सम्झनामा स्वस्फूर्त रुपबाट सहयोग गर्न पाउदा आफूलाई धेरै खुशी लागेको छ र आमाको सम्झना मैले यसै गरि हरेक समय पाउ भनेर श्री सापकोटाले बताए ।
हरेक घर धारो होस् , हरेक गाउँ सिंचाइ होस् नारामा केन्द्रित भएर शुरुवात गरिएको पानी अभियानमा देश बिदेशबाट सहयोगी हातहरु स्वस्फूर्त अगाडि बढिरहेका छन् ।