महान चाड दशै ,हामी  प्रदेशीको लागि अभिषाप

received_159590191649402

नुमनाथ न्यौपाने वारसवा पोल्यान्ड

नेपाल एक बहुधार्मिक बहुभाषिक र बहुसास्कृतिक देश हो ।यहाँ सय भन्दा बढी जातजाती छन् र धेरै किसिमका भाषाहरु बोलिन्छन् ,तर पनि नेपाल बहुसंख्यक हिन्दु जनता भएको देश हो र यहाको मुख्य चाड को रुपमा दशै लाई मनाउने गरिन्छ ।चाड्पर्ब भनेको दाजुभाई साथिभाई तथा आफन्तजनसङ्ग भेटघाट गर्ने माध्यम तथा स्वर्णिम अबसर हो ।

यसैक्रममा “असत्य माथि सत्यको बिजय” भएको सम्झनामा दशैलाई मनाउने गरिन्छ,यसको पहिलो दिन घटस्थापना हो र उक्त दिन बिबिध पुजाआराधना गर्दै बिधिबत ढङ्गबाट जमरा जमाईन्छ र प्रत्येक दिन फरक फरक प्राणिको पुजा गर्दै यो दस दिन सम्म मनाईन्छ र दशौ दिन बिजया दशमी मनाईन्छ,यस दिन आफुभन्दा अग्रज ब्यक्तिहरुबाट टीका ग्रहण गर्ने तथा आशिर्वाद ग्रहण गर्ने गरिन्छ।
जब चाडपर्व आउँछ गाउघरमा चहलपहल बढ्दै जान्छ ,बिदेशिएका हरु दशै मनाउन घर आउने क्रम जारी हुन्छ,गाउँ छोडी शहर गएका हरु पनि गाउँ फर्कने क्रम जारी हुन्छ यसैगरी नै दशै को रमझम चलिरहेको हुन्छ तर जो कामको लागि प्रदेशिएका हुन्छन उनिहरुका लागि यो समय पिडादायी हुन्छ किनकी चाहादा चाहदै पनि कसैको छुट्टि मिल्दैन त कसैको आर्थिक अभाबको कारणले हुन्छ,जब दशैको चहलपहल शुरु हुन्छ साथिभाई आमाबुवा तथा आफन्तजले आफ्नो देश बाट बारम्बार आउन आग्रह गरिरहेका हुन्छन् त अर्को कुरो घरखर्च भन्दै पैसाको माग गरिरहन्छन् ,तर यता आफुलाई रातदिनको कामको बोझले गर्दा दशै आएको हो कि न आएको हो थाहा नै हुदैन ।

जब बसिन्छ एकान्तमा अनि फेसबुकमा गाउघर को चाडपर्व को चहलपहल देखिन्छ अनि मन सम्हाल्न पनि गार्हो हुन्छ ।अनि याद आउछन् ती पुराना दिन हरु गाउघरमा साथिभाई सङ्ग पिङ्ग खेलेका,दशै आयो भन्दै घर अनि स्कुल लिपपोत गर्दा रङ्घरुले साथिहरु सङ्ग छ्यापाछ्यप गरेको , दशैको बिदा स्कुल जान नपर्ने रातदिन साथिभाई सङ्ग घुमेको अनि साथिहरु सङ्गै बसेर तास खेलेको ,त्यसपछी त मन झनै असह्य हुन्छ अनि सोचिन्छ ति साथी हरु अहिले कहाँ होलान् गाउँ मै होलान् कि बाध्यताबश म जस्तै प्रदेशिएका होलान् उनिहरु पनि अनि सम्झिन्छ र फलानो साथी सङ्ग कुरा गर्नु पर्यो भनेर सम्पर्क गर्न तिर लागिन्छ ,त्यो साथिले पनि आफू घर जान नपाएको पीडा सुनाउँछ अनि मन मा केही राहत मिलेजस्तो हुन्छ म मात्र रहेनछु मेरो साथी पनि अहिले प्रदेशमै रहेछ भनेर उ सङ्ग पहिले का याद हरु साटासाट गरिन्छ ।
यसरी नै प्रदेशी नेपालीहरुको दिन बितिरहेको हुन्छ र जब दशमी दिन मा केही समय निकालेर भए पनि दाजुभाई दिदी बहिनीहरु जम्मा भएर टीका लगाउने निधो गरिन्छ त्यसमा पनि एक दुई घन्टा को लागि भएपनि सबै जना जम्मा भएर टीका लगाएर आफ्नो मन लाई शान्ती पार्ने प्रयास त गरिन्छ तर आफ्नै गाउघरमा दशै को टीका लगाएर बुवा/ आमा,दाजु दिदि भएर मामा घर मा गएको टीका लगाएको अनि अनि मामा माइजू सङ्ग बाट दक्षिणा पाएको ,कोहि ससुरालि गएर टिका लगाएको याद बिर्सन सक्दैनन् १/२ घन्टा निधारमा टीका लगाएर मनलाई सन्तुष्टि पार्दै फेरि त्यो टिकालाई पुछेर आ आफ्नो काम मा लागिन्छ ,यसरी नै प्रदेशिको चाडपर्व केहि मनका पिडाहरु लाई मत्थर पार्दै बिगत का याद हरु सम्झिदै ,परिवार सङ्ग चाडपर्व मनाउन नपाउदाको पीडा लाई आत्मासात गर्दै बितिरहन्छ र आफू आफ्नो देश आफ्नो सस्कृती ,आफ्नो परिवार छोडेर बिरानो देशमा आएकोमा आफ्नो सस्कृतिलाई चाडपर्व लाई कुनै स्थान नपाउने ठाउमा अरुको सस्कृतिमै रमाउन बिबश भएकोमा आत्मग्लानी भैरहन्छ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.