कलश खरेल
१० अक्टोबर, वार्सावा । चार्डपर्व सुगन्धको माधुर्य रङ्गीनमा घर – घरमा आउँदा को बेक्तिलाइ आफ्नो करुणारुपि परिवारको स्पर्शमा समाहित भएर मनाउन चाहाना हुँदैन होला र तर आफ्नो घर-परिवार भन्दा राष्ट्र र जनताको सेवानै चाडपर्व हो भन्ने निकै गर्बिलो सन्देश फौजिको बर्दिमा गीतमार्फत प्रस्तुत गरिएको छ।घरबाट बिदाइ हुँदा समयमै खाना खाए,बेलैमा सुते दशैमा घर आए भनेर आमाले भनेका छोराले ती क्षण सम्झदै दशैँको बेला देश र जनताको सुरक्षार्थ खटिनु महान पर्व हो भनेका छन् भने उता छोरीले देश र जनताको अहम सुरक्षाको लागि गस्तिमा खटिएको गीतमार्फत चटिलो सन्देश प्रवाह गरेकी छन्।
गायक धर्मेन्द्र र प्रखर गायिका अस्मिता रानाको उत्कृष्ट स्वरलहरिमा सजिएको यस एल्बममा चर्चित संकलक शिव हमालको शब्द -सङ्गीत रहेको छ।निर्देशन पाटो नरेश यमसिले अगुवाइ गरेको यस गीति सङ्ग्रहमा अभिनय स्वयं निर्देशक यमसी र गङ्गा निरौलाले गरेका छन् भने बजार ब्यबस्थापन एड्भेन्चर इन्टरटेन्मेन्टले गरेको छ।