पोल्यान्डको दुई शहरमा छक्का पन्जा ३ लाग्ने
बिगत डेढ वर्ष देखि हरेक महिना सिनेमा लगातार प्रदर्शन भइरहेको पोल्यान्डमा फेरि अर्को सिनेमा छक्का पन्जा ३ प्रदर्शन हुने भएको छ । युरोपकै नेपालीहरु बस्ने देशहरुमा सम्भवत पोल्यान्डमा सिनेमा प्रदर्शन अक्रामक तरिकाले भइरहेको छ । मेनपार्टनर पोल्यान्डको आयोजनामा उक्त सिनेमा प्रदर्शन हुन लागिरहेको छ भने सिनेमा प्रदर्शनको संयोजन कलिउड पोल्यान्डका सुरज कार्कीले गरेका छन् ।
दीपाश्री निरौला निर्देशित चलचित्र छक्का पञ्जा ३ मा दीपकराज, दीपिका प्रसाईँ, केदार घिमिरे, जितु नेपाल, शिवहरी पौडेल, बुद्धि तामाङ, संजोग कोइराला, लक्ष्मी गिरी लगायत कलाकारहरूको अभिनय छ । छक्का पञ्जा ३ असोज २४ गते घटस्थापनादेखि देशभर लाग्दैछ । पोल्यान्डकै ईतिहासमा नेपाली सिनेमा छक्का पन्जा ३ पहिलोपटक पोल्यान्डको दुई शहर वारसवा र उजमा प्रदर्शन हुन लागेको जानकारी कलिउड पोल्यान्डका संयोजक श्री सुरज कार्कीले जनाएका छन् ।
स्मरण रहोस् वारसवामा अक्टोबर १३ गते उक्त सिनेमा प्रदर्शन हुन गैरहेको छ भने १४ गते पोल्यान्डकै अर्को शहर उजमा प्रदर्शन हुन गैरहेको छ ।