बिनोद आचार्य
बिदेशमा दशै आएन
ठुलो सपना देखेको भाइले बिदेशमा आफ्नो भाषा पाएन
तल माथि उफ्री हिड्ने गाउँ अनि खेत बारी पाखा पाएन
छिमेकी ,गााउँले ,इस्ट मित्र,समाज अनि लोक भाका पाएन
यो बिरानो ठाउमा दशैं तिहार आएन !!
बिहान उठ्दा बाबु भन्दै खाटमै चिया पुर्याउने आमाको माया पाएन
केहि इलाम गर अब भन्दै दिनरात कराउने बाबाको गाली पाएन
भान्जा- भान्जी भन्दै गर्ने स्नेही मामा -माइजु पाएन
यो बिरानो ठाउमा दशैं तिहार आएन !!
घोर्ले खसी रातो टिका अनि जमराको छाया पाएन
तिहार को झिलिमिली अनि देउसी भैलो भाका पाएन
दाजु -भाइको जयहोस भन्दै पुज्ने दिदि बहिनीको माया पाएन
यो बिरानो ठाउमा दशैं तिहार आएन !!
धर्म संस्कृति ,भेष अनि नेपाली मनको लय पाएन
एकै छिन है भन्दै सुस्केरा हालेर आराम गर्ने खेतको आली पाएन
त्यो मेरो देशको जस्तो पबित्र हावापानी पाएन
यो बिरानो ठाउमा दशैं तिहार आएन !!