KALASH KHAREL WARSZAWA POLAND
केहि समय अगाडि यस्तो थियो कि नेपाली फिल्म हेर्नुभन्दा हिन्दी सिरियलबाट मजा लिनु नै बेग्लै आनन्द आउँछ भन्ने जमात पनि अधिक थियो। यद्दपी हिजोआज नेपाली फिल्मको मोह केही बढदै गएको देख्न सकिन्छ भलै बिकृती -बिसङ्गती पनि बर्गेल्ती नभएको होइन।विभिन्न कारणबश नेपालीहरु वैदेशिक यात्रामा होमिएको दृस्टान्तमा परदेशमा रहेर पनि आफ्नै सस्कृती,परम्परा,र मौलिकता सङ्ग जोडिएका नेपाली फिल्म प्रबर्द्धनमा कमै व्यक्ती तल्लिन भएको देख्न सकिन्छ। तिनै कृयाशिल व्यक्ती मध्यका एक अभियन्ता सुरज कार्की पनि हुन् । बिगत केही बर्षदेखि युरोपियन रास्ट्र पोल्यान्ड बसोबास गर्दै आइरहेका कार्किले हरेक समय यहाका हलमा नेपाली फिल्म प्रदर्शन गरेर नेपालीको मन जित्न सफल भएका छन् ।आगामी अक्टोबर १३ तारिखका दिन पोल्यान्डका हलमा छक्का पन्जा ३ लाग्दै छ।नेपाली माटो,परिवेश,मौलिकता र हास्यव्यङलाई आधारित बनाएर फिल्म निर्माण भएको परिपेक्षमा अधिकांश दर्शकको रोजाइमा पर्ने उनले विश्वास गरेका छन् । पोल्यान्ड नेपालका सम्पादक कलश खरेलले गरेको यक्ष प्रश्न कार्कीले भनेका छन् । जस्तो सुकै परिस्थितिमा पनि नेपाली फिल्म प्रतिको लगाबलाइ कसिलो बनाउदै लानेछु। “यदि कसैले गलत तवरले नजरअन्दाज गरेको छ भने सरासर मिथ्या साबित हुनेछ”थप भिडियोबाट…….