कलश खरेल /एस. डी. अर्पण
१४ अक्टोबर, वार्सवा । निकै व्यग्रताका साथ प्रतीक्षा गरिएको नेपाली चलचित्र छक्का पञ्जा -३ ले पोल्याण्ड बासी नेपाली दर्शकलाई गएराति वार्सावा स्थित किनो लुना फिल्म हलमा गरिएको प्रदशर्नमा एकछत्र रुपमा मन्त्रमुग्ध बनाएको थियो।फिल्म हल नेपाली दर्शकको लामबद्ध भिडले खचाखच भरिएको थियो।सायद नेपाली फिल्मको इतिहासमा युरोपियन देश पोल्याण्डमा छक्का पन्जा ३ ले एेतिहासिक आयाम कोर्न सफल भएको छ।अधिकांस दर्शकले छक्का पन्जा ३ हेरेर मनमा उत्साह – हौसला पैदा भएको बताएका थिए।समाजमा रहेको यथार्थ बिकृतिलाई पर्दामा समेटिएको सन्दर्भमा यो फिल्म अहिलेसम्मकै उत्कृष्ट र सबल भएको सम्पुर्ण दर्शकले एउटै स्वरमा आवाज गुन्जन गरेका थिए।त्यसै क्रममा पोल्याण्ड नेपालले विभिन्न दर्शकको प्रतिकृया पनि लिएको थियो।उक्त अवसरमा गुल्मी समाज पोल्यान्डका अध्यक्ष प्रकाश तिवारीले नेपाली समाजमा रहेको हैकम प्रबृत्तिले समाजको विकासक्रमलाई थिलोपिठो पारेको छ भन्ने यथार्थ पाटोलाई फिल्मले उकेलेको बताएका थिए।त्यसैगरि पानी अभियान कर्ता एवं अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज(इनास ग्लोबल)का उपाध्यक्ष मित्रलाल पार्देले समाजिक परिवेशको यथार्थ बिकृती बिसङ्गतिलाई उजागर गर्नु अत्यन्त गर्वको विषय भएको यधपी अझै पनि हैकमवादमा शिक्षामा राजनीति हुनु निन्दनीय विषय भएको औंल्याए थिए।विशेष प्रतिक्रिया लिने क्रममा अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) पोल्याण्डका अध्यक्ष श्री कृष्ण न्यौपानेले सामुदायिक विद्यालय र निजि विद्यालयबीचको शैक्षिक यथार्थ धरातललाई पर्दामा चित्रण गरिएको सेरोफेरोमा फिल्म सबै पक्षबाट सर्बोउत्कृस्ट रहेको बताए।नेपाली मौलिकता ,सामाजिक परिवेश,सस्कृंती र परमपरालाई समायोजन गरेर फिल्म निर्माण गरेमा आगामी दिनमा नेपाली फिल्म प्रतिको मोह थप वृद्धि हुने छक्का पन्जा ३ ले प्रमाणित गरेको छ। झन्डै ३३० को हाराहारीमा दर्शक श्रोताको उपस्थिति रहेको पोल्याण्डका लागि वितरक तथा संयोजक गरेका सुरज कार्कीले दर्शक श्रोतहरुको उल्लेख्य उपस्थितिले आफुलाई आगामी दिनमा अरु राम्रा चलचित्र ल्याउन अझै हौसाएको बताउछन् ।
उत्कृष्ट कथा तथा दमदार अभिनय
चलचित्रमा सबैभन्दा बलियो पक्ष कथा वस्तु नै मानिएको छ । खानी डाँडामा रहेको सरकारी विद्यालयमा घिनलाग्दो राजनीतिले गाजेर बिद्यार्थीहरु एस ई ई परिक्षा कसरी पास गर्ने कुरामा एउटा गम्भीर प्रश्न खडा हुन्छ । लगातार चार-चार वर्ष एस ई ई मा जिरो रिजल्ट हुँदा विद्यालय बन्द हुने स्थितिमा पुग्छ । त्यहि रहेको निजि विद्यालयमा पढ्नेहरुमा प्रशस्त भिन्नता देखिन्छ । कमजोर प्रशासकीय ब्यबस्थापन, शिक्षकको लापरवाही जस्ता कुराले गरिबका छोराछोरी पढ्ने विद्यालय ठुलाबडाले गाउँका नेता, काजीहरुले राजनीति गर्ने ठाउँ मात्रै बनाएका छन् । त्यसै क्रममा हेडमास्टरकि छोरी शहरबाट गाउँमा आउछिन् र विद्यालयको नाजुक अवस्था देखेर आफु नै अंग्रेजी शिक्षिका बनेर सेवा गर्छिन् । तर निजि विद्यालयका संचालक तथा सरकारी विद्यालय कै संचालकलाई त्यो कुरा मन पर्दैन । कुनै ठाउँको फोहोर पखाल्नु छ भने त्यसै भित्र आफु छिर्न पर्छ भन्ने मान्यता राखेर उनी काजी कै घरमा बुहारी भएर भित्रीएर त्यहाँको मैलो पखाल्न अनेक प्रयास गर्छिन् खोज्छिन तर दुर्भाग्य उनको त्यो प्रयास पनि सफल हुन पाउँदैन । अन्तत: उनी आफ्नो पुन: शहर नै जान्छिन् र आफु अष्ट्रैलिया नै जाने निर्णय गर्छिन् र राजासँग सम्बन्ध बिच्छेद माग्छिन् । तर चलचित्रमा राजाको प्रयासले काम गर्छ र सुखद अन्त्य हुन्छ । त्यस चलचित्रको संवाद एकदमै राम्रो छ । चलचित्र हेरुञ्जेल कलाकारले बोल्ने संवादहरुले दर्शक श्रोतालाई हसाउँदै भरपुर मनोरंजन प्रदान गर्न सफल भएको छ ।
कलाकारहरुमा राजाको भूमिकामा दिपक राज गिरी, हेडमास्टरकी छोरी दिपिका प्रसाईं, माग्ने बुढा केदार घिमिरे, बुद्धि तामाङ्ग, थानेश्वर शिक्षकको भूमिकामा जितु नेपाल, पण्डितको भूमिकामा किरण के सी, काजि निर शाह, हेड मास्टर शिव हरि पौडेल आदिको भूमिका प्रसंसा योग्य छ । त्यसका अलावा अतिथि भूमिकामा आएका प्रियंका कार्की, दिपा श्री निरौला हरुको भूमिका पनि राम्रो छ । त्यस्तै दिपा श्री निरौलाले निर्देशन गरेकी यस चलचित्रमा आफ्नो निर्देशकीय क्षमता एक पल्ट फेरि अब्बल रुपमा देखाएकि छिन् । त्यस्तै गीत संगीतमा पनि यो चलचित्र अब्बल मानिएको छ। दुई वटा गीत रहेका “पहिलो नम्बरमा र पछि कालै पल्किन्छ चलचित्र प्रदर्शन अगाबै हिट भएका छन् । आमा सरस्वति मुभिज तथा आइ एम ई के प्रतुत गरेको यस चलचित्रलाई बिपिन मल्लले सम्पादन गरेका छन् भने निर्माण सुमन गिरि, शिवहरि पौडेल, किरण केसी तारा चन्द्र घिमिरे, पुरुषोत्तम प्रधान, दिपेन्द्र खनिया र केशब न्यौपानेले संयुक्त रुपमा गरेका छन् । चलचित्रको कमजोर हेर्दा अन्त्य निकै छिटो सुखद मोड लिएको देखिन्छ । विद्यालयमा भोज खाएको विडियो, फोटोहरुलाई आधार मानेर कारबाही गर्न आएको आधिकारी मन्त्रिको एक फोनले कारबाही गर्न नसक्नु, खिचिएका फोटोहरु सामाजिक संजालमा भईरल बनाएर पनि कारबाहीको लागि दबाब दिन सक्त्यो तर त्यस्तो केहि गरिएन। तर टेलिभिजनको प्रत्यक्ष प्रशारणले तुरुन्तै सकारात्मक परिवर्तन आउनु आफैँमा अपत्यारिलो जस्तो लाग्छ । पहिले टेलिभिजनमै काम गरेकी हेडमास्टरकी छोरीले टेलिभिजनको सहयोग पहिले नै लिएर प्रशरण गर्न सक्थी तर त्यसो नगरी आफ्नो बाबुको गाजिर ढाक छोप गर्न खोजे जस्तो भान हुन्छ। त्यसै गरी अथिति कलाकारहरुको उपस्थिति त्यति सान्दर्भिक नदेखिए पनि चलचित्र समग्रमा राम्रो बनेको छ।आज पोल्याण्डको अर्को शहर उचमा यस चलचित्रको दोश्रो प्रदर्शन गरिदैँ छ।
हामीले चलचित्र हेरी सके पछि केहि दर्शक श्रोतहरु सगँ चलचित्र बारे केहि प्रतिक्रिया लिएका थियौँ, प्रस्तुत छ दर्शक श्रोताले दिएका प्रतिक्रिया तलको विडियोमा…