कलश खरेल वारसवा पोल्यान्ड
हरेक नेपाली जन-जनको लागि बिजया दशमी महान पर्व हो। आमा-बुवा दाजुभाइ -दिदिबहिनी ,साथिभाइ एबम आफन्तजन्हरुसित भेटघाट गरि बर्षौदेखीको दुरीलाई निकटतामा बदल्ने,भावना हरु साटासाट गर्ने एबम मान्यजनबाट आशिर्वाद गर्हण गर्ने भब्य पर्बको रुपमा बडादशैलाइ परापुर्बकालदेखि नै मान्दै आएको ऐतिहासिक पृष्ठभुमि छ।बिबिध कारणबश बिदेशीएका नेपालीलाई यस्ता पर्बले निकै नै आफ्नो -घरपरिवारको अबिस्मरणिय सम्झनाले झकझकाएको छ। नैराश्यतालाइ केही हदसम्म दुर गर्न एबम आफ्नो सस्कृती र परम्पराको प्रारुपलाइ जिबन्त राख्न गैर आबासिय नेपाली सघ पोल्यान्डले पनि बिगत बर्षहरु जस्तै यस् बर्ष पनि दसैं बिशेष कार्यक्रम गर्ने भएको छ ।
बिजया दशमीको अवसरमा गैरआवासीय नेपाली संघ पोल्यान्डले अक्टोबर १९ गते पोल्यान्डको राजधानी वारसवामा बिशेष दसैं कार्यक्रम गर्ने भएको छ । हरेक बर्ष आफ्नो दसैं कार्यक्रममा नेपालीहरुलाई जमघट गराउदै आएको एन आर एन ए पोल्यान्डले यो बर्ष पनि सान्स्कृतिक कार्यक्रमको साथमा एक आपसमा नेपाली चाड पर्वलाई उल्लसमय रुपमा मनाउने सोच अनुरुप अगाडि बढेको जानकारी एन आर एन ए पोल्यान्डका अध्यक्ष गोपाल राइले दिएका छन् । यो बर्ष नेपाली खाना परिकारको साथमा भरपुर मनोरन्जन गर्न सकिने जानकारी आयोजकले दिएको छ ।
आयोजक गैर आवासीय नेपाली संघ पोल्यान्डले एक सूचना मार्फत पोल्यान्ड भएका सम्पूर्ण नेपाली तथा बिदेशी दाजुभाइ एवम दिदीबहिनिहरु सबैलाई उपस्थिती हुनको लागि हार्दिक अनुरोध गरेको छ । उक्त कार्यक्रमको लागि एन आर एन ए सदस्यहरुलाई वा अग्रिम बुकिङ गर्नेहरुलाई ३५ ज्लोटी र उसै दिन बुकिङ गर्नेलाई ४० ज्लोटी शुल्क तोकिएको जान्कारी पनि दिएको छ ।
सूचनामा जानकारी दिएको छ ।
आदरणीय पोल्याण्डबाशी नेपाली दाजुभाई, दिदिबहिनी एबम नेपालप्रेमि महानुभाबहरु सादर नमस्कार!
गैर आवाशिय नेपाली संघ पोल्याण्ड NRNA Poland को आयोजनामा बिगतका बर्षहरुमा झै यो बर्ष पनि नेपालीहरुको महान चाड बिजया दशमी २०७५ को पावन उपलक्ष्यमा ” शुभकामना आदानप्रदान कार्यक्रम ”
निम्नानुसार गर्ने ब्योहरा सम्बन्धित सबैको जानकारीका लागि सुचित गर्दै उपस्तिथिका लागि सादर अनुरोध गरिन्छ!
कार्यक्रम = बडा दशै एबम तिहार २०७५ शुभकामना साँझ
मिति = 19 अक्टोबर २०१८
स्थान = TORO Club
ul. Marszałkowska ७२ (wejście od ul. Skorupki)
00-545 Warszawa
समय = प्रबेस खुल्ला १८:०० बजे बेलुका देखी (कार्यक्रम तालिका पछि जानकारी गराईने)
कार्यक्रम का आकर्षण
प्रबेस शुल्क: ४० ज्लोती, एन आर एन सदश्य र अग्रिम बिक्री ३५ ज्लोती ( खाना सहित )
# शुभकामना आदानप्रदान एबम टीका ग्रहण
# गायन तथा नेपाली नृत्य प्रस्तुति
# बिबिध साहित्यिक ; सास्कृतिक एबम मनोरन्जनात्मक प्रस्तुति !
# लोक दोहोरी कार्यक्रम (गायन,न्रित्य र लोक दोहोरिमा भाग लिन चहानेले १८ अक्टोबर २०१८ सम्म २
देखि ५ जना सम्मको टिम बनाई NRNA poland का पदाधिकारी संग सम्पर्क
गर्नु पर्ने, उत्कृष्ट प्रस्तुतिलाई आकर्षक उपहार प्रदान गरिने!)
# बालबालिका लागि मनोरञ्जनात्मक खेल