कलश खरेल
७ अक्टोबर, वार्सावा । बिगतदेखि बर्तमानसम्म हरेक विकासक्रमसँग जोडिएका सवालको बृतचित्रमा सतहि विश्लेषण गर्यौ भन्ने सन्चारकर्मी तथा पत्रकारको भुमिका अविस्मरणीय एवं बन्दनिय छ।नेपालको परिप्रेक्षमा राणा शासन काल देखि २०६२/६३ को जनआन्दोलन सम्म आइपुग्दा हरेक क्रान्ती र परिवर्तनलाई संस्थागत गर्न अहोरात्र जनखम्बा बनेर नागरिकलाई धाराप्रवाह रुपमा उत्साह प्रदान गर्दै सफलताको उचाइमा पुर्याएको हामिमाझ एेतिहासिक पृष्ठभुमि छ।सामाजिक-आर्थिक विकासक्रममा आम नागरिकलाई समाहित गरि चेतनाको बिगुल प्रस्फुटन गर्दै कुशल पहरेदारिको सुचांक प्रतिबिम्बित गरेका संचारजगत र सम्बद्घ पत्रकारको योगदान सायद शब्दमा एकैपटक पुर्ण नहोला, यद्यपि चर्चा गर्नु बान्छनिय पक्कै हुने छैन।संचार क्षेत्रमा अभुतपुर्ब समर्पण,त्याग, इमान्दारिता,लगनशीलताको प्रायलाई आफ्नो जिवनको गोरेटो बनाउने कमै व्यक्ति हुन्छन् ।ती बिरलै व्यक्ति मध्येका एक सारथि हुन् केजिन राई।
पत्रकारिता जगतकै महारथी, अ्मुल्य निधी, कुशल हिमायती, बहुमुल्य श्रस्टा एवं नेपाल पत्रकार महासंघ युरोप शाखाका अध्यक्ष केजिन राईलाई आज हामीले पोल्याण्ड नेपालको बिशेष सम्बादमा जोडेका छौ।नेपालको खोटाङ्ग दिक्तेल बाम्ब्राङ्गमा २०२८ सालमा सामान्य घरपरिवारमा जन्मिएका राई बाल्यकालदेखीनै शालिन,इमान्दार एबम चातुर्य थिए।हुने बिरुवाको चिल्लो पात भनेझै अध्ययन ,लेखनमा निकै तेजस्वी ठहरिएका राईले बिधालय एवं गाउँ -ठाउँमा हुने हरेक बौद्धिक कार्यक्रममा अब्बल स्थान हासिल गरेका दर्जनौ उदारहण छन्।झट्ट सुन्दा सायद आम मानिसमा अनौठो कम्पन तरङ्गित हुन सक्छ, जुन राईको जिवन कालखण्डमा सुचिकृत भएका छन्।२०४६ पुर्व नेपालको हरेक जिल्ला -क्षेत्र पञ्चायत शासनमा चलेका थिए।उनको गाउँ खोटाङ पनि पञ्चायती हुकुमिबाट दुर हुन सक्ने अवश्था थिएन तद्अनुरुप त्यो कालखण्डको प्रधानपञ्च पद्मध्वज राई थिए।पन्चायतकालिन परिवेशमा आम नागरिकलाई कर चुक्ता गर्न प्रधानपञ्च निवासमा नै बोलावट हुन्थ्यो।त्यही परिप्रेक्षमा चुक्ता गर्ने सम्बन्धित व्यक्तिलाई रसिद उपलब्ध गराउने प्रचलन थियो।लेखनमा तेजस्वी देखिएका राईलाई रसिद उपलब्ध गराउने जिम्बा दिइयो जुन उनकालागि फलिफाप साबित हुन पुग्यो।रसिद काट्ने क्रममै उनलाई भाषा,शब्द एवं शैलीमा निखारता आयो।एस. एल. सि. खोटाङ्ग देक्तेला बिधालय, बी.ए. आर.आर. क्याम्पस काठमाडौबाट उत्तीर्ण गरेका राईले एस. एल. सि. दिएपछिको समयलाई चलाखिपुर्बक सदुपयोग गर्दै साहित्य,निबन्ध, लेख, रचना काठमाडौका विभिन्न पत्रपत्रिका पठाउन सुरु गरे।
हरेक उनका विषय गोरखापत्र लगायत अन्य पत्रिका ले छापन सुरु गरे फलस्वरूप उनको मन्त्रमुग्ध लेखन शैलीबाट हजारौं पाठक नतमस्तक हुन पुगे।छेक्नेले छेक्न खोजिरहे,रोक्नेले रोक्न खोजिरहे तर उनको निखारता र अब्बलता उत्कर्षमा पुग्दै गयो।उनले आफ्नो दृण चाहना,लगाबलाई सानो घेराभित्र सिमित गर्न चाहेनन् तद्अनुरुप २०४६ सालमा देशको राजधानी ,पत्रकारिताको सङ्गम स्थल ,सेवा र सुविधाको दृस्टिकोणमा स्तरिय शहर काठमाडौ प्रवेश गरे।२०४७ सालमा युगध्वनी साप्ताहिकबाट औपचारिक पत्रकारिता अध्याय सुरु गरेका राईले दर्जनौं पत्र-पत्रिकामार्फत ओजस्वी कलम चलाएर जन -जनको ढुक-ढुकी बनेको एेतिहासिक पृष्ठभुमि छ।पत्रकारिता जगतकै अमुल्य धरोहर,अन्यायका विरुद्ध न्यायको कलम बुलन्द गर्ने बिगुलकार,सन्चार अभियान्ता,युरो नेपाल डट कम र इयु नेपाल डट कमका सम्पादक,बरिस्ठ पत्रकार एवं नेपाल पत्रकार महासघ युरोप शाखा अध्यक्ष केजिन राई सँग युरोपमा जारी पत्रकारिता,पत्रकारको भुमिका,समस्या र समाधानका विवध आयाम सन्दर्भमा पोल्यान्ड -नेपाल अनलाईन खबरका सम्पादक कलश खरेलले गरेको बिशेष कुराकानी……..।
प्रश्न: सबैको चासोको विषय तपाँईको पत्रकारिता यात्रा सन्दर्भमा स्पस्ट पार्नु हुन्छ कि?
जवाफ: मेरो पत्रकारिता यात्रा अनैकौ आरोह -अबरोहको साथमा लामो पृष्ठभुमिसहित रोचक पनि छ।म विशेष बाल्यकालदेखि नै साहित्य, निबन्ध, लेखमा रुचि थियो।मेरो लेखनमा प्रभावित भएर नै पञ्चायत कालमा हाम्रै गाउँको प्रधानपन्चले रसीद काट्ने जिम्मेवारी मलाई सुम्पिनु भएको थियो।जुन जिम्वेवारी मैले कुशलतापुर्बक निर्वाह गरेर नै त्यो प्रारुपबाट मलाई लेखनमा शिष्टता सिक्ने सुवर्ण अवसर मिलेको थियो।जतिबेला मैले खोटाङ्ग दिक्तेलबाट एस एल सि दिए त्यो समय झण्डै एक बर्ष अन्तिम परिणाम आउन कुर्नु पर्ने थियो।त्यो खाली समयलाई सदुपयोग गर्दै मैले बिबिध लेख,रचना,निबन्ध निरन्तर हुलाक मार्फत काठमाडौ पठाए जुन प्राथमिकताका साथ गोरखापत्र लगायत अन्य पत्रिकाहरुले प्रकाशित गरे।मेरो लेख र साहित्य पृथक भएरनै होला धेरै साथीहरुले प्रशसां गरेर हौसला प्रदान गर्नु भयो।लेखन शैलीबाट प्रभावित भएर ३००० भन्दा माथी नै पत्रमित्र साथीहरु बन्नुभयो।यो अत्यन्त उत्साहपर्द क्षण थियो।एस एल सि पश्यात पनि आइ ए प्रथम वर्ष मैले खोटाङ्गको दिक्तेल क्याम्पसमा नै अध्यन गरे।त्यसक्रममा काठमाडौँ आउने मनमा मन्थन जागृत भयो तदअनुरुप म २०४६ सालमा काठमाडौ प्रवेश गरे।म आर- आर क्याम्पसमा भर्ना सँगै २०४७ सालमा युगध्वनी साप्ताहिकबाट औपचारिक पत्रकारिताको थालनी गरे।सुरुवाती चरणमा मलाई अन्तरबार्ता बिधाको जिम्वेवारी दिएको थियो।साहित्य,खेलकुद,सस्कृती,प्रशासनका विभिन्न बिशिस्ट बेक्तिहरुको अन्तरबार्ता लिने क्रममा एयरपोर्ट जाँदै गर्दा सगरमाथा आरोही पासङ्ग लामु शेर्पा सङ्ग लिएको अन्तरबार्ता प्रथम र अन्तिम बन्न पुग्यो।उहाँको सगरमाथा आरोहणबाट फर्किने क्रममा देहान्त भयो।उहाँसँगको विशेष संवाद खासिय र जिवन्त अविस्मरणीय बनेको छ।पत्रकारिता दौरानमा चोमोलोङ्गा, काठमाडौ टुडे, हिमालय टाइम्स, छानबिन साप्ताहिक र जनमन्च साप्ताहिक लगायत दर्जनौं पत्रपत्रिकामा आवद्ध भएर मैले सेवा प्रदान गरिरहे।दृढ आकान्क्षा,उच्च लगावमुताबिक नेपाल टाइम्स दैनिकमा संवाददाताको रुपमा जोडीन पुगे।त्यहाँ रहँदा मैले खेलकुद सम्बन्धि बिधा हेर्थे जसका कारण खेलकुद पत्रकारको नेतृत्व गरेर स्विजरल्याण्ड जाने अवसर पनि पाएको थिए।त्यसक्रममा म अर्को चर्चित पत्रिका लोकपत्र दैनिकमा संवाददाताको रुपमा आबद्ध हुन पुगे।सुरुवातमा १००० तलब तोकिएको थियो।त्यो रकममा हरेक इच्छा -आकांक्षा पूरा हुने अवश्था थिएन।कतिपय ठाउँमा बिना चप्पल खाली खुट्टा हिंडेर पनि हामीले समाचार सम्प्रेषण गरेका हौँ।लोकपत्र दैनिकको प्रमुख सम्बादाता भैरहदा मैले आर्थिक एबम भन्सार सम्बन्धि बिधामा समाचार टिपोण गर्थे।त्यो क्रममा शसत्र प्रहरी पुर्व माहानिरीक्षक दर्ज कुमार राईले घडी र सुन लिएको प्रमाणसहित समाचार छाप्दा निकै चर्चा चलेको थियो।त्यतिबेलै मैले प्रहरी प्रमुख सँग कुरा गर्न खोज्दा उपहास गरियो।जतिबेला म ललितपुरको नख्खिबोट्मा समाचार संकलनका लागि पुगेको थिए त्यतिनै बेला प्रहरी निरीक्षक किवाहाङ्ग राई लगायत उहाको परिवारले हातपात गरेको थियो जुन घटना अहिले पनि पुनर्ताजगी हुन्छ। त्यति बेला पत्रकारिता विषय रत्नराज्य लक्ष्मी क्याम्पस मा ब्याच्लरतह सम्म र पाटन क्याम्पसमा प्रमाणपत्र तह सम्म अध्यापन गराइन्थ्यो।नेपाल प्रेस ईन्स्टिच्युट माइतिघरबाट एक वर्ष पत्रकारिता तालिममा सहभागी भएर उत्कृष्ट भएको थिए।स्नातकोत्तर गर्दागर्दै म विविध कारणबस बैदेशिक यात्रामा लागे।बेल्जियम आइसकेको पनि दुई दशकभन्दा बढी समय भएको छ ।यधपी पत्रकारितामा आफ्नो लगनशीलता,पत्रकारिता प्रतिको निस्ठा सदैब अटल रहेने छ।सायद इमानदारीतालाई मुल्यांकन गरेर नै होला नेपाल पत्रकार महासघ युरोपको तेस्रोपटक नेतृत्व सफलतापुर्बक नै गरिरहेको छु।
प्रश्न: पत्रकारिता क्षेत्रमा आवद्ध भैसकेपछी व्यक्तिगत जीवनबाट सार्वजनिक जीवनमा रुपान्तरण भईरहँदा गर्वको विषय पक्कै पनि हो।यधपी समाज, राष्ट्र, अन्तरराष्ट्रिय परिस्थिति अनुकुल आफुलाई समायोजित गर्नु पर्दा यसले व्यक्तिगत जीवनमा कस्तो प्रभाब पारेको महशुस हुन्छ?
जवाफ: व्यक्तिगत जिजीवनबाट सार्बजनिक जीवनमा रुपान्तरण भईरहँदा, अत्यन्त उत्साहजनक क्षणनै हो।हामी सिमित घेराभन्दा माथी उठेर राष्ट्र र जनताको हितलाई मध्यनजर गरेर अहोरात्र जीवन समर्पण गरेका हुन्छौ।उच्च स्तर सम्म मात्र नभएर दुरदराजका जनताको केन्द्रिय सम्बाहक हुन पाउनु गर्वको विषय हो।यधपी जतिबेला हामी पत्रकारिताको रसमा समाहित हुँदै गर्दा मज्जाको पात्र बनाइन्थ्यो ताकी आर्थिकरुपमा निरिहताको सज्ञा दिइन्थ्यो।त्यो अहिलेपनी लालछना लगाउने प्रवृत्ति हाबी नै छ।स्वभाविक रुपमा निस्पक्ष व्यावसायिक पत्रकारिता गरेर जीवन आर्थिकरुपमा सबल बनाउन पक्कै पनि गाह्रो छ।यो एकहदसम्म दुखिया पेशा नै हो।आफ्नो जीवनको कुनै मूल्य प्रवाह नगरी जनचेतना र विकासको मुल फुटाउने सामाजको दर्बिलो खम्बा पत्रकारलाई खिसिटिउरी हैन हौसला प्रदान गर्न नितान्त जरुरी छ।
प्रश्न: नेपाल पत्रकार महासघ युरोप शाखाको तपाईं नेतृत्वमा आइसकेपछी युरोपियन देशमा रहेका आम पत्रकारको हक -हितको लागि शाखाले के- कस्तो काम गर्दै आएको छ ?
जवाफ: २००६ सालमा नेपाल पत्रकार महासंघ शाखा पोर्चुगलमा गठन भएको थियो।यधपी पत्रकारको संख्या थोरै र युरोपका धेरै ठाउमा छरिएर रहेको सन्दर्भमा त्यतिबेला सकृय हुन सकेन तद्अनुरुप पछि युरोप शाखाको रुपमा बेल्जियममा गठन भएको थियो।बिगतमा औँलामा मात्र गन्न सक्ने अबस्था थियो तर अहिले ह्वात्तै संख्या बढेको छ यो अत्यन्त प्रशमसनिय पक्ष हो।जति अरु बिदेशमा काम गर्न सहज हुन्छ त्यो अनुपातमा यहाँ कठिन छ।हामी कुनै निर्णय गर्दा एकै पटक समान समयमा गर्न हम्मे -हम्मे छ तथापी संस्थालाई चलायमान गराउने सबालमा हामिले कुनै कसर बाकी राखेका छैनौ।अर्को कुरा पत्रकार लाई आउने चुनौती र धम्किलाई निस्तेज पार्न सस्था सदैब कटिबद्ध छ।बिगतमा पत्रकारमाथी हुने साघातिक हमला र धम्किको बिरुद्धमा पत्रकार महासघ युरोप शाखाले डटेर सामना गरेकै हो। अन्तरास्ट्रिय पत्रकार महासघले पनि सुरक्षा मामिलालाई मध्यनजर गरि पत्रकारहरुको सुरक्षा बिमा पनि गरेको छ।केही घटना घटिहाले पनि प्रत्यक्षरुपमा यश सस्थाले सम्योजनकारी भुमिका निबाउछ। अर्को सन्दर्भ म नेतृत्वमा आइसकेपछी क्यालेन्डर छाप्ने काम भैसकेको छ र निकट भबिस्यमा स्मारिका निकाल्ने योजनामा छौ।आगामी दिनमा पनि पत्रकारको हकहित र सुरक्षाको सबालमा सदैब एकलब्य भएर लाग्ने छ।यो बिस्वस्निय प्रतिबद्धतामा शन्का नगर्न म बिनम्र निबेदन गर्न चाहान्छु।
प्रश्न: पछिल्लो समय पत्रकारिता जगतले बिकास र प्रबिधिमा छलाङ्ग मारेकै हो सायद यसमा कसैको बिमत्ती नरहला यधपी बिकृती -बिसङ्गतिको चाङ्ग पनि सापेक्षरुपमा वृद्धि भएको छनी यसलाई कसरी बिस्लेषण गर्नु हुन्छ?
जवाफ: बिगतमा हामिले कार्यसम्पादन गर्दा खाली पैदल हिडेर सम्बन्धित ठाउबाट समाचार सम्प्रेषण गरेको बिबिध दिस्टान्त छ।हामी दिनभर भोकभोकै बसेर पनि कर्तव्य निर्बाह गरेकै हो तर त्यो कारुणिक दयनिय अबस्था अहिले छैन।बर्तमान अबस्थालाई सतहिमा नजरअन्दाज गर्यौ भने आधुनिक प्रबिधिले अधिकतम सुबिधा प्रदान गरेको छ। कोठामै बसेर फोन वा अनलाइन मार्फत खबर संकलन गरेर समाचार सम्प्रेषण वा प्रवाह गर्न सकिन्छ।अधिकाम्स पत्रकार निस्पक्ष र पबित्र उद्देश्यका साथ तेजस्वी अभियानमा लागेको देखिन्छ यद्यपि कतिपयले लहैलहैमा आबेग र आक्रोशको भरमा समाचार लेखेको देखिन्छ।यो अत्यन्त गलत प्रबृत्ति हो।ती खराब प्रबृत्तिलाई निशेध गर्न समयक्रमनुसार गोष्ठी र तालिमको आयोजना गर्न जरुरी देखिन्छ।अर्को तर्फ व्यवसायिक पत्रकारहरुले पनि निरन्तर खबरदारी गर्नु अपरिहार्य छ।
प्रश्न: सामाजिक -आर्थिक बिकास एबम जनचेतना पैदा गर्ने,सूचना प्रवाह गर्ने सबालमा पत्रकारहरुको भुमिका प्रशमसनिय छ तर कतिपय सबालमा सुरक्षा चुनौती र धम्कीको सामना गरिरहनु परेको छ।यस्तो परिपेक्षमा राज्यले सुचनाका खम्बाहरुलाई जिबन्त बनाउन के गर्नु पर्छ?
जवाफ: हरेक क्रान्ती र विकासको बिगुल संचार गर्ने र सफलताको बिन्दुमा पुर्याउन पत्रकारको भुमिका प्रंशमसनिय छ।पत्रकारले मन तन देखिनै आफुलाई जस्तोसुकै परिस्थितिको सामना गर्ने दृस्टिकोण राखेर मैदानमा उत्रनु पर्छ।कसैको पक्षमा समाचार लेख्दा वा प्रवाह गर्दा वाही -वाही गर्ने र विपक्षमा कलम चलाउदा बिरोधका छालहरु मडारिने यो त सदाबाहार प्रवृत्ति हो ।आफुलाई सम्यम,अनुशासित ,दर्बिलो रुपमा समुन्द्रझै अटल भएर कलम चलाउने ल्याकत पत्रकारले निर्माण गर्नु पर्छ।अर्को कुरा बिगतमा पनि सरकारले हाम्रा विरुद्ध नीति नियम अख्तियार गर्दा सबै एकजुट भएर सामना गरेकै हो।अबउपरान्त पनि जारी रहन्छ।सरकारले पनि देश विकास र सुचनाका खम्बाहरुलाई यथोचित प्रोत्साहन र ढाडस दिनै पर्छ।सुरक्षाका सवालहरुमा कुनै कमि कमजोरी गरिनु बान्छनिय हुनेछ।तसर्थ दुबै पक्ष सहकार्य गरेरनै अगाडि बढ्नु फलदायी हुनेछ।
प्रश्न: अन्त्यमा के भन्न चाहानुहुन्छ?
जवाफ: युरोपमा अहिले नेपालमा लामो समय अनुभव हासिल गरेका ,जल्दाबल्दा -सक्रिय साथिहरुको युरोपमा आगमन भएको छ यो अत्यन्त उत्साहजनक विषय हो।निस्पक्ष,सत्य-तथ्य खबरमार्फत आम जनतालाई सुचित गर्ने अभियानमा युरोप शाखा निरन्तर तल्लिन हुनेछ।नव आगन्तुक साथिहरुलाई पनि प्रेणा र हौसला प्रदान गर्दै सबैपक्ष होस्टेमा हैसे गरेर आगामी दिनमा संस्थालाई थप सबल र मजबुत गराउने अभियान जारी रहने छ।मेरा केही भनाइ राख्ने सुवर्ण अबसर प्रदान गरेकोमा सम्पादक लगायत पोल्याण्ड नेपाल परिवारलाई हार्दिक आभार ब्यक्त गर्न चाहान्छु।ओजस्वी खबर प्रसारण गर्ने तपाँईहरुको जुन रफ्तार छ त्यो आगामी दिनमा थप शसक्त होस् हृदयदेखि शुभकामना छ।