कलश खरेल
९ अक्टोबर, वार्सावा । नेपालीहरुको महान पर्व शुभ विजयादशमी तथा दिपावली निकट आइरहेको छ। परम्परादेखि देश र विदेशमा रहेका साथी-भाइ एबम आफन्तजन एक-आपसमा भेटेर अन्तरमनका भावना साट्ने एवं मान्यजनबाट आशिर्वाद लिने चलनचल्ती रहेको छ।बर्षौदेखि परदेशमा रहेको लाहुरे चार्डपर्वको समयमा आफ्नो घर साथै गाउँटोलमा उपस्थित भइदिदा श्रीमती, प्रेमिका वा आफन्तजन कति हर्सित हुन्छ्न् र खुसीको तरङ्गमा रङ्गिन हुन्छ्न् भन्ने कटु यथार्थलाई कथामा उतारिएको छ।
दशैँ तिहारमा लाहुरे सगैँ चाडपर्ब मनाउने भनेर फर्किएको छु भन्ने केटा पक्षको सारलाई कुम-कुम जोडेर कम्मरै मर्काउदै मायाका ती अन्तरङ्गहरु एक-आपसमा साटासाट गर्ने केटिको जवाफलाई गीतमा दर्साएको छ।अहिलेका चल्तिका गायक खुमन अधिकारी र चर्चित नयाँपुस्ताकी गायिका इन्दिरा गैरेको समधुर स्वरलहरिमा स्वरबद्द यस गीति सङ्ग्रहमा शब्द-सङ्गीत श्याम के.सी. तथा निर्देशन मदन खड्काले गरेका छन्।मालती डिजिटलबाट बजार ब्यबस्थापन गरिएको यस एल्बममा अभिनय भने हेमन्त,मेलिना,जगनारायण र सुदिक्षाले गरेका छन् ।