बेल्जियम स्थानिय चुनावी मैदानमा नेपाली मुलका उम्मेदवारले मार्लान त बाजी

कलश खरेल
११ अक्टोबर, वार्सावा। निकै चासो र ब्यग्रताका साथ हेरिएको बेल्जियम स्थानीय चुनावमा सबैको ध्यान आकर्षित भएको छ।आगामी अक्टोबर १४ तारिखमा हुन गइरहेको स्थानीय र प्रादेशिक निर्वाचनमा नेपाली समुदायका झन्डै एक दर्जन नेपाली उम्मेदवार चुनावी मैदानमा खरो रुपमा उत्रीएका छन।खासिय विषय त नेपाली उम्मेदवारले त्यहाँका जनताको अभिमत आफुतिर तान्न के -कस्तो चुनावी एजेन्डा तय गरेका छन् भन्ने सन्दर्भमा बेल्जियम बासि जनताले ध्यानपुर्वक हरीरहेका छन्।यहि सेरोफेरोलाई मध्यनजर गर्दै नेपाल पत्रकार महासंघ युरोप शाखाले मङ्गलबार उम्मेदवारहरु सगँ विशेष अन्तरक्रिया कार्यक्रम सन्चालन गरेको थियो।त्यहाँ बसोबास गर्दै आइरहेका नेपालिहरुले सत्तासिन, प्रतिपक्ष लगायत ६ दलबाट औपचारिक उम्मेदवारी दर्ज गरेका छन।उम्मेदवारहरुको चुनावी एजेन्डा, घोषणापत्र, प्रतिबद्धता विषयमा पत्रकारहरुले चटिलो प्रशन राखेका थिए।जबाफमा सहभागी उम्मेदवारहरुले जनतामुखी, विकासमुखी एजेन्डा रहेको खुलस्त पारेका थिए।नेपाली उम्मेदवारहरु विभिन्न ठाउँ र शहरबाट उठेको परिपेक्षमा संख्याको हिसाबले अधिक लुभेन शहरबाट मात्रै ५ जनाले उम्मेदवारी दर्ता गरेका छन्।लुभेन नगरपालिकामा पटक-पटक चुनाब जित्दै आएको सोसलिस्ट पाटी एसपिआले सुर्य ढकाललाई उम्मेदवार बनाएको छ भने समाजबादी-कम्युनिष्ट पाटिको रुपमा कहलिएको पिभिडिएले लोक राना मगरलाइ प्रतिस्पर्धामा उतारेको छ।यसैगरी उक्त नगरपालिका अरु राष्ट्रिय पाटिहरु सिडिएड्भिले रश्मि निरौला र ग्रीन पार्टीले बलिराम झालाई मैदानमा उतारेको छ।आप्रवासीप्रति कठोर नीति लिएको एनभिआले कृष्ण क्षत्रीलाई अगाडि सारेको छ, भने अर्कातर्फ भलाम्स क्षेत्रमा पिभिडिए पाटिले डिल्लिराम भण्डारीलाई प्रदेश साम्सदको उम्मेदवारमा उठाइएको छ।उक्त अन्तरक्रियामा सम्बन्धित सबै उम्मेदवारले जनताको मन जितिसकेको अवस्थामा जित सुनिश्चित जस्तै भएको दावी गरेका थिए।बेल्जियमको अर्को चर्चित ब्यापारिक शहर अन्त्वेर्पेनबाट लिला शर्मा मानन्धरलाई सिडिएड्भि पाटिले प्रदेश साम्सदको रुपमा दर्ज गरेको छ।सोही पार्टीले अर्को विलरीक शहरबाट श्याम श्रेष्ठ, एसपीआले ओस्तंडेबाट शोभा लिम्बु र दिएसएबाट किसन केसी अन्त्वेर्पेन शहरको स्थानीय निकायमा उम्मेद्वार बनेका छन्।

43610068_640688699665935_8271259469019611136_n

बेल्जियमको प्रमुख पर्यटकीय शहर मानिने ब्रुज़बाट एनभीआ पार्टीले कुशल श्रेष्ठलाई उम्मेद्वार बनाएको छ। उनी सबैभन्दा कान्छा नेपाली मूलका उम्मेद्वारको रूपमा प्रतिष्पर्धा गर्दैछन्।बलिराम झा, लीला शर्मा मानन्धर, सूर्य ढकाल र कृष्ण क्षेत्री नेपालमा नेपाली कांग्रेससंग आबद्ध थिए। लोक रानामगर संघीय समाजबादी फोरमसंय सम्बद्ध व्यक्ति हुन्। डिल्लीराम भण्डारी नेकपा माओवादीको राजनीतिमा सक्रिय थिए। कुशल श्रेष्ठ विद्यार्थी हुन्। नेपाली कलाकारिता जगतमा श्याम श्रेष्ठ स्थापित नाम हो, रश्मी निरौला काठमाडौंको सेन्ट जेभियरबाट ब्याचलर्स हुन्।पत्रकार महासघ युरोप शाखा अध्यक्ष केजिन राइको सभापतित्वमा सम्मपन्न उक्त अन्तरक्रिया सल्लाहकार पञ्चम अधिकारीको संचालनमा भएको थियो। महासंघ केन्द्रीय संगठन समिति सदस्य ओम शर्मा, बरिष्ठ उपाध्यक्ष डिल्ली अम्माई सदस्यहरू बिरमान मगर, निलम घिमिरे सापकोटालगायत पत्रकार सहभागी थिए। गहिराइमा विश्लेषण गर्दा काबिल र क्षमतावान नेपालीहरु चुनावी मैदानमा उत्रेका छन।व्यक्तित्व अनुसार जनताको मन जित्न सके जित पनि दुर देखिदैन यधपी जितिन्छ भनेर अधिक आत्मविश्वास मात्र गरिए दृश्यमा परिणाम अपेक्षा अनुसार नआउन सक्छ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.